जमिम मारिए
राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्जालले मारेको प्रहरी अनुमान "भारतविरोधी" निशानामा १५ असार ०५५ ः पूर्वमन्त्री तथा तत्कालीन सांसद मिर्जा दिल सादबेगलाई काठमाडौँ सिफलमा गोली हानी मारियो १९ असोज ०६६ ः भारतीय मिडियाद्वारा भारतविरोधी भनेर प्रचारित मजिद मनिहारको नेपालगन्जमा गोली हानी हत्या १० पुस ०६६ ः भारतविरोधी भनेरै प्रचारित सौखात बेग बुटवलमा मारिए, उनलाई पनि गोली हानियो १७ पुस ०६६ ः पाकिस्तानसँग मिलेर भारतीय नक्कली नोट छापेको आरोप लागेका युनुश अन्सारी पक्राउ, अहिले जेलमा २४ माघ ०६६ ः च्यानल नेपालका सञ्चालक जमिम शाह राजधानीमै मारिए, दिनदहाडै भिआइपी एरियामा गोली हानेर सागर पण्डित/नयाँ पत्रिका काठमाडौँ, २४ माघ भारतविरोधी गतिविधिमा सक्रिय भनेर प्रचारित अर्का नेपाली मुस्लिम जमिम शाहलाई गोली हानी मारिएको छ । उनको हत्यामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालको हात रहेको आशंका प्रहरीको छ । भारतीय मिडियाद्वारा भारतविरोधी भनेर प्रचारित मजिद मनिहारलाई यही वर्षको १९ असोजमा नेपालगन्जमा गोली हानी मारिएको थियो । १० पुसमा सौखात बेगलाई बुटवलमा यसैगरी मारिएको थियो । पछिल्लोपटक स्पेसटाइम नेटवर्क र च्यानल नेपालका सञ्चालक जमिम राजधानीमै मारिएका छन् । यसअघि पूर्वमन्त्री तथा तत्कालीन सांसद मिर्जा दिल सादबेगलाई १५ असार ०५५ मा काठमाडौँ सिफलमा यसैगरी मारिएको थियो । पाकिस्तानसँग मिलेर भारतीय नक्कली नोट छापेको आरोप लागेका युनुश अन्सारी अहिले जेलमा छन् । पूर्वदरबार र वर्तमान राष्ट्रपतिभवनबीचको भिआइपी क्षेत्रमा दिनदहाडै गोली हानी जमिमको हत्या भएको छ । तर, हत्या गर्नेको सुइँकोसमेत लागेको छैन । जमिम आइतबार अपराह्न राजधानीको दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यतीबाट आफ्नै निवास पानीपोखरी जाँदै थिए । तर, लाजिम्पाटस्थित प|mेन्च दूतावासको ठीक अगाडि गोली प्रहार भयो, उनी गाडीमै ढले, केहीबेरमा शिक्षण अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषित गरे । प्रहरी स्रोतका अनुसार जमिमलाई याक एन्ड यतीको पार्किङबाटै हत्याराहरूले 'फलो' गरेका थिए । लाजिम्पाट पुग्नासम्म जमिमको पजेरो अघिअघि र आक्रमणकारीको क्रक्स मोटरसाइकल पछिपछि थियो । लाजिम्पाटको प|mेन्च दूतावासअगाडि पुग्दा 'ट्राफिक जाम' भएको थियो । त्यही मौकामा साँघुरो ठाउँबाट मोटरसाइकलले ओभरटेक गरेको थियो । ओभरटेक गर्नासाथ मोटरसाइकल रोकियो, पछाडितिर बसेका यात्रु ओर्लिए, कम्मरबाट पेस्तोल निकालेर 'फायरिङ' सुरु गरे । पहिलो गोली गाडीको अघिल्लो सिसा फोरेर जमिमको कञ्चटमा लाग्यो । गाडीको बायाँतिरबाट हानिएको गोली जमिमको दायाँ कञ्चटमा लागेको थियो । पहिलो फायरिङपछि पेस्तोलधारी फेरि अघि बढे, साइडको ढोकाबाट घाइते जमिममाथि थप फायरिङ गरे, एउटा गोली जमिमको कोखामा लाग्यो, अर्को उनका चालक मथुरामान मालाकारलाई । मालाकारको तिघ्रामा गोली लागेको छ । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीहरू बा.३५प ८७३३ नम्बरको क्रक्स मोटरसाइकलमा थिए । आक्रमणकारीले प्रयोग गरेको मोटरसाइकलको नम्बर नक्कली रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसपी गणेश केसीले भने, 'दर्ताबारे बुझ्दा सो नम्बरको अर्कै मोटरसाइकल पाइएकाले नम्बर नक्कली भएको पुष्टि भयो ।' एसपी केसीले आक्रमणकारीले ९ एमएम पेस्तोलको प्रयोग गरेको बताए । उनले गोलीको खोका र लिड बरामद गरिएको जानकारी दिए । गोली हानेर आक्रमणकारीहरू मोटरसाइकलमै चढेर महाराजगञ्जतर्फ हुइँकिएका थिए । लाजिम्पाटमै बिट भए पनि घटनास्थलमा प्रहरी पुग्न १५ मिनेट लागेको थियो । त्यतिन्जेलसम्म सर्वसाधारणले दुवैजनालाई अस्पताल पुर्याइसकेका थिए । घटनापछि एक घन्टासम्म सो क्षेत्रमा सन्नाटा छाएको थियो । आतंकित प्रत्यक्षदर्शीहरू सुरुमा मिडियासँग पनि बोल्न डराएका थिए । साँझपख भने प्रत्यक्षदर्शीहरूले घटनाबारे केही जानकारी दिएका थिए । 'अचानक आए, गोली चलाए, तत्कालै भागे,' लाजिम्पाटनिवासी प्रत्यक्षदर्शी राजीव महर्जनले भने, 'गोली हानेको देख्दा आङ सिरिङ भयो ।' उनका अनुसार आक्रमणपछि हावामा औंलाले पेस्तोल नचाएर आक्रमणकारी भागेका थिए । त्यस्तै, लाजिम्पाटनिवासी मिनिष घिमिरेले आफूहरू नजिकै भए पनि आक्रमणकारीहरू भ्ाागेपछि मात्रै थाहा पाएको बताए । 'हामी नजिकै थियौँ, गोलीको आवाज सुनेर घटनास्थल पुग्दा घाइते गाडीमै रगताम्मे भएर ढलेका थिए,' घिमिरेले भने, 'आक्रमणकारीहरू भने माथितिर भागेको देख्यौँ ।' उनका अनुसार १० देखि १५ सेकेन्डभित्र सबै 'नाटक' पूरा भइसकेको थियो । पूर्वदरबार, राष्ट्रपतिभवन र बालुवाटारका भिआइपीहरू ओहोर-दोहोर गर्ने लाजिम्पाट भिआइपी क्षेत्रमा पर्छ । यस क्षेत्रमा प्रहरीले चौबीसै घन्टा सुरक्षा दिइने गरेको दाबी गर्दै आइरहेको छ । घटनास्थल राष्ट्रपति कार्यालय शीतलनिवासबाट डेढ किलोमिटर दक्षिणमा र प|mेन्च दूतावासको अगाडि छ । को हुन् जमिम शाह ? महाराजगञ्ज पानीपोखरीनिवासी जमिम सञ्चार व्यवसायी हुन् । उनले ०५७ सालमा स्पेसटाइम दैनिकको प्रकाशन सुरु गरेका थिए । तर, इराकमा १२ नेपाली युवा मारिएको प्रतिक्रियास्वरूप काठमाडौँमा १६ भदौ ०६१ मा भएको दंगामा आक्रमणको सिकार भएपछि स्पेसटाइम बन्द भएको थियो । त्यसअघि उनले स्पेसटाइम नेटवर्कको नाममा केबुल टिभी व्यवसाय सञ्चालन गरेका थिए । उनी नेपालको पहिलो निजी टेलिभिजन च्यानल नेपालका पनि सञ्चालक हुन् । उनका एक छोरा र श्रीमती छन् । छोरा ज्याकी बेलायत र श्रीमती अञ्जली अमेरिकामा छन् । सरकारलाई २४ घन्टे अल्टिमेटम टेलिभिजनहरूको साझा संस्था टेलिभिजन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले दोषीलाई चौबीस घन्टाभित्र पक्राउ गरी कारबाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । संस्थाका अध्यक्ष आरके मानन्धरले दिनदहाडै राजधानीको बीचभागमा मिडिया व्यवसायीको हत्या हुनुले सरकारको सुरक्षा-व्यवस्थालाई उदांगो पारेको बताए । उनले सरकार जनताको जीउधनको सुरक्षा गर्न असफल भएको दाबी गरे । यस घटनाका दोषीलाई २४ घन्टाभित्र कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी उनले दिए । यसैगरी, नेपाल पत्रकार महासंघलगायतका विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाले घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । आक्रमणकारी बिजुलीजस्तै भागे ः प्रत्यक्षदर्शी म प|mेन्च दूतावासको देब्रे पर्खालनजिकै थिएँ । गोली चलेको आवाज आएपछि म दौडँदै आएँ । दुईजना युवक हतार-हतारमा मोटरसाइकल चढेर भागे । तर, उनीहरूलाई अगाडिबाट देख्न सकिएन । पेस्तोल हातमा घुमाउँदै कम्मरमा घुसारेर उनीहरू महाराजगञ्जतिर भागे । मोटरसाइकलको पछाडि बस्नेको कपाल अलि लामो हो कि जस्तो देखिन्थ्यो । उनीहरू बिजुलीको वेग जसरी नै भागे । राजीव महर्जन -वर्ष २५) हामी पसलको बाहिर कुराकानी गरेर बसिरहेका थियौँ । एक्कासि गोलीको आवाज सुन्यौँ । त्यो स्थान हामीबाट सय मिटर मात्रै टाढा थियो । गोलीको आवाज सुने पनि आक्रमणकारीलाई भने नजिकबाट देख्न पाएनौँ । उनीहरू मोटरसाइकलमा महाराजगञ्जतिर भागेको मात्रै हामीले देख्यौँ । हामी बरु जमिम र घाइते चालकको उद्धारमा जुट्यौँ । प्रहरीले आउन धेरैबेर लगायो । हामीले नै उद्धार गरेर टिचिङमा पठाएका हौँ । हामी जाँदा जमिम सिटमै लडिरहेका थिए । उनको त्यहीँ नै मृत्यु भएकोजस्तो थियो । तैपनि जीवित छन् कि भन्ने ठानेर हामीले अस्पताल पठाएका थियौँ । तर, उनको त मृत्यु भइसकेको रहेछ । मिनिष घिमिरे -२०-२२) अन्तर्राष्ट्रिय समूहको हात हुनसक्छ ः महानगरीय प्रहरी प्रमुख गणेश केसी यो घटनामा अन्तर्राष्ट्रिय आपराधिक समूहको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हामीले काठमाडौँका सम्पूर्ण संवेदनशील नाकाहरू पूरै सिल गरेर खोजतलास गरिरहेेेका छौँ । आक्रमणमा २० देखि २७ वर्षका मधेसी मूलका व्यक्ति संलग्न रहेको अनुमान गरिएको छ । सबै शंकास्पद ठानिएका आपराधिक समूहमाथि निगरानी गरिएको छ । जमिमलाई यसअघि सुरक्षासम्बन्धी त्यस्तो कुनै 'थ्रेट' आएको भन्ने जानकारी हामीले पाएका थिएनौँ । परिवारका सदस्यका अनुसार उनीमाथि कुनै थ्रेट आएको थिएन । उनीमाथि आक्रमण होला भन्ने पूर्वानुमान गर्न सक्ने स्थिति थिएन । जमिम शाह एक चर्चित व्यक्तित्व हुन् । उनका बारेमा विगतमा सञ्चारमाध्यममा आउने गरेका विभिन्न टीका-टिप्पणीका कारण पनि उनको हत्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आपराधिक समूहको सञ्जालको पनि संलग्नता रहेको हुनसक्ने अनुमान सजिलै गर्न सकिन्छ । शंकास्पद ठानिएका सातजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । हामी राजधानीको सुरक्षा-व्यवस्था कडा बनाउन प्रयत्नशील छौँ । यस घटनाका दोषीलाई पनि छिटोभन्दा छिटो पक्राउ गरी कानुनी कठघरामा उभ्याउनेछौँ । यसै वर्ष मारिए तीन ँभारतविरोधी’ सौखातको हत्या भारतीयबाटै ः प्रहरी विष्णु घिमिरे/नयाँ पत्रिका बुटवल, २४ माघ कपिलवस्तु तौलिहवाका प्रवेश भनिने सौखात बेगको हत्या भारतीय नागरिकबाट भएको प्रहरीले ठहर्याएको छ । भारतीय संलग्नता पुष्टि गरे पनि प्रहरीले हत्यारा पक्राउ गर्न भने सकेको छैन । बुटवल प्रहरीले गहिरो अनुसन्धानपछि गोली हान्ने व्यक्ति भारतीय भएको पुष्टि गरेको हो । बुटवलको मैनाबगरमा गत १० पुसका दिन सौखातको हत्या भएको थियो । हत्यारा सुनौली नाकाबाट भैरहवा हुँदै बुटवल आएको अनुसन्धानबाट खुलेको छ । हत्यामा भारतीय सुरक्षाकर्मीकै संलग्नता रहेको आशंका गरिए पनि त्यसको पुष्टि नभएको प्रहरीस्रोतले बतायो । हत्यारालाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय सुरक्षा निकायसित सहयोग मागेको छ । स्रोतका अनुसार सहयोगका लागि दुई हप्ता अघि नै लिखित पत्र बुझाइएको भए पनि भारतीय पक्षबाट कुनै 'रेस्पोन्स' आएको छैन । सीमा प्रहरीमार्फत पत्र दिनुका साथै घटनाबारे अवगत गराउने काम नेपाल प्रहरीले गरिसकेको छ । अब दुई देशका सुरक्षा अधिकारीहरूको बैठक राखेरै कुरा उठाउने सोचमा नेपाल प्रहरी पुगेको छ । त्यसैका लागि रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । 'भारतीय व्यक्तिको संग्लनता रहेको विभिन्न डकुमेन्टले पुष्टि गरिसकेको छ,' कार्कीले भने 'पक्राउका लागि भारतीय पक्षसित समन्वय गर्न प्रयासरत छौँ तर अहिलेसम्म सफलता मिलेको छैन ।' भारतमा वारेन्टेड रहेका सौखातलाई पक्राउ गर्न पहिल्यैदेखि भारतीय सुरक्षाकर्मी लागिपरेका थिए । इप्रका बुटवलका प्रमुख कार्कीले अपराधी भारतबाट नेपाल छिरेको भोलिपल्टै घटना गराएको बताए । भारतीय नम्बरप्लेटको मोटरसाइकललाई १० दिनका लागि अनुमति लिएर अपराधी नेपाल छिरेको उनको भनाइ छ । 'करेन्सी किङ' को हत्या छानबिनै भएन ठाकुरसिंह थारू/नयाँ पत्रिका नेपालगन्ज, २४ माघ भारतीय सञ्चारमाध्यमले 'करेन्सी किङ' को बिल्ला भिराएका मजिद मनिहारको हत्या भएको चार महिना बितिसके पनि छानबिन भएको छैन । होटलमा बस्दै आएका शंकास्पद भारतीय समूहलाई भेट्न जाँदा उनको हत्या भएको थियो । हत्याको अनुसन्धानमा नेपाल प्रहरीले नै चासो नदिएको परिवारको गुनासो छ । घटनाबारे बुझ्न प्रहरी एकपटक पनि घरमा नआएको मजिदकी पत्नी नुरजहाँले बताइन् । 'हत्याबारे हामीसँग जानकारी लिन कोही पनि आएको छैन । प्रहरी-प्रशासन सबै चुपचाप छन्,' उनले भनिन् । नक्कली नोटको कारोबारमा विवादित बन्दै आएका नेपालगन्जका मजिदको गत १९ असोज साँझ हत्या भएको थियो । नेपालगन्जको न्यू रोडस्थित लालीगुराँस होटलको कोठा नं. १०५ मा उनको लास भेटिएको थियो । कन्चटमा छड वा धारिलो सुइरोले घोचेर हत्या गरिएको प्रहरीको आशंका छ । होटलको लगबुकअनुसार उक्त कोठामा भारत झाँसीका अजय सिंह र कोठा नम्बर १०२ मा लखनउका बीजेन्द्र सिंह बसेका थिए । मजिदको हत्यासम्बन्धी समाचारलाई भारतीय सञ्चारमाध्यमले निकै महत्त्व दिएका थिए । भारतीय न्यूजच्यानल आजतकले उनलाई 'करेन्सी किङ' को उपमा दिएको थियो । यसैगरी एनडीटीभीले 'नक्कली नोटका सौदागर' भन्दै हत्याको समाचार सम्प्रेषण गरेको थियो । नवभारत टाइम्सले 'नक्कली नोटोका सौदा करनेवाला नेटवर्कका चिफ मजिद ग्याङ वारमे ढेर होगया' शिर्षकमा समाचार छापेको थियो । उनलाई पूर्वसांसद मिर्जा दिलसादवेगसित पनि भारतीय सञ्चारमाध्यमले जोडेका थिए ।
Rate this article
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?



del.icio.us
Digg
matrai india lai je pai tehi bhanna aaune ani atlast hindi movie nai hernu parne hindi gaana nai sunnu parne ani last ma india ma nai harek kura ma depend hune
u all people who always say india is this and that u all suck
go to hell
First of all we are thankful to you because of your Article. (about Late Mr. Zamim Shah) We know all about this i mean to say when this accident Happened at the same time Our Vice-president Mr.Parmanda Jha ready to take oath of our country so Dear sir we know our Police man are same way i mean near accident Place where it happed. and now we are press raise from our Neighbor country India. they convey wrong News about this case through their National News channel.so If our leader fell shy about the Indian fake News than with out taking time they Have to take series action about it other wise one day we can see our Country is control by India like Bhutan.... So wake up Nepalese People Now its time to take series action ...............
Kedar Bajagain
Awaaz Nepal
9841144698
इन्डियन धोत्ति हरु नै हुन् हत्यारा ।
need to kill all indian bastard who r in nepal.....................
निश्चित नाप माप भएको गाडी नम्बर प्लेट अनिवार्य रुपमा यातायात व्यवस्था विभागले नै उपलब्ध गराउने व्यवस्था अनिवार्य रुपमा गर्नु पर्दछ ।
यसमा प्रहरी प्रसासन् को पनि लापरबाही देखिन्छ
देशमा हत्या हिम्शा आतंक को बिगबिगी बढ्नु मा पुलिस संग को राम्रो नेतवोरकिंग ले हो.कतिपय यस्ता गिरोह ठुला भनौदा नेताहरु बाट नै संचालित भयको सुन्नमा आयकोछ यो सारै दुख लाग्दो कुरा हो.
जनता को अमुल्य मत पायर सरकार मा बस्ने, नागरिक सर्बोच्चता को ठुला ठुला कुरा गर्ने, देशमा शान्ति पुनर्स्थापना को कुरा गर्ने तर व्यवहार मा ठिक बिपरित गर्ने यो चाही सारै हास्यास्पद कुरा हो.
राज दानी जस्तो अतिनै सुरछित ठाउमा दिन दहाडै हत्या हुनु लै देसमा कति को शान्ति पुनरबहाली भयको छ छर्लंग हुन्छ.
either transport or police department ko control ma hunparcha.
Post your comment