Newsletter
Email:
Home | कभरस्टोरी | वीरेन्द्रको ४० रोपनी जग्गाको वाषिर्क भाडा १ रुपैयाँ

वीरेन्द्रको ४० रोपनी जग्गाको वाषिर्क भाडा १ रुपैयाँ

Font size: Decrease font Enlarge font
image

दिवंगत राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं गोकर्णस्थित ४० रोपनी १३ आना जग्गामा वल्र्ड युथ इन्टरनेसनल सेकेन्डरी स्कुल सञ्चालन भइरहेको छ । स्कुलले भाडा तिर्छ, वर्षको जम्मा एक रुपैयाँ ।
०५६ सालदेखि स्कुलले जग्गा प्रयोग गरेको छ, तर १० पैसा भाडा पनि तिर्नुपरेको छैन । 'भाडा त दिन्थ्यौँ हामी, तर वीरेन्द्र परिवारका कोही पनि छैनन्, कसलाई दिने ?' पि्रन्सिपल गंगाबहादुर अधिकारीले  नयाँ पत्रिकासँग भने, 'तपाइर्ंलाई थाहा छ भने भनिदिनुहोस् न ।'
राजा वीरेन्द्रकै पाला स्कुलले भाडामा लिन सम्झौता गरेको थियो । तर, वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गर्ने सरकारी निर्णयसँग गोकर्णको जग्गा पनि नेपाल ट्रस्टको नाममा आइसकेको छ । तर, जग्गा नेपाल ट्रस्टको हो भनेर कोही पनि गएको छैन ।
स्वामित्व नेपाल ट्रस्टमा सरे पनि जग्गा छोड्ने मनस्थितिमा छैनन् स्कुल सञ्चालक । 'त्यसमा हामीलाई के सरोकार ? करारअनुसार भाडा -१० पैसा) तिर्न तयार छौँ,' पि्रन्सिपल अधिकारीले भने ।
- छाउनीमा सात हजार ६ सय ६४ वर्गमिटर जग्गा अहिले पनि वीरेन्द्रको नाममा छ, तर भोगचलन गरिरहेकी छिन् ज्ञानेन्द्रकी छोरी प्रेरणाले । प्रेरणाको घरसँगै रहेको जग्गालाई नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन खोजेको छ, तर सकेको छैन ।
महाराजगञ्ज, निर्मलनिवाससँगै वीरेन्द्रको नाममा रहेको एक रोपनी सात आना जग्गा ज्ञानेन्द्रका सुरक्षाकर्मीले प्रयोग गरेका छन् । जग्गालाई नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन सकेको छैन ।
- भक्तपुर, कटुन्जेमा अरनिको राजमार्गमा जोडिएको एक सय आठ रोपनी जग्गा भोगचलन गर्न पनि हानथाप भइरहेको छ । कटुन्जे- ९ को एक नम्बर कित्ताको सो जग्गामा क्याम्पस बनाउने पक्षमा छन् स्थानीय बासिन्दा । तर, वाणिज्य मन्त्रालयले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउन जग्ग्ाा माग गरेको छ । केही स्थानीय युवाले यसलाई खेलमैदान बनाउन माग गरिरहेका छन् ।
- काठमाडौैं फर्पिङको त्रिभुवन आदर्श स्कुलले वीरेन्द्रकै नाममा रहेको ६८ रोपनी जग्गा प्रयोग गरिरहेको छ । जग्गा नेपाल ट्रस्टले आफ्नो दायरामा ल्याउन खोजेको छ तर स्कुलले मानेको छैन । ट्रस्ट स्रोतका अनुसार जग्गाको भाडाबापत स्कुलले एक रुपैयाँ पनि दिएको छैन, बरु स्वामित्व नै आफ्नो नाममा सार्न माग गरेको छ ।
- धनकुटाको चुलीवन- ५ मा वीरेन्द्रको नाममा रहेको एक सय ९४ रोपनी जग्गा बेवारिसे छ । तारबार चुँडालेर अतिक्रमण भइरहेको छ । तर, अतिक्रमण रोक्न कसैले चासो दिएको छैन ।
काठमाडौंको मातातीर्थ, बालाजु, सतुंगल र थानकोटमा वीरेन्द्रको नाममा एक सय ७३ रोपनी आठ आना जग्गा छ । यी जग्गाका मोहीले स्वामित्व आफ्नो नाममा सार्न माग गरिरहेका छन् । नेपाल ट्रस्टले कुनै निर्णय गर्न सकेको छैन ।
हेटौंडा नगरपालिका- १० मा रहेको एक नम्बर कित्तामा पर्ने २६ रोपनी एक आना क्षेत्रफल जग्गा चारैतिर कम्पाउन्डले घेरिएको छ । जग्गा खाली छ, तर पनि नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायतका परिवारको सम्पत्ति खोजेर राष्ट्रियकरण गर्न नेपाल ट्रस्ट स्थापना गरिएको हो । तर, ट्रस्टले कतिपय सम्पत्ति खोज्नै सकेको छैन, कतिपय नामसारी गर्न सकेको छैन । नामसारी भएको सम्पत्ति पनि अन्य पक्षबाट दुरुपयोग भइरहेको छ ।
ट्रस्टले हालसम्म वीरेन्द्र परिवार र दरबारको स्वामित्वमा रहेको करिब तीन्ा हजार ६ सय ५४ रोपनी जग्गा आफ्नो स्वामित्वमा सारेको छ । उनको नाममा ठ्याक्कै कति सम्पत्ति थियो भन्ने पत्ता लागेको छैन ।
ट्रस्टले काठमाडाैंको तीन हजार दुई सय ५० रोपनी, भक्तपुर कटुन्जेको एक सय आठ रोपनी, नुवाकोट थानसिंहको ६५ रोपनी, धनकुटा चुलीवनको एक सय ९४ रोपनी, हेटौंडाको २६ रोपनी र काभ्रेे पाँचखालमा रहेको नौ रोपनी आफ्नो नाममा ल्याएको छ ।
प्रधानमन्त्री संरक्षक र गृहमन्त्री सचिव रहेको ट्रस्टले आफ्नो नाममा ल्याएको सम्पत्तिको दुरुपयोग रोक्न सकेको छैन । 'जग्गा सदुपयोग कसरी गर्ने भन्ने नीति बनाउनुपर्छ, नीति बनाउने काम सरकारको हो,' ट्रस्टका सदस्यसचिव दिनेशहरि अधिकारीले नयाँ पत्रिकासित भने । ट्रस्टले प्राप्त गरेका सम्पत्ति तथा जग्गा विद्यालय, विश्वविद्यालय, अस्पताल वा स्वास्थ्यचौकीका लागि प्रयोग गर्न सकिने भए पनि त्यस्तो कुनै तयारी भएको छैन ।
मोहीको नाममा रहेको जग्गाको स्वामित्व ट्रस्टले आफ्नो दायरामा ल्याउन सकेको छैन । वीरेन्द्रको नाममा रहेका जग्गा आफ्नो नाममा सार्न माग गर्दै मोहीहरू ट्रस्ट धाइरहेका छन्, यो विषयमा पनि ट्रस्टले कुनै निर्णय गर्न सकेको छैन । 'यस विषयमा हामी केही गर्न सक्दैनौँ । सरकारले नै नीति बनाउनुपर्छ,' सदस्यसचिव अधिकारीले भने ।
नारायणहिटी दरबारअगाडि रहेको सिन्दुर ब्युटिपार्लरलाई भने ट्रस्टले हटाएको छ । त्यहाँ अहिले ट्रस्टको आफ्नै कार्यालय छ । भाडा दिन आनाकानी गरेपछि ब्युटिपार्लरलाई हटाइएको ट्रस्ट स्रोतले बतायो ।
विगतमा दरबारसँग भएका सम्झौतामा पनि ट्रस्टले 'पार्टी' परिवर्तन गराएर आफ्नो नाममा ल्याएको छ ।     टेकुमा रहेको टाउन प्लाजा, कमलादीको काठमाडौं प्लाजा, सोल्टी होटेल परिसरका सटरहरूमा ट्रस्टले स्वामित्व परिवर्तन गरिसकेको छ ।
टेकुमा रहेको टाउन डेभलपर प्रालिले ३० वर्षका लागि बिजनेस पार्क निर्माण गर्न जग्गा भाडामा लिएको थियो । यसैगरी दरबारमार्गको करिब ६ रोपनी १३ आना जग्गा १६ वर्षका लागि भाडामा लिन स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि दरबारसँग विगतमा सम्झौता गरेको थियो । अब सम्झौतापत्रमा वीरेन्द्रको सट्टा ट्रस्टको नाम लेखिएको छ ।
कन्सेप्ट डेभलपर्सले कमलादीको पाँच रोपनी जग्गा २७ वर्षका लागि भाडामा लिई काठमाडाैं प्लाजा बनाएको थियो । त्यस्तै, सोल्टी होटल परिसरमा रहेको आठवटा पसल पनि ट्रस्टले सम्झौता नवीकरण गर्न लागेको छ । ती पसलले वाषिर्क १५ लाख ५६ हजार भाडा दरबारलाई बुझाउने सहमति छ । कार्यालयको कोषमा हालसम्म भाडाबापत पाँच करोड ४६ लाख ५३ हजार ज्ाम्मा भइसकेको छ ।
गोकर्णको गल्फ रिसोर्टको जग्गाको सम्झौतामा पनि 'पार्टी'को नाम ट्रस्ट बनाउने प्रयास भइरहेको ट्रस्टले जनाएको छ । गोकर्णमा रहेको करिब दुई हजार आठ सय रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर एलएम सभिर ब्रदर्श नेपालले दरबारसँग सम्झौता गरेको थियो ।
राजा वीरेन्द्रको नाममा रहेको नबिल बैंकमा रहेको ५७ हजार तीन सय ३० कित्ता, दरबारमार्गस्थित होटल अन्नपूर्णको १५ हजार तीन सय ६० कित्ता र नेपाल औद्योगिक निगमका ६ हजार सात सय ५० कित्ता सेयर पनि     ट्रस्टले आफ्नो नाममा सारिसकेको छ ।
६ वर्षअघि बेलायतको एक कम्पनीलाई वीरेन्द्रको नामबाट तत्कालीन राजा ज्ञानेन्द्रले स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत पठाएको एक करोड २८ लाख रुपैयाँबारे ट्रस्टले खोजबिन गरिरहेको छ । 'के प्रयोजनका लागि रकम पठाइयो भन्नेबारेमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयमार्फत खोजबिन भइरहेको छ,' सदस्यसचिव अधिकारीले भने ।

Subscribe to comments feed Comments (1 posted):

rabi on 15/02/2010 00:57:19
avatar
ohhhhoooo...its too much...bygone is bygone...now we have to think only future of Nepal..if we need to check the History of Nepal than lets begin with the date since Nepal was formed..
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?