Newsletter
Email:
Home | अन्तिम पृष्ठ | 'भुवनसँग खेल्ने कल्पनै थिएन'

'भुवनसँग खेल्ने कल्पनै थिएन'

Font size: Decrease font Enlarge font
image

'भुवन केसीको जोडी भएर फिल्म खेल्नु मेरो कल्पनाबाहिरको कुरा थियो,' पुलकित हँुदै नायिका रेखा थापाले फ्ल्यासब्याक सुरु गरिन्, 'भुवन केसी मेरो ममीको फेभरेट हिरो । म सानोमा बालकलाकार बन्न चाहन्थेँ ।' त्यतिवेला विराटनगरमा साइनो फिल्म चलेको थियो । त्यो फिल्ममा रक्षा मार्क बालकलाकार थिइन् । ममी-बाबाले 'तँजत्रा केटीले फिल्म खेलेका छन्' भनेर हेर्न लग्नुभएको थियो । कुनै दिन हिरोइन बनेँ भने भुवन केसीसँग खेल्छु भन्ने सोचाइ थियो । तर, म हिरोइन बन्दा उहाँ हिरोभन्दा निर्माता बढी बन्नुभएको थियो । एज डिफरेन्सले गर्दा पनि उहाँको जोडी बनेर खेलुँला भन्ने कल्पनै गरेकी थिइनँ ।'

पहिलोपटक नायक भुवनसँग उनैले निर्माण गरेको साथी म तिम्रो फिल्ममा सँगै अभिनय गरिरहेकी रेखालाई अहिले महसुस भएको छ रे ! साँच्चै हिरो त भुवन दाइ रहेछन् । 'साइनोमा हेर्दा उहाँलाई जस्तो देखेकी थिएँ, अहिले सँगै काम गर्दा पनि उस्तै पाएकी छु । यो उमेरमा पनि उहाँ हिरै लाग्छ ।' भुवनबाट आफूले पनि केही नयाँ कुरा सिकेको बताउँदै रेखाले भनिन्, 'मेन्टन गर्‍यो भने बुढ्यौलीलाई पनि ढाक्न सकिनेरहेछ ।'

शिव रेग्मीको निर्देशनमा सुटिङ भइरहेको साथी म तिम्रोभित्र रेखा संघर्षबाट उचाइमा पुगेकी नम्बर वान हिरोइनको भूमिकामा छिन् । 'हिरो फिल्म ताकाको संघर्ष याद आइरहेको छ,' फिल्मको भूमिका र आफ्नो वास्तविक जीवन केही हदसम्म मिल्ने बताउँदै उनले भनिन्, 'हिरोइन बन्न अडिसन दिन जाने, निर्देशक, निर्माताले अन्तर्वार्ता लिन, पहिलो फिल्म पाउँदा खुसीले पागल बन्ने । सफलता हात पर्दै जाँदा अझ बढी गरूँ भन्ने जोश आउने । शिखरमा पुगेपछि त्यो स्थान बचाउनका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने । वास्तविकतासँग धेरै हदसम्म मिल्दो कथा छ ।'

'फिल्ममा आफू डाक्टरको छात्रवृत्ति छाडेर हिरोइन बन्न आएको चरित्रमा रहेको बताउँदै रेखाले भनिन्, 'अर्का तर्फबाट किन मिल्दोजुल्दो छ भने फिल्ममा म डाक्टरी पढ्ने छात्रवृत्ति छाडेर हिरोइन बन्न आएकी हुन्छु । वास्तविक जीवनमा म एयर होस्टेजको टे्रनिङ छाडेर हिरोइन बन्न आएकी हुँ । कुरा उस्तै-उस्तै हो ।'

भुवन केसी निकै को-अपरेटिभ लागेको छ रे ! उनलाई । भनिन्, 'म उहाँभन्दा धेरै जुनियर हुँ । उहाँले हरेक सिनमा सहयोग गर्नुहुन्छ । कतिपय सिनियर हिरोले आफ्नो डाइलग सिद्धिएपछि लुक्स पनि दिन्नन् । भुवन दाइले हरेक सटमा फिलिङ्स ल्याउन साथ दिने गर्नुभएको छ ।' फिल्मभित्र भुवन साथी म तिम्रो नामक फिल्मको निर्माता निर्देशक र रेखा हिरोइनको भूमिकामा छन् । यसअघि फिल्म क्षेत्रकै कथामा सुपरस्टार बनाएका भुवनले यसपालि पनि आफ्नो फिल्ममा फिल्मभित्रकै कथा उठाएका छन् 

Subscribe to comments feed Comments (10 posted):

he on 30/04/2010 05:32:37
avatar
rekhale aba vhuban kc lai dekhaucha...
Thumbs Up Thumbs Down
0
GamGurung on 02/02/2010 23:53:47
avatar
ilik most
Thumbs Up Thumbs Down
-1
krishna on 02/02/2010 23:26:42
avatar
rekha aba timilai bhuwan kc le chadain im 100% sure.
Thumbs Up Thumbs Down
0
indira ,belgium on 02/02/2010 20:58:13
avatar
bhuwan kc wa kunai kata sang khelna paunanu k bhagya ko kura hoooooraaaaaaaaaa???,thukka KT k sochai ho
Thumbs Up Thumbs Down
-1
UMESH THAPA on 02/02/2010 20:19:12
avatar
HI REKHA JEE,
KHUSHI LAGYO KI TAPIKO SHOCHAI DEKHER TAPAI 1 RAMRO KALAKAR NEPALI FILIM UDYOG LAI PAIYO.AFU BHANDA THULO KALAKAR SANG KAM GARN PAUDA KEEP UP......I LOVE YOU THANKS U.K. THAPA
Thumbs Up Thumbs Down
0
on 02/02/2010 16:13:42
avatar
tyo kathata naulo hoinani hooooooo dekhag
Thumbs Up Thumbs Down
0
shash on 02/02/2010 14:28:56
avatar
heroin haru tastai hun jo saga tasina payo tai ramro lagchha, ali agi prachanda saga dance garda pani nikai majja aayo re ,yo bhuban jhan play boy man pari halyo ni,
Thumbs Up Thumbs Down
0
kamal on 02/02/2010 12:33:55
avatar
rekha ji vuwan daile feri timilaini banaulani wife huh keho nikai sipalu 6 ni daita b care full
Thumbs Up Thumbs Down
0
Arjun on 02/02/2010 10:19:47
avatar
Bauko jati umer bhuban kc ko ta bhaye ko ta chhina hola ni hagi rekha je..... bhuban ta chhabi ojha bhanda ta young nai chhan ni ta...
Thumbs Up Thumbs Down
1
Tilak Bhandari on 02/02/2010 09:43:55
avatar
rekha G kina Bhuban bhuban bhannu bhayako ma ma bhuban bhanda kami chhaina k ma saga khelna hudaina ra launa yak palta try garu kasto hudo rahichha hahahahaha
Thumbs Up Thumbs Down
1
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
1.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?