Newsletter
Email:
Home | कभरस्टोरी | एक-अर्कालाई नै चिन्दैनन् नेतापत्नी

एक-अर्कालाई नै चिन्दैनन् नेतापत्नी

Font size: Decrease font Enlarge font
image

प्रचण्डपत्नी सीता दाहाल प्रधानमन्त्री माधवकुमार नेपालकी पत्नी गायत्रीलाई मात्र चिन्छिन्

बाबुरामपत्नी हिसिला यमीको एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी पत्नीबाहेक अन्यसँग चिनजान छैन

कांग्रेस नेता अर्जुननरसिंह केसीकी पत्नी आफू गृहिणी भएकीले कसैलाई पनि चिन्न नसकेको बताउँछिन्

विमलेन्द्र निधिकी पत्नी अनामिका एमाले र माओवादीका केही नेतापत्नीसँग नियमित कुराकानी गर्छिन् 

एमाले नेता युवराज ज्ञवालीकी पत्नी इन्दु अधिकांश नेतापत्नी चिन्छिन्, तर माओवादी नेता देव गुरुङकी पत्नी यशोदासँग मात्र नियमित भेट गर्छिन्

ईश्वर पोखरेलकी पत्नी मीराको कांग्रेसका रामचन्द्र, विमलेन्द्र, प्रकाशशरण र नरहरिका पत्नीसँग चिनजान छ

माओवादी नेता देव गुरुङकी पत्नी यशोदा पनि अन्य दलका नेतापत्नीलाई खासै चिन्दिनन् तर आफ्नै पार्टीकी उपाध्यक्ष मोहन वैद्यकी पत्नी सुष्मासँग भने उनको सम्बन्ध राम्रो छ

एमालेका भीम आचार्य काठमाडांैमा बसे पनि उनकी पत्नी नीरा खनाल सुनसरीमा बस्ने भएकीले अन्य पार्टीका नेतापत्नीलाई चिन्दिनन् 

प्रदीप ज्ञवालीकी पत्नी सरस्वतीले पति मन्त्री भएका वेला कृष्ण सिटौला र रमेश लेखककी पत्नीसँग चिनजान गर्ने कोसिस गरिन्, तर संयोग जुरेन 

 

 

काठमाडौं, १५ माघ : फरक-फरक पार्टीका नेताहरू एउटै मञ्चमा बसेर गफ गरेको, सँगै चिया खाएको र हँसिमजाक गरेको दृश्य प्रायः देखिन्छ । तर, उनै नेताका पत्नीहरूबीच आपसमा चिनजान पनि हुँदोरहेनछ भन्ने थाहा पाउँदा तपाइर्ंलाई अनौठो लाग्न सक्छ 

नयाँ पत्रिकाले सम्पर्क गरेका अधिकांश नेतापत्नीले आपसमा चिनजान र भलाकुसारीका लागि संयोग जुर्न नसकेको बताए । १० वर्षसम्म भूमिगत रहेर खुला राजनीतिमा आएको माओवादी नेताका पत्नी र अन्य दलका नेतापत्नीबीच त झनै पातलो चिनजान छ 

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डकी पत्नी सीताले अन्य दलका शीर्ष नेताका पत्नीहरूसँग परिचय गर्ने मौका नमिलेको बताइन् । उनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी पत्नी र एमाले नेता माधवकुमार नेपालकी पत्नीलाई मात्र चिनेको बताइन् । भनिन्, 'अन्य नेताका मेडमसँग चिनजानको मौका नै पाइएको छैन ।' राजनीतिक रूपमा त्यति सक्रिय नदेखिए पनि सीता दाहाल माओवादी केन्द्रीय सल्लाहकार सदस्य हुन् 

त्यसैगरी, माओवादी उपाध्यक्ष मोहन वैद्य 'किरण'की पत्नी सुष्माले पनि अन्य दलका नेतापत्नीसँग चिनजान नभएको प्रतिक्रिया दिइन् । 'अरू दलका नेताका मेडमहरूसँग देखभेट छैन, कसरी चिन्नु र ?' सुष्माले भनिन्, 'खुला प्रक्रियामा आएको तीन वर्ष भयो, तर पनि त्यस्तो चिनजानको मौका मिलेको छैन ।' उनी सबै आ-आफ्नो काममा व्यस्त भएका कारण यस्तो मौका नमिलेको बताउँछिन् । 'सबै आ-आफ्नै काममा छन्,' उनले सुनाइन्, 'भेट्ने मौका मिल्दैन ।' सुष्मा पार्टीको उपल्लो तहमा छैनन् 

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईपत्नी तथा माओवादी पोलिटब्युरो सदस्यसमेत रहेकी नेत्री हिसिला यमीले एमाले अध्यक्ष खनाल र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाकी पत्नीबाहेक अन्य नेताका पत्नीसँग चिनजान नरहेको बताइन् । उनले झलनाथ पहिलोपटक मन्त्री हँुदा झलनाथपत्नीलाई 'तिमी त यस्ती पो रहिछ्यौ' भनेर जिस्क्याएकोसमेत स्मरण गरिन् 

झलनाथजीकी मेडम मेरी दिदीकी साथी हो, हाम्रो माइती पनि नजिक हो । म उहाँलाई पहिलादेखि चिन्छु,' यमीले नयाँ पत्रिकासँग भनिन्, 'सिटौलाजीकी मेडमलाई म मन्त्री हुँदा चिनेकी हुँ, पुल्चोक मन्त्रीक्वार्टरमा म उहाँलाई भेट्न जान्थँे ।'

माओवादी संविधानसभा दलका प्रमुख सचेतकसमेत रहेका माओवादी नेता पोष्टबहादुर बोगटीकी पत्नी उषाले पनि अन्य दलका नेताका 'मेडम'हरूसँग चिनजान नभएको बताइन् । 'भेट पनि छैन, काम पनि पर्दोरहेनछ, चिनजान भएको छैन,' उनले भनिन्, 'सक्रिय राजनीतिमा उहाँहरू भएको भए चिनजान हुन्थ्यो होला ।' राजनीतिमा सक्रिय रहेकी उषा माओवादीनिकट गणतान्त्रिक मञ्च महिला विभाग संयोजक छिन् 

माओवादी प्रवक्ता दीनानाथ शर्माकी पत्नी पनि अरू दलका नेतापत्नीसँग चिनजान नभएको बताउँछिन् । 'म उहाँहरू कसैलाई पनि चिन्दिनँ,' नयाँ पत्रिकासँग शर्मापत्नी सरलाले भनिन्, 'त्यस्तो चिनजान गर्ने मौका मिलेको पनि छैन ।'

माओवादीका तर्फबाट बस्ने वार्ताटोलीमा प्रायःजसो देव गुरुङ रहन्छन् । उनकी पत्नी यशोदा सुवेदीले भने चिनजानका विषयमा बोल्न मानिनन् । 'व्यक्तिगत विषयमा म बोल्दिनँ,' उनले नयाँ पत्रिकासँग भनिन्, 'म राजनीतिक विषयमा मात्र कुरा गर्छु ।' सुवेदी माओवादीको केन्द्रीय सदस्य एवं सभासद्समेत हुन् 

माओवादीका तर्फबाट प्रायःजसो बैठकमा सहभागी हुने नेता हुन् पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' । तर, उनी भने अविवाहित नेता हुन् 

सधैँजसो अन्य दलका नेताहरूसँग वार्ता र संवादमा व्यस्त रहने एमाले नेता प्रदीप ज्ञवालीकी पत्नी सरस्वतीसँग आफ्नै पार्टीका वरिष्ठ नेताका पत्नीबाहेक कसैसँग चिनजान छैन । अन्य पार्टीका नेतापत्नीलाई सरस्वतीले चिन्ने प्रयास गरेकी थिइन्, तर सफल भइनन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईकी पत्नी क्रमशः सीता र हिसिला तथा कांग्रेस नेता शेरबहादुर देउवाकी पत्नी आरजुलाई उनले टेलिभिजन पर्दामा एकोहोरो मात्र देखेकी छिन्, तर चिनजान छैन । 'उहाँ -प्रदीप ज्ञवाली) मन्त्री हुँदा कृष्ण सिटौला र रमेश लेखककी पत्नीसँग चिनजान गर्न खोजेकी थिएँ,' सरस्वतीले भनिन्, 'कसरी-कसरी त्यस्तो अवसरै जुट्न सकेन ।' पुल्चोकस्थित मन्त्रीनिवास सँगै भए पनि उनले आफ्नो इच्छाबमोजिम अन्य नेतापत्नीलाई चिन्ने अवसर नपाएको बताइन् । तर, उनले आफ्नै प्रयासमा पार्टीनेता तथा तत्कालीन मन्त्री राजेन्द्र पाण्डेकी पत्नीसँग परिचय गरेर सम्बन्ध अगाडि बढाएकी थिइन् । अन्य पार्टीका नेतापत्नीसँग भेटघाट र चिनजान गर्ने उत्कट चाहना सरस्वतीले व्यक्त गरिन् 

प्रचण्ड, बाबुराम र देउवापत्नीलाई पनि टेलिभिजनले देखाएरमात्र एकोहोरो चिनेकी हुन् सरस्वतीले । 'उहाँहरूसँग पनि दोहोरो चिनजान होइन टेलिभिजनमा मात्र देखेकी हुँ,' सरस्वतीले भनिन् । कांग्रेसका शेरबहादुर देउवाकी पत्नी आरजुबाहेक अन्यलाई देख्नसम्म पाएकी छैनन् सरस्वतीले । आफ्नै पार्टीका वरिष्ठ नेतापत्नीबाहेक सरस्वतीका लागि अन्य पार्टीका नेतापत्नी सबै अपरिचित छन् । पार्टीनेताका पत्नीहरूको आपसमा चिनजानका लागि पाँच वर्षअघि पुतलीसडकमा एउटा अनौपचारिक कार्यक्रम गरिएकाले पार्टीनेताका पत्नीहरूसँग सरस्वतीको चिनजान भएको हो । तर, सम्बन्ध निरन्तर उनीहरूसँग पनि छैन 

अन्य पार्टीका नेतापत्नी चिन्नेमा एमाले नेता युवराज ज्ञवालीकी पत्नी इन्दु ज्ञवाली तुलनात्मक रूपमा अग्रणी छिन् । माओवादीका धेरैजसो नेतापत्नीसँग त उनको सानैदेखि व्यक्तिगत सम्बन्ध छ । माओवादी नेता देव गुरुङकी पत्नी यशोदा, मोहन वैद्यकी पत्नी सुष्मासँग उनको राम्रो सम्बन्ध छ । यशोदा र सुष्माको माइती आफ्नो घर सँगै भएकाले चिनेकी हुन् उनले । 'यशोदा र सुष्माजीसँगको सम्बन्ध मेरो पुरानै हो,' इन्दुले नयाँ पत्रिकासँग भनिन्, 'तर, सुष्माजीसँग चाहिँ भेट नभएको धेरै भयो ।' यशोदासँग भने नियमितजसो भेटघाट र टेलिफोन संवाद भइरहन्छ इन्दु ज्ञवालीको । 'गैरराजनीतिक व्यक्तिगत भेटघाट हुने हो,' इन्दुले भनिन् 

माओवादी नेता जनार्दन शर्माकी पत्नीलाई पनि दाङ माइती भएकैले चिनेकी हुन् इन्दुले । उनले माओवादी नेता दीनानाथ शर्माको ससुराली पनि आफ्नै गाउँ भए पनि शर्मापत्नीसँग भने दोहोरो चिनजान नभएको बताइन् । माओवादी नेतापत्नीलाई इन्दुले चिन्नुका कारण दुईवटा रहेछन् । माओवादीका धेरै नेताको ससुराली दाङ हुनु र आफू लागेको प्रगतिशील कम्युनिस्ट राजनीतिमा उनीहरू पनि लाग्नु । 'म र उहाँहरू सँगसँगै प्रगतिशील आन्दोलनमा लाग्यौँ, काम र आन्दोलन पनि सँगसँगै गथ्र्याैँ,' इन्दुले भनिन् 

माओवादी अध्यक्ष प्रचण्डपत्नीसँग भने उनको दोहोरो चिनजान छैन । 'देखेकी छु, नाम थाहा छ, तर चिनजान छैन,' उनले भनिन् । कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी र रामशरण महत कसैकी पत्नीको पनि नामसम्म सुनेकी छैनन् इन्दुले । युवराज ज्ञवाली मन्त्री हुँदा परिचय कार्यक्रम राखिएका वेला तारानाथ रानाभाट र होमनाथ दाहालकी पत्नीसँग उनको परिचय भएको थियो, तर सम्बन्ध सम्पर्क भने त्यसपछि भएकै छैन । 'त्यसैवेला चिनियो, पछि आफैँ बिर्सँदै गइयो,' उनले भनिन्, 'काम र आवश्यकताले पनि हुँदोरहेछ ।'

पार्टी महासचिव ईश्वर पोखरेलकी पत्नी मीरा ध्वजूले प्रचण्डपत्नी सीतालाई प्रत्यक्ष चिनेकी छैनन् । महासचिव पोखरेल र प्रचण्ड अँगालो हालेको तस्बिरले राजनीतिक बजारमा खुबै चर्चा पाए पनि पोखरेलपत्नी ध्वजू र सीताबीच औपचारिक चिनजानसम्म छैन । कांग्रेस नेता रामचन्द्र पौडेलकी पत्नी सविता, विमलेन्द्र निधिकी पत्नी अनामिका, डा. प्रकाशशरण महतकी पत्नी विना र नरहरि आचार्यकी पत्नी शारदा शर्मासँग भने ध्वजूको सम्बन्ध सम्पर्क नियमित छ । उनले कांग्रेस नेता रामचन्द्र पौडेलकी पत्नीसँग सामान्य चिनजान रहेको बताइन् । अनामिका निधिको अरूसँग छिट्टै घुलमिल भइहाल्ने स्वभाव रहेको अनुभूति पोखरेलपत्नीले गरेकी छिन् । 'एकदम छिटो मिल्ने स्वभाव छ अनामिकाजीको,' ध्वजूले भनिन् । टेलिभिजन पर्दामा माओवादी नेता प्रचण्ड र कांग्रेस नेता शेरबहादुर देउवाकी पत्नीलाई देखेकी छिन् ध्वजूले । बाबुरामपत्नी हिसिलासँग पहिले चिनजान भए पनि नियमित सम्पर्क छैन । कांग्रेस नेता अर्जुननरसिंह केसीकी पत्नीसँग भने ध्वजूको देखादेख भएको छ । ध्वजू आफैँ एमालेको महिला संगठनमा कार्यरत भएकाले महिलाको संयुक्त संघर्षका कार्यक्रम हुँदा कांग्रेस नेतापत्नीसँग ध्वजूको चिनजान भएको हो । नरहरि आचार्यकी पत्नी शारदासँग भने ध्वजूले साहित्यिक व्यक्तित्व भएकाले चिनजान भएको बताइन् 

एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्य काठमाडांैमा बसेर अन्य पार्टीका नेतासँग नियमित संवादमा रहे पनि उनकी पत्नी नीरा खनाल सुनसरीमा बस्ने भएकीले अन्य पार्टीका नेतापत्नीलाई चिन्दिनन् । 'नेताहरूलाई एकोहोरो चिन्छु, नेतापत्नीसँग चिनजान छैन,' खनालले भनिन् । आफू काठमाडांै बसेको भए अरूसँग चिनजान गर्नु रुचिकै विषय भएकाले चिनजान सम्भव हुने उनले बताइन् । उनी सुनसरीमा पार्टी र महिला संघमा आबद्ध छिन् । 'कहिलेकाहीँ मात्र काठमाडौं आउने हो कसरी चिन्नु,' उनले भनिन् 

कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलकी पत्नी सविता धेरै नेताका पत्नी चिन्दिनन् । सविताले भनिन्, 'म राजनीति गरेर हिँड्दिनँ कसरी चिन्नु ?' कहिलेकाहीँ भोजमा जाँदा विभिन्न राजनीतिक दलका नेतापत्नीसँग सामान्य परिचय त हुन्छ, तर मेरो उहाँहरूसँग व्यक्तिगत सम्बन्ध छैन ।' सविताले प्रधानमन्त्री माधवकुमार नेपाल, एमाले महासचिव ईश्वर पोखरेलकी पत्नीसँग सामान्य चिनजान रहेको बताइन् । उनले भनिन्, 'प्रधानमन्त्री र ईश्वर पोखरेलकी पत्नीसँग नियमित भेटघाट छैन ।' उनले माओवादी उपाध्यक्ष डा. भट्टराईकी पत्नीका साथै राजनीतिमा लागेका नेतापत्नीलाई चिनेको बताइन् । उनले भनिन्, 'राजनीतिमा लागेका केही नेतापत्नीलाई टेलिभिजनमा देखेकाले चिनेकी छु, तर धेरैसँग प्रत्यक्ष भेटघाट छैन ।' उहाँहरू मेरो घर आउनुभएको छैन, म पनि गएकी छैन ।'

घरबाहिरको कार्यक्रममा खासै सहभागी हुने नगरेको भन्दै सामान्य चिनजान भए पनि नियमित भेट र चिनजान नभएको उनले बताइन् । उनले भनिन्, 'कर्मचारी, सेना, पुलिसपत्नीको विभिन्न संघ-संगठन हुन्छ, तर नेतापत्नीको त्यस्तो कुनै संगठन छैन, कसरी भेटघाट र चिनजान हुन्छ ?'

कांग्रेस महामन्त्री विमलेन्द्र निधिकी पत्नी अनामिका एमाले, माओवादीका साथै प्रमुख राजनीतिक दलका प्रमुख नेताका पत्नीहरूसँग राम्रो चिनजान रहेको बताइन् । उनले भनिन्, 'म धेरै नेताका पत्नीलाई चिन्छु, उहाँहरूले के गर्नुहुन्छ मलाई थाहा छैन ।' उनले एमाले अध्यक्ष झलनाथ खनालपत्नीसँग वेलावेलामा कुराकानी नै हुने गरेको बताइन् । तर, उनले भनिन्, 'हामीबीच राजनीतिक कुरा हुँदैन । सुख-दुःख, किचन र पारिवारिक कुरा हुन्छ ।' एमाले नेता भरतमोहन अधिकारीपत्नीसँग पनि राम्रो सम्बन्ध रहेको उनले बताइन् । 'विमलजी मन्त्री हुँदा उहाँ -भरतमोहन) पनि मन्त्री हुनुहुन्थ्यो । मन्त्रीनिवासमा हाम्रो नियमित भेट हुन्थ्यो, हामी सँगै बसेर चिया पिउँथ्याँै,' उनले भनिन् । माओवादीका प्रमुख नेतापत्नीसँग चिनजान रहेको उनले दाबी गरिन् । माओवादी उपाध्यक्ष डा. भट्टराईपत्नी हिसिलासँग हात मिलाएको प्रसंग उल्लेख गर्दै अनामिकाले भनिन्, 'तपाइर्ंको -हिसिला) हात त सफ्ट छ, बन्दुक बोक्नेजस्तो छैन पनि भनेको छु ।' श्रीमान् पनि मिलनसार भएकाले आफूलाई पनि सजिलो भएको बताउने उनले भनिन्, 'मलाई सबैसँग मिल्नै मनपर्छ ।' 'राजनीतिक र पारिवारिक जीवन फरक कुरा हो, सुख-दुुःखमा म सबैसँग समान व्यवहार गर्न रुचाउँछु उनले भनिन् 

कांग्रेस सहमहामन्त्री अर्जुननरसिंह केसीकी पत्नी प्रतिमाले पनि सविताले जस्तै अन्य राजनीतिक दलका नेतापत्नीसँग चिनजान नभएको बताइन् । उनले भनिन्, 'म त त पूरै गृहिणी हुँ, कसैलाई पनि चिन्दिन ।' घरायसी काम आफूले सम्हाल्दा श्रीमान्लाई सजिलो भएको बताउँदै उनले भनिन्, 'मलाई राजनीतिप्रति रुचि छैन, त्यसैले होला मसँग कसैसँग पनि चिनजान छैन ।' केसीपत्नी प्रतिमाले आफू भोजमा पनि खासै सहभागी नहुने भएकाले अन्य राजनीतिक दलका नेतापत्नीसँग भेट्ने अवसर नमिलेको बताइन् । उनले भनिन्, 'अन्य राजनीतिक दलका नेतापत्नीसँग चिनजान त गर्नुपर्ने हो, तर छैन ।' टेलिभिजनमा हेरेर चिनेकी छु भन्न कसरी मिल्यो ? उनले भनिन् ।'

 

Subscribe to comments feed Comments (21 posted):

madhukarr rai on 01/02/2010 04:14:53
avatar
Dherai manche chinna ramro hoina tyasaile thulo netasanga matrai chin jan gare hunchha.
Thumbs Up Thumbs Down
0
rajesh on 31/01/2010 22:13:07
avatar
waiyat news
Thumbs Up Thumbs Down
0
amar on 31/01/2010 12:23:36
avatar
wayat yesto pani patrika ma chhbna ali hamro des ko patrakar haru kam na paya ra neta ko madam haru ko chyo gar chhan
Thumbs Up Thumbs Down
0
pratik on 31/01/2010 12:04:02
avatar
kam 6aina kasle kaslai chin6a kasle chindaina khali yahi ho jurnalist ko kam. chine chinos na chine na chinos 1 aarca le talai k ko tenson.
Thumbs Up Thumbs Down
0
hbk on 31/01/2010 08:12:32
avatar
kam 6ina yasto news pani published
garcha yaighat
Thumbs Up Thumbs Down
3
Nepali on 31/01/2010 07:41:27
avatar
3 jana ko yatro time ra sakti unproductive kama ma phalera hera naya nepal ma journalist.
Thumbs Up Thumbs Down
0
nuja thapa on 31/01/2010 05:16:13
avatar
yasto news pani published garne ho ra?
Thumbs Up Thumbs Down
0
samir on 31/01/2010 01:56:44
avatar
yesto pani news hunchh? timro ra mero pani chinjan navako khabar khae ta? kina nalekheko? ha? yesto news vanda ta ali ramro jankari dine khalko lekhnu ni.
Thumbs Up Thumbs Down
0
Lekhnath on 30/01/2010 22:35:55
avatar
what a non sense news and article is this. Naya patrika le kehi napayera yesta chamachar leknu dukhako kura ho. Kam painas Buhari Gunyu ma Iron lagaide bhaneko yehi ho. Bull sit article.
Thumbs Up Thumbs Down
0
narad ghimire on 30/01/2010 22:03:28
avatar
OK it means there is no any news in nepal.
i would like to rerquest to all the journalist to follow this way to be well known in the journalism sector.CONGRACULATION for the best news of the year.Dear Editor,you will be awarded defenetly.please wait for the best result.
Thumbs Up Thumbs Down
0
Indra Thapa Qatar. on 30/01/2010 21:20:25
avatar
Neta Patni ko good relationship ko karan le kahile kahi neta haruko khichataani lai sahaj banauna pani sakchha. Anyway good relationship is not bad.
Thumbs Up Thumbs Down
1
bishwa parajuli on 30/01/2010 18:42:06
avatar
aaba ko aanka ma neta ko sex barema lekha lekhanu hola yati chacha ma nai aaunu 6 vane.....jat falnu gahata ko jol ma kin.............k kaso ho hajur.....bakmafuse patrakar mahodaya ma sadar namskar...............
Thumbs Up Thumbs Down
0
bishwa on 30/01/2010 18:37:59
avatar
samchar ramro lagyo yastai sachar ko sankal garididai gare aajha ramro hunethiyo...aaba neta ko khane basne thau ani shreemati sang ko ratikirda barema lekha lekhiyo vane ta aajha charcha ma aayune thiyo ni ...yasma pahala garnu hola dhanyadad....nayanepal ko patrika................
Thumbs Up Thumbs Down
1
londan priyar on 30/01/2010 13:41:26
avatar
chinna pani jarurat chhaina chinera pani k nai garne hun ra yo gadhako budi harule chinneu bhanda nachine kai bes hola jasto lagiyo malai ta chine bhane farie ini harule pani mearo budo yasto tearo budo yasto ma yasto ta yasto bhanlan aile samma jasto chha teastai nai thik chha so thanks you
Thumbs Up Thumbs Down
-1
danbahadur on 30/01/2010 13:39:30
avatar
Nepal ma yesto khal ko kam ta kaha neta ra neta patni le garchhan ta afai top paltiyera mai thulo bhanera dhak ra dhakku laune parampara ta chha ni. kahilei garib, sojha sajha ra aru sanga bhet ghat ra social work garne fursad ra uniharu ko bibek le kaha bhyauchha ra????/ ra kahilei kehi garau bhanne bhawana nai chhaina ta ra ek arka ma chin jan ra dukha sukha badne fursad nai kaha chha ra neta haru bhudi bharne ra kursi ko dau ma patni haru uniharu ko pachhi lagnu ra ghar samalnu besta.....
Thumbs Up Thumbs Down
0
sudha on 30/01/2010 11:25:22
avatar
neta patni hune bittikai chinnu parne ho??? bchara ti abahgi nari haru jo neta jasta chor haru ko patni bannu pareko cha.chor daka ka patni pani chinina chahanchan ta??
Thumbs Up Thumbs Down
-1
yonjan on 30/01/2010 10:48:01
avatar
samachar payana lekhnalai k ho yaasto?boring news chhi
Thumbs Up Thumbs Down
0
Damar on 30/01/2010 10:09:00
avatar
desh ko chinta chhaina kaseri sambidhan lekhne,banaune khali neta ko budi haru chinjan bhayen ek apash ma bhanera kura garne k fasion show ma lane ho tiniharu chinjan bhayera k garchhan ek apash ma chiya piune mithai khane ani HOTEL ma gayera parti khane bidesh le diyeko paisa sakne aphno mojmasti aru k garne her BAL KRISHNA,RAMSARAN,NETRA timiharu pani khayal garnu lekhna ra bolna paye bhandaima je pani nagarnu dhanyawad.
Thumbs Up Thumbs Down
1
on 30/01/2010 04:36:14
avatar
Daro news chha la......... patrakar le lekhepachhi j pani news hune aajab des ma gajab kahani..........
Thumbs Up Thumbs Down
0
Indra Dev Rai Pandhare now Mozambique on 30/01/2010 04:24:18
avatar
Neta patnile ak arkalai chinnu need nai 6oinani!Netale netaharu matra hoinaki jo sanga kam 6 sabailai chine kai6ni?Netale kaslai chindaina ra?Chor, daka dekhi gunda, mafia sabailai chinnu matra hoina ashraya nai diyako6 ra na hamro desh kahile ubho lagdaina?
Thumbs Up Thumbs Down
0
arjun on 29/01/2010 20:32:32
avatar
bakbas news rahechha
Thumbs Up Thumbs Down
2
total: 21 | displaying: 1 - 21

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?