Newsletter
Email:
Home | खेलकुद | आयोजक सहारा क्वाटरफाइनलमा

आयोजक सहारा क्वाटरफाइनलमा

Font size: Decrease font Enlarge font
image

पोखरा, १२ माघ  : आयोजक सहारा क्लब पोखरा मंगलबार आहा गोल्डकप आठौँ संस्करणको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहाराले रूपन्देही-११ लाई ३-२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेशका लागि सहाराले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पाँचौँ संस्करणदेखि लगातार उद्घाटन खेलमा आयोजक टोलीले रूपन्देहीलाई हराउँदै आएको छ । अघिल्लो संस्करणमा सहाराले रूपन्देहीलाई ३-० ले पराजित गरेको थियो । खेलको ३७औँ मिनेटमा आयोजक टोलीले पहिलो गोलको अग्रता लियो । टोलीलाई पुष्प क्षेत्रीले अग्रता गोल गरेका थिए । 
त्यसपछि रूपन्देहीका अजय पौडेलले डिबक्समा गोलरक्षकको गल्तीमा आप\mनो टोलीलाई १-१ को बराबरीमा ल्याए । खेलको ८०औँ मिनेटमा सहाराका सुशील केसीले हेडगोल गरे । रूपन्देहीका विष्णु गुरुङले ३-२ का लागि गोल गरे । खेलमा सहाराका राजन अधिकारी र रूपन्देहीका विष्णु गुरुङले पहेँलो कार्ड खाए भनेे म्यान अफ दि म्याच सहाराका पुष्प क्षेत्री भए । यसअघि खेलको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले गरेका थिए ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ, एनआरटी क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ-मस्र्याङ्दी क्लब, नाइटचेस क्लब झापा, रूपन्देही-११ र आयोजक सहारा गरी नौ स्वदेशी टोली रहेका छन् । भारतको गोर्खा युनाइटेड फुटबल क्लब देहरादुन, बंगलादेशको ढाका  स्पोर्टिङ क्लब  र सहारा युके गरी कुल १२ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा ४३ लाख १५ हजार दुई सय खर्च हुने आयोजकले बतायो ।
विजेतालाई एक लाख ५० हजार र उपविजेतालाई ७५ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल प्रदान गरिने भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार युनाइटेड फुटबल क्लब देहरादुन र मच्छिन्द्र क्लबबीच हुनेछ । 

Subscribe to comments feed Comments (1 posted):

dorji sherpa on 27/01/2010 18:12:07
avatar
badai cha sahara club pokhara lai himayana sherpa football club ko
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?