Newsletter
Email:
Home | कभरस्टोरी | के-के सिके शिविरमा 'अयोग्य’ लडाकुले ?

के-के सिके शिविरमा 'अयोग्य’ लडाकुले ?

Font size: Decrease font Enlarge font
image

तस्बिरः जनसेनाको चौथो डिभिजनका लडाकु युद्ध-अभ्यास गर्दै

 नयाँ पत्रिका

काठमाडौं, ११ माघ

राष्ट्रसंघको प्रमाणीकरणमा अयोग्य ठहरिएका माओवादी लडाकुले तीन वर्ष शिविरमा बस्दा गुरिल्ला युद्धदेखि कम्प्युटरसम्मको तालिम लिएका छन्

 । तीन वर्षको शिविर-बसाइले आफूहरू कुशल सिपाही बन्न सकेको उनीहरूको दाबी छ 

अयोग्य ठहरिएका लडाकु शिविरबाट बिदाइ हुने क्रम जारी छ

 । शिविरबाट र्फकंदा उनीहरूले 'गुरिल्ला वार'देखि प्रत्यक्ष भिडन्तसम्मका सैन्यकला सिकेका छन् 

जनसेना स्रोतका अनुसार तीन वर्षको बीचमा उनीहरूले आत्मसुरक्षासम्बन्धी 'सेक्युरिटी ट्रेनिङ', युद्धक्षेत्रमा गरिने लडाइँसम्बन्धी 'ब्याटल ट्रेनिङ', विद्युतीय धरापसम्बन्धी 'एम्बुस ट्रेनिङ', छापामार आक्रमणसम्बन्धी 'गुरिल्ला वार ट्रेनिङ' र कमान्डो कारबाहीसम्बन्धी 'कमान्डो अट्याक ट्रेनिङ' लिएका छन्

 

जनसेना शिविरमा खुला हतियार निकै न्यून छन्

 । शिविरमा माओवादी जनसेनाका तीन हजार चार सय ७५ थान हतियार दर्ता छन् । सुरक्षाका लागि राखिएकाबाहेक धेरै हतियार राष्ट्रसंघको कन्टेनरमा छन् । शिविर सुरक्षाका लागि राखिएका र काठका बन्दुकले लडाकुले तालिम लिएका थिए 

सोलुखुम्बुका २२ वर्षका खिलाधन राईले पनि आफूसँग युद्धकलाबारे पर्याप्त ज्ञान रहेको बताए

 । 'आवश्यक सबै ज्ञान छ,' उनले भने, 'टु्रप्स अट्याकदेखि सरप्राइज अट्याकसम्मको ज्ञान छ ।'

माओवादी जनसेनाको दोस्रो डिभिजनबाट २३ पुसमा औपचारिक बिदाइ भएका ओखलढुंगाका शिवराम खड्का शिविरमा युद्धकलाका सबै आयाम सिकेको बताउँछन्

 । सैद्धान्तिक ज्ञान पर्याप्त पाए पनि हतियारको अभावले व्यावहारिक ज्ञान सिक्न गाह्रो परेको उनको गुनासो छ 

 

'सैन्य फर्मेसनमा बसेपछि सबै सिकियो,' खड्काले भने

 । २२ वर्षीय खड्काले प्लाटुन सहकमान्डरको जिम्मा पाएका थिए 

 

शिविरबाट बिदा भए पनि सरकारले धोका दिए फेरि युद्धमा जान आफूहरू तयार भएको चेतावनी पनि उनले दिए

 । 'बाहिर पठाइहालियो भनेर सरकारले धोका दिए ठूलो भूल हुनेछ,' उनले भने, 'क्रान्तिका लागि जतिवेला पनि तयार छाँै ।'

जनसेनाका कमान्डरहरू पनि आफ्ना पूर्वलडाकुहरूमा सैन्यकलाबारे ज्ञान भएको बताउँछन्

 । उनीहरूको भनाइमा जनसेनालाई व्यावसायीकरण गर्न विभिन्न तालिम दिइए पनि विशेष तालिम दिन नसकिएको उनीहरूको भनाइ छ 

'शिविरमा बस्दा नियमित सेनाले लिनुपर्ने सबै तालिम उहाँहरू(अयोग्य भनिएका लडाकु) ले लिनुभएको छ,' जनसेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले नयाँ पत्रिकासँग भने, 'शान्तिसम्झौताको दायराभित्र गर्न मिल्ने तालिम दिइएको हो

 ।'

शान्तिसम्झौतामा बाँधिएकाले विशिष्ट तालिम दिन नसकिएको माओवादी जनसेनाका कमान्डर नन्दकिशोर पुन पासाङले बताए

 । 'शान्तिसम्झौताले हामीलाई खुला ट्रेनिङ गर्न छुट दिएको छैन, हतियारविना सामान्य तालिम भएको छ, सामान्य रुटिनअनुसार तालिम भएको छ,' जनसेनाका कमान्डर नन्दकिशोर पुन पासाङले नयाँ पत्रिकासँग भने, 'शान्तिसम्झौताले बाँधेका कारण विशेष तालिम लिन पाएका छैनौँ ।'


अयोग्य भनिएका लडाकुहरूले शिविरमा सैन्य तालिमबाहेक अरू धेरै ज्ञान बटुलेको जनसेनाका कमान्डर बताउँछन्

 । 'पढ्नुपर्छ, जान्नुपर्छ भन्ने चेतनाको विकास गर्न पाए, तीन वर्षको समयमा धेरैले एसएलसी पास गरे, उनीहरू सबैले कम्प्युटरसम्बन्धी ज्ञान लिए,' जनसेनाका बि्रगेड कमान्डर सरल सहयात्रीले बताए । लडाकुहरूका लागि हरेक बि्रगेडमा १० देखि १५ वटासम्म कम्प्युटर राखिएको उनले बताए 

त्यसबाहेक तीन वर्षको अवधिमा अयोग्य भनिएका सबै लडाकुले केही महिनाको अंग्रेजी भाषा-कक्षा पढे शिविरभित्रै

 । तरकारी खेती, बंगुरपालन, कुखुरापालनजस्ता घरेलु काम पनि सिकेका थिए उनीहरूले 

सात मुख्य र २१ सहायक शिविरमा अनमिनको प्रमाणीकरणमा अयोग्य ठहरिएका चार हजार आठ लडाकु छन्

 । प्रारम्भिक रिपोर्टअनुसार यीमध्ये ४० प्रतिशत लडाकु शिविरबाट पहिले नै बाहिरिएका थिए 

१८ वर्ष उमेर नपुगेका र युद्धविरामपछि भर्ती भएको आधारमा अनमिनले यी लडाकुलाई अयोग्य ठहराएको थियो

 । जसमध्ये दुई हजार नौ सय ७४ जनालाई बालबालिका र एक हजार ३५ जना युद्धविरामपछि भर्ना गरिएको ठहर गरिएको थियो 

लडाकुको बिदाइ कार्यक्रम भने जारी छ

 । दोस्रो डिभिजन दुधौलीका तीन सय ७२ जना अयोग्य ठहरिएका थिए । तीमध्ये दुई सय ७८ जना १८ वर्षमुनिका र ९४ जना युद्धविरामपछि भर्ना गरिएको राष्ट्रसंघले जनाएको छ । बिदाइ समारोहमा दुई सय एकजना बिदाइ भएका थिए 


त्यसैगरी तेस्रो डिभिजन शक्तिखोरबाट ३ माघमा दुई सय ५८ 'अयोग्य' लडाकु बिदा भएका थिए

 । राष्ट्रसंघको प्रमाणीकरणमा तेस्रो डिभिजन र यसअन्तर्गतका सहायक शिविरमा गरी पाँच सय ८७ जनालाई अयोग्य ठहर गरिएको थियो । अयोग्यमध्ये ३६ जनाले भने एसएलसी दिएर मात्रै शिविर छाड्ने भएका छन् । बिदा भएकामध्ये ९१ जना महिला छन् 

त्यसैगरी चौथो डिभिजन

झ्याल्टुङडाँडामा अयोग्य ठहरिएका ६ सय २२ जनमुक्ति सेनामध्ये तीन सय ६१ जना बिदा भएका छन्

 । चौथो डिभिजनका तीन हजार ७८ लडाकुमध्ये अनमिनले ६ सय २२ जनालाई अयोग्य ठहराएको थियो । चौथो डिभिजनका चार सय २४ जना उमेर नपुगेका र एक सय ९८ जना पछि भर्ती भएका भन्दै अयोग्य ठहरिएका थिए 

संयुक्त राष्ट्रसंघको नेतृत्वमा सन् २००७ मा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका माओवादी सेनाका सदस्यको बिदाइका लागि सरकार, माओवादी र संयुक्त राष्ट्रसंघबीच कार्ययोजनामा हस्ताक्षर भएपछि ती लडाकुलाई फर्काउन थालिएको हो

 

चार हजारभन्दा बढी लडाकुको अनुगमन कस्तो बनाउने भन्नेबारेमा अनमिनले स्पष्ट पारेको छैन

 । 'ओएचसिआर, अनमिन र युनिसेफले अयोग्य लडाकुको बिदाइपछि अनुगमन गर्नेछ,' नेपालस्थित राष्ट्रसंघीय कार्यालयका प्रवक्ता मार्टी लोगनले बताए 

'हामी निकाल्छौँ तर शिविरबाहिर कुनै परिचालन गर्दैनौँ,' जनसेनाका प्रवक्ता बलदेवले भने, 'कस्तो संयन्त्र बनाएर लडाकुको अनुगमन गर्ने हो, त्यो अनमिनले गर्छ

 ।'

Subscribe to comments feed Comments (13 posted):

sona on 28/01/2010 03:53:06
avatar
unni haruko tesma kehi galti chaina galti ta Prachandha ra Babu Ram ko cha thiniharuko brain washe gare ra as terorist banaune Prachandha ho,as a master plane lai to be break and to be stand our court charge as killer.
Thumbs Up Thumbs Down
0
Pukar on 27/01/2010 05:37:19
avatar
Yaha bata niskera k bhayo ra YCL ta chadai cha ni
Thumbs Up Thumbs Down
0
H Gurung on 26/01/2010 17:22:30
avatar
I know separating from your friends is not an easy task. However you can take a lot of positives with you as well. You have learned a lot of things in the cantonment. Being a soldier is being a disciplined person, and a disciplined person is a good citizen. I congratulate you and wish you all departed a best of luck.
Thumbs Up Thumbs Down
1
suresh bhattarai on 26/01/2010 16:22:06
avatar
yo trening nai terroresm ko trening ho.yeti vaya nepal lai pugcha.
Thumbs Up Thumbs Down
0
shash on 26/01/2010 15:50:19
avatar
yi aayogya ladaku haru lai kati pida bhaya ko hola jagira bata bichhodida , tara yini haru le pani bhujhnu paryo ni kati babu aama haru roya holan jaba tini haru ko santan saga bichood garauda
Thumbs Up Thumbs Down
0
pulti on 26/01/2010 15:05:27
avatar
sarkar ta makha pareko cha ab dalal garna paine vhayo maobadiko sena baira gayo vhane ra
Thumbs Up Thumbs Down
-3
maan on 26/01/2010 15:04:10
avatar
sarkar le haina timra goru haru le dhoka diye ko ho.......yetro sama tha janta ko paisa ma moj gari halyo ne....
Thumbs Up Thumbs Down
-5
Bibash Nepali on 26/01/2010 12:17:53
avatar
Ke ta kamred hahu ho tapai haruko bhanai ko matlab tapai haru yudhabhogi nai ho ? yadi yo shakti lai sadupyoug nai gareko bhayapani shayad ............. thikai chha aaba samaya lai nai parkhanu parlasayad
Thumbs Up Thumbs Down
1
leing thapa on 26/01/2010 09:48:33
avatar
janasena sathi ho hami ladau nepali ra nepal ko hitko laghe ....tara aafno bekti gat swarthako laghe hoina ... hami nepali lae chahiyeko 6 bir nepali ..nepali janata lae chahiyeko 6ina aru ko samne dar cheruwa baner hidne yo des lae chahiyeko 6ina ... pahileka bir nepali le aangrez lae nepal pasna diyenan , biswama sima bhanda badhi devlop bhai sakeko 6 hamro desma bholiko laghe sochi hidne neta 6inan yeti thulo sakti sali desko bich ma 6 nepal ,,tesko barema sochne koe 6ina ahile yo desma ..hami nepali sabai ek jut bhayer bhabiseyko bato khojau .. hami nepali sadai arkako bharma bachne kam nagauu .arkako bhar ma bachne kam garyo bhane hami nepali ko nam nisana kaha rahne 6 hami nepali lae nai thaha bhai sakeko 6.. dina din nepal bhumi sano bhairaheko 6 ,,janasena sathi ho des bikasko laghi agaadi badau,desma santi ko bato khojau , sarbhara janata lae bhabisyeko ujyaloo ko bato sikau hai hami nepali sabai ek jut hau <HAMI NEPALI EK JUT HAU ARKA KO BHARMA NAUVIU AFNO LAGHI AFAI GARAU >
Thumbs Up Thumbs Down
1
Indra Dev Rai Pandhare now Mozambique on 26/01/2010 09:46:39
avatar
Ke garnu je jati kalaharu sike pani dhoke bajharule sabai arthahin banai halyo!Arule ta ayogya banaya banaya tara aafnai partyle pani homa ho milaya!Pahila ghar ghar bata ..garera lyauda yasto hun6ki bhanera kina sochiyana?Yasto abibeki nirnayale deshma griha yudda lyauna ber 6oina?Deshma gantantra aayako aabhash kahile paune ho?
Thumbs Up Thumbs Down
-4
kishore on 26/01/2010 08:10:21
avatar
wha skill its is just a brain wash by the prachanda and his gorilla fighter they lost the potentiality of the lilfe and the good experience of good citizen they are involved in terrorist activities and they are always behaves as a terroriest in the civil society in future also. people will do wha they learn any way
Thumbs Up Thumbs Down
0
कल्पित चन्द्र_बाग्लुङ on 26/01/2010 07:54:35
avatar
अयोग्ज्य लडाकु लाइ शिबिर बाट बहिरा निकाल्दै मा यो सरकार ले निकै ठुलो काम गरे भनेर गमक्क परे को छ । तर काम अझै धरै गर्न बाकी छ । उनि हरु लाइ बाकी जिबन यापन गर्ने सिप सिकायर समाजमा पुर्नस्थापना गर्न नसकियमा उनिहरु फेरी पहिलकै जस्तै ससत्र आन्दोलन मा लाग्न सक्छन । त्यसैले सरकर ले उनि हरु लाइ शिबिर बाट बाहिरा निकल्दै मा जिम्मेवारी मुक्क्ता हुना सक्दैन ।

कल्पित चन्द्र_बाग्लुङ
kalpitkhatri@ymail.com
Thumbs Up Thumbs Down
-2
santa tamang on 26/01/2010 06:28:51
avatar
kamret hosala rakhanu par6a sivir m nabaya pani desh bhitrata 6au ni sivir baihira batta pani tipurana sosak haru lai khelne chanash dinu hunna khabadari garnu par6a hi kamret
Thumbs Up Thumbs Down
0
total: 13 | displaying: 1 - 13

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?