Newsletter
Email:
Home | अन्तिम पृष्ठ | विपश्यनापछिकी सञ्चिता

विपश्यनापछिकी सञ्चिता

Font size: Decrease font Enlarge font
image

पहिला नायिका सञ्चिता लुइँटेल सानातिना, झिनामसिना कुराले पनि निकै तनावमा आउने गर्थिन् । उनको मुड अफ हुन कुनै ठूलो 'इस्यू' चाहिँदैनथ्यो । कसैले आफ्नो बारेमा छिसिक्क केही भन्यो भने पनि उनमा प|mस्टेसन सुरु भइहाल्थ्यो । 'तर, अचेल मलाई सानातिना त के 'ठूला' हल्लाले समेत रत्तिभर विचलित बनाउँदैन,' आत्मविश्वासका साथ सञ्चिता पोखिइन्, 'जीवनको सार के हो ? बाँच्नुको अर्थ के हो, मलाई हेक्का भइसकेको छ । सत्य र यथार्थलाई आत्मसात् गरी सरल तरिकाले बाँच्नुपर्छ भन्ने सिकेकी छु । त्यसकारण अचेल म हरदम खुसी रहने गर्छु ।'
सञ्चिताले जीवन र यसको सार तत्त्वका बारेमा यस्तो महाज्ञान कहाँबाट प्राप्त गरिन् होला ? कि त सपनामा भगवान्ले बुझाएछन् मानव चोलाको वास्तविकता ? 'होइन, होइन,' सञ्चिताले सबै अनुमानलाई पूर्ण रूपले नकार्दै भनिन्, 'यो सबै विपश्यनाको उपज हो ।' कतिवेला पुगिछन् त उनी विपश्यनामा ? 'अस्ति नै एकचोटि म हराएकी थिएँ नि,' सम्झाउने कोसिस गर्दै उनले भनिन्, 'जनवरी पहिलो हप्त्ाा हो क्यारे,' मतलब पुस तेस्रो सातातिर । हो, त्यतिवेला उनी एकाएक हराएकी थिइन् । उनको मोबाइल हरदम 'अफ' हुन्थ्यो । कहाँ गइन् उनी, उनको परिवारबाहेक अन्य कसैलाई सम्भवतः थाहा थियो । 'विपश्यना मेडिटेसन गर्न गएकी थिएँ । त्यहाँबाट फर्किएपछि नै मलाई कुनै कुराको टेन्सन लाग्न छोडेको हो ।' सञ्चिताले खुलाइन्, 'सुटिङबाट टाढा रही दस दिन विपश्यना शिविर बसेँ ।'
बूढानीलकण्ठस्थित धर्मश्री विपश्यनामा दस दिन ध्यानमग्न भएकी सञ्चितालाई यसबारेमा स्कुले जीवनमै कुनै साथीले बताएको थियो रे । 'त्यतिवेला सबै कुरा त बुझिनँ । तर, म धार्मिक प्रवृत्तिको भएकाले कुनै दिन त्यहाँ पुग्छु भन्ने भित्री इच्छा भने थियो ।' सुटिङबाट पाएको केही दिनको फुर्सदको सही सदुपयोग गरेको बताउँदै उनले भनिन्, 'म हरेक महिनाको अन्तिम शनिबार त्यहाँ पुग्ने गरेकी छु । फेरि एकपटक दसदिने शिविरमा बस्ने इच्छा छ । समयाभावका कारण नभ्याए पनि वर्षमा एकचोटि भने विपश्यनामा लीन हुने योजना छ मेरो ।'
विपश्यनामा बस्दा पञ्चशीलताको पालना आर्य मौन, जीवहत्या नगर्ने, माछामासु नखाने, ब्रह्मचार्यको पालना गर्ने, पूर्ण रूपले अनुशासित बन्ने लगायत बुद्धवचनको पालना गर्नुपर्छ । शारीरिक तथा मानसिक रूपमा स्वस्थ र स्वच्छ बन्नका लागि विपश्यना अति उत्तम उपाय भएको ठहर सञ्चिताको छ । बाहिरी दुनियाँबाट टाढा रही दस दिनसम्म दैनिक १२ घन्टा विपश्यनामा बसेकी सञ्चिता अचेल हरेक बिहान ५ बजे उठेर विपश्यनामा लीन हुने गरेको बताउँछिन् । 'ध्यान त मैले पहिला पनि गर्थँे । तर, त्यो नियममा निरन्तर थिएन । तर, अचेल एउटा निश्चित समयमा, निश्चित प्रक्रियामा बाँधिएर ध्यान गर्ने बानी बसेको छ ।' उनले भनिन्, 'सुटिङको व्यस्तता भयो भने पनि टाइम म्यानेज गरेर नियमित विपश्यना गर्ने गरेकी छु ।' आफ्नो शरीरको सासलाई आफँैले महसुस गर्ने साधना विपश्यनाले आफूलाई सधँै खुसी र तनावरहित बनाएको बताउँछिन् सञ्चिता ।
विपश्यना शिविरपछि आफूमा शारीरिक तथा मानसिक रूपले समेत भिन्नता आएको अनुभव गरेकी छिन् उनले । भनिन्, 'म अचेल आफूलाई संसारकै भाग्यमानी र खुुसी नारी ठान्छु । हरेक कुरामा म सन्तुष्ट छु ।'

Subscribe to comments feed Comments (5 posted):

raj on 24/01/2010 04:57:41
avatar
i like it's ur every think but before you too sexy right know you look like simple leadis why like this can i know thats bicause i love you if you don't love me also i realy love you if u assepet my love i gonna marry to depan to you if you gate time plz mail to me ok krazy4foraverloveu
this is my sweet mail addresh ok sweet heart don't forget to me ok
Thumbs Up Thumbs Down
0
Kushum USA on 24/01/2010 01:34:35
avatar
Good luck Sanchita jee.
Thumbs Up Thumbs Down
0
ram thapa on 23/01/2010 22:53:25
avatar
chode pachhi k garnu tani bichara 10 din ko gufa base pani po pahila akah khule ahile k garnu bicharaaaaaaaaaaaaaa
Thumbs Up Thumbs Down
1
on 23/01/2010 17:44:13
avatar
o great all the other heroines are being popular with sex but u r with devotional activities.......... god will help u my sister
America
Thumbs Up Thumbs Down
0
shash on 23/01/2010 17:24:28
avatar
pati tayag garera ek safal jeevan bata tadha bhaya pachhi k kura le tention hunchha ra?
Thumbs Up Thumbs Down
0
total: 5 | displaying: 1 - 5

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
5.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?