Newsletter
Email:
Home | कभरस्टोरी | के गर्दै छन् पञ्चायती प्रधानमन्त्रीहरू ?

के गर्दै छन् पञ्चायती प्रधानमन्त्रीहरू ?

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, ७ माघ

तालतालको जीवन बिताइरहेका छन् पञ्चायतकालका प्रधानमन्त्रीहरू । उनीहरू प्रायः राजनीतिबाट विरक्तिएका छन्, त्यसैले दिल बहलाउने लतमा लागेका छन् 

पञ्चायतकालका ६ प्रधानमन्त्रीमध्ये तीनजना मरिचमानसिंह श्रेष्ठ, कीर्तिनिधि विष्ट र तुलसी गिरी राजनीतिबाट पलायन भएका छन् भने लोकन्द्रबहादुर चन्द पनि राष्ट्रिय राजनीतिमा छैनन् । नगेन्द्रप्रसाद रिजालको मृत्यु भइसकेको छ । सूर्यबहादुर थापा मात्र सक्रिय राजनीतिमा छन् 

पञ्चायतकालीन प्रधानमन्त्रीमध्ये मरिचमानले धेरै वर्षसम्म कुखुरा फार्म चलाए । धापासीस्थित आफ्नै घरपरिसरमा उनको फार्म थियो । तर, प्रधानमन्त्रीमा जस्तै कुखुरा व्यवसायमा पनि असफल भएपछि उनले फार्म हटाएका छन् 

त्यसो त उनले खोलेको सेभ द नेसन पार्टीले पनि केही गर्न सकेन । त्यसैले सबै छोडेर उनी पुराना साथीहरूसँग कोठेगफमै सीमित छन् । कोठेगफमा पनि उनीहरूबीच कुनै योजना बन्दैन, बसिबियाँलो मात्रै हुन्छ 

साँझमा कहिलेकाहीँ दारु खाने मरिचमान चुरोट भने निरन्तर पिइरहन्छन्, चिया पनि पिइरहन्छन् । 'चुरोट छाड्नैपर्‍यो भनेर डाक्टरले पटक-पटक भने, तर के गरौँ, छोड्नै सक्दिनँ,' उनले नयाँ पत्रिकासित भने 

स्वास्थ्यप्रति उति उदासीन भने उनी होइनन् । 'म त योगा गर्छु, रामदेवको योगाले निक्कै फाइदा पनि भएको छ,' उनले भने । बाँकी समयमा उनी पत्रपत्रिका पढ्छन्, टेलिभिजन हेर्छन् 

सूर्यबहादुर थापा पनि ८४ वर्षका भए, तर समकालीनहरूभन्दा उनी बढी फूर्तिला र सक्रिय छन् । उनको खाना खाने स्टाइल पनि गजबको छ । 'वरिपरि आठ/दसजना कार्यकर्ताको मण्डली राख्ने र गफ गर्दै खाने उहाँको बानी छ, कार्यकर्ता चिया पिउँछन्, उहाँ -थापा) रमाइलो गर्दै खानुहुन्छ,' राप्रपा नेता खेमराज पण्डित भन्छन् । पण्डित पनि कुनैवेला थापाको खानामण्डलीका सदस्य थिए 

खाना खाँदा थापा कार्यकर्ताहरूसँग राजनीतिक ठट्टा गर्छन् । 'व्यंग्य गर्दै मनोरञ्जन गर्ने र त्यही लयमा खाना खाने उहाँको अनौठो बानी छ,' पण्डितले भने 

जनशक्ति अध्यक्षसमेत रहेका थापा भने राजनीतिक भेटघाट र छलफलमै समय बिताउँछन् । उनी प्रायः हरेक दिन बिहान साढे चार बजे ब्युँझन्छन् र ओछ्यानबाट निस्केपछि करिब एक घन्टा घरको कम्पाउन्डवरिपरि मर्निङवाक गर्छन् 

'मर्निङवाक'लगत्तै थापा आफ्नै घरसँगै जोडिएको कान्छीबहिनीको घरमा गएर चिया पिउँछन् । बहिनीको घरैमा पत्रपत्रिका पढ्छन् र टेलिभिजन हेर्छन् 

बहिनीको घरबाट फर्केपछि साढे एघार-बाह्र बजेतिर खाना खान्छन् । खाना खाइसकेपछि करिब एक घन्टा सुत्छन् । उठेपछि राजनीतिक कार्यक्रममा सहभागी हुन्छन् 

उनलाई भने सरकारले स्कर्टिङसहितको सुरक्षा दिएको छ । कृष्ण सिटौला गृहमन्त्री भएको वेलादेखि यस्तो सुविधा दिन थालिएको हो 

लोकेन्द्रबहादुर चन्दले राजनीतिकभन्दा धार्मिक कार्यक्रममा बढी चासो राख्न थालेका छन् । उनी बिहान कम्तीमा एक घन्टा पूजाआजा गर्छन् भने जोगीहरूको कार्यक्रम र संगतमा बढी नै सहभागी हुन्छन् 

उनी राप्रपा संसदीय दलका नेता हुन्, तर राजनीतिक कार्यक्रममा खासै देखिँदैनन् । 'उहाँ धार्मिक कार्यक्रमतिर निकै आकषिर्त हुन थाल्नुभएको छ,' छोरा जयन्त चन्दले भने । जयन्त पनि राप्रपाका केन्द्रीय सदस्य हुन् 

अब राजनीतिबाट सन्न्यासै लिएर धार्मिक गतिविधिमै लीन हुने सोचाइ बनाएका छन् । 'राजनीतिबाट सन्न्यास लिने सोचाइ बनाएको छु, तर अझै घोषणा भने गरिहालेको छैन,' चन्दले भने 

सरकारप्रति चन्दको गुनासो पनि धेरै छ । सरकारले आर्थिक व्यवस्था गरिदिएन, सुरक्षामा पनि चासो दिएन भन्ने उनको गुनासो छ । 'पूर्वप्रधानमन्त्रीले आयआर्जनको काम गर्न सक्दैनन्, त्यसैले सरकारले जीवननिर्वाहको जिम्मा लिनुपर्छ,' उनले भने । अन्य देशमा पनि यस्तो चलन भएकोले नेपालमा पनि लागू गर्नुपर्ने उनको तर्क छ 

७० वषर्ीय चन्द पञ्चायतकालमा दुईपटक र संसदीयकालमा दुईपटक प्रधानमन्त्री भएका हुन् । तर, अहिले हेपिएको महसुस गर्छन् । 'हामी त अपांगजस्तै भयौँ । केही गर्न सक्दैनौँ । अनि कसरी जीवनयापन गर्ने ?' चन्दले प्रश्न गरे, 'देशका लागि हामीले गरेको लगानीको मूल्यांकन खोइ ?'

पूर्वप्रधानमन्त्रीमध्ये पनि थापाको सुरक्षाका लागि 'स्कर्टिङ' छ । चन्द, विष्ट, गिरी र सिंहलाई त्यस्तो व्यवस्था छैन । त्यसमा पनि चन्दको गुनासो छ । 'पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाको जिम्मा त राज्यले लिनुपर्ने हो, तर यहाँ त अनुरोध गर्दा पनि पाइएको छैन,' उनले भने । कृष्ण सिटौला गृहमन्त्री भएको वेला फोन गरेर स्कर्टिङ पठाइदिन्छु भनेको तर कहिल्यै नपठाएको पनि उनले बताए 

आठ महिनाअघि मण्डिखाटारमा घर किनेरै बसेका डा. तुलसी गिरी मिडियाको सम्पर्कमा आउनै चाहँदैनन् । शाहीकालीन मन्त्री टंक ढकालको सहयोगमा नयाँ पत्रिकासँग सम्पर्कमा आएका गिरीले सुरुमा सरकारसँग आक्रोश पोखे । उनलाई पनि चिन्ता सुरक्षाकै रहेछ । 'के हामी पूर्वप्रधानमन्त्री होइनौँ ? राज्यका लागि गिरिजाप्रसाद कोइराला र म बरारबर हौँ,' उनले भने, 'तर यो भेदभाव किन ? सरकारले अझै पनि सक्छ भने गिरिजाप्रसाद कोइरालालाई दिएको सुविधा र सुरक्षा मलाई पनि देओस् ।'

श्रीमती सहाना योञ्जनसँग बस्दै आएका डा. गिरी अब भारत नजाने बताउँछन् । 'म किन भारत जाने ? नेपालमै बस्छु,' गिरी भन्छन् 

राजाको प्रत्यक्ष शासनमा उपाध्यक्ष बनाउन उनलाई बेंग्लोरबाट बोलाइएको थियो । पञ्चायतकालमा पनि उनी ०३० देखि ०३२ सम्म प्रधानमन्त्री भएका थिए । तर, राजतन्त्र जोगाउने उनको पछिल्लो प्रयास असफल भयो । 'राजा आफैंले खुट्टा कमाए, हामीले थेगेर के गर्नु ?' उनी कोठेगफमा यस्तै प्रतिक्रिया दिन्छन् । गफमा शाहीकालीन मन्त्री र पूर्वअञ्चलाधीशहरू पनि हुन्छन् । शाहीकालीन मन्त्रीहरूमा पनि टंक ढकाल गिरीका सबैभन्दा नजिकका मान्छे हुन् 

तर, सार्वजनिक कार्यक्रममा भने गिरी कतै देखिँदैनन् । पूर्वराजासँग पनि उनको भेट हुँदैन 

८५ वर्षका गिरीको बिहान उठ्नेबित्तिकै व्यायाम, योगा गर्ने र पत्रपत्रिका पढ्ने बानी छ । निकट स्रोतका अनुसार मण्डिखाटारको घर बेचेर बुढानीलकण्ठमा किन्ने तयारी भइरहेको छ 

पञ्चायतका अर्का प्रधानमन्त्री कीर्तिनिधि विष्ट त नामी जुवाडे हुन् । 'पार्टनर' पाउनेबित्तिकै उनी जुवामा नारिन्छन् । देवकीनन्दन सुरेखा उनका 'पार्टनर' हुन् । एक जमानामा पूर्वअञ्चलाधीश जनकबहादुर शाह उनका 'पार्टनर' थिए । 'अहिले पार्टनर घटे, उमेर बढ्यो, त्यसैले खेल पनि कम भएको छ,' उनको पारिवारिक स्रोतले भन्यो 

विष्ट अहिले पनि हरेक दिन 'मर्निङवाक' गर्छन् । ज्ञानेश्वरबाट रातोपुल, गौशाला हुँदै पशुपति मन्दिर पुगेर र्फकंदा उनलाई डेढ घन्टाजति लाग्छ 

८४ वषर्ीय विष्ट बूढो भएकाले राजनीतिबाट टाढिएको बताउँछन् । 'यो उमेरमा म के गर्न सक्छु र ? तैपनि आफ्ना विचार त व्यक्त गरिरहेको छु,' उनले भने । पेटको क्यान्सरबाट पीडित उनी केही समयअघि मात्र घर फर्किएका हुन्, उनको औषधि चलिरहेको छ 

सुरक्षा र सुविधा नदिएकोमा विष्ट पनि सरकारसँग आक्रोशित छन् । 'हामीलाई जस्तो विभेद र अन्याय तपाईंले कहीँ देख्नुभएको छ ? पञ्चायतकालका प्रधानमन्त्री भनेर यस्तो विभेद गरिएको हो, तर प्रधानमन्त्री त प्रधानमन्त्री नै हो नि,' उनको भनाइ छ 

फरक-फरक प्रधानमन्त्रीलाई फरक-फरक सुविधा

पञ्चायतकालीन प्रधानमन्त्रीलाई राज्यले फरक-फरक सुविधा दिएको छ । पाँचजना पूर्वप्रधानमन्त्रीमध्ये सूर्यबहादुर थापाले बहुदलकालीन प्रधानमन्त्रीसरह सुविधा पाएका छन् भने अरूले पाएका छैनन् 

सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले सरकारी गाडी र गाडीका लागि तेल सुविधा पाएका छन् । यी दुई प्रधानमन्त्रीलाई सरकारले सुरक्षाको व्यवस्था गरेको छ । थापाका सुरक्षाकर्मीको गाडीका लागि महिनाको सय लिटर थप तेल उपलब्ध गराइन्छ । तर, थापालाई स्कर्टिङको सुविधा छ भने चन्दलाई त्यो सुविधा छैन 

पञ्चायतकालीन दुईजना प्रधानमन्त्री कीर्तिनिधि विष्ट र तुलसी गिरीले राज्यबाट गाडी र सुरक्षाकर्मी केही पनि पाएका छैनन् । मरिचमान सिंहको सुरक्षाका लागि भने असईको नेतृत्वमा चारजना प्रहरी खटाइएको छ । उनलाई अन्य कुनै सुविधा छैन

मन्त्रिपरिषद्को १६ मंसिरको बैठकले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीको सुरक्षा तथा सुविधाको व्यवस्था गर्न गृहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदलले काम सकेको छैन 

गृह मन्त्रालयको शान्ति-सुरक्षा शाखाका उपसचिव एकमनि नेपाल पूर्वप्रधानमन्त्रीहरूले सुरक्षाको माग गरे वा उनीहरूप्रति खतरा रहेको सूचना पाएको अवस्थामा गृह मन्त्रालयले सुरक्षा दिने बताउँछन् । 'तर सुरक्षा चाहियो भने त उनीहरूले पनि माग गर्नुपर्‍यो नि,' नेपाल भने 

सुरक्षाको स्थिति हेरेर फरक-फरक व्यक्तिलाई फरक-फरक सुरक्षा दिनु स्वाभाविक रहेको उनको भनाइ छ । ०४६ सालपछिका सबै प्रधानमन्त्रीलाई सुरक्षा दिइएको तर त्यसअघिकालाई अवस्था हेरेर मात्र व्यवस्था गर्ने उनले बताए 

Subscribe to comments feed Comments (11 posted):

rimal on 27/01/2010 01:26:47
avatar
yeha raja ko kura nikalne salefataha ho timra bauko ganatantra le desh lai k dina shakyo ,kehi sakena matra jat ra jatiyata lai mukhya banaudai desh tukraune bidhi matrai tyo bhanda ta raj a nai thyi aauta ukhanai cha ni sayyou musa bhanda aauta bag dwara rajya sanchalan hunu nasi thik.
Thumbs Up Thumbs Down
0
Bibash Nepali on 23/01/2010 05:44:06
avatar
............Lokendra ji tapai pani royako bharhari hoina tapai ko chhorako aarbau rin ........... madhav le menah garna seepharis gareko napatya nayapatrika hai sodnos na
Thumbs Up Thumbs Down
0
syanjali on 22/01/2010 18:22:20
avatar
syal le k k jati jharla ra khaula bhane jastai Raja feri aaulan ra feri moj masti garaula bhaner diwa swapna dekheka holan.
Thumbs Up Thumbs Down
0
Lal Prasad Adhikari on 22/01/2010 18:07:22
avatar
Patak patak Pm Vaya ka chor haru lai ke ko Sarkari Subidha kamauna sakne jati ta belaima kamaisake ka chan ni ,Des ra jana ta lai garib banaune bahudal ko mag garda goli le vutne ani aahile subidaha cahhiyo vanera karaune saram lagdaina chor ho timiharu lai ta ratnapark ma lyara goli hannu parne ho yo hutihara sarkar le ta jhan vatta ra subidha po dela jasto chha ta .
Thumbs Up Thumbs Down
0
jyoti on 22/01/2010 17:44:29
avatar
hoina ho 6 6 monthma ministar change bhairakhne ho bhane sarkarle katijanako bharanposana garne?deshlai sarkarma hudapani lutne ra bahirahudapani ?
Thumbs Up Thumbs Down
0
Awataree on 22/01/2010 13:25:49
avatar
मेरो विचारमा यी बिष्णु अवातर प्रेमी भू. पु. हरुलाई भत्ता हैन बरु सजाय दिन पर्ने| देशलाइ चुस्न सम्म चुसे| ऐले आएर आफुलाई पिडीत भन्ने? बी पी लाइ फाँसी दिन उक्साउने कसको प्र म कालमा भएको थियो? यज्ञ बहादुर र दुर्गालाल लाइ फाँसी दिंदा को थिए प्र. म.? कसको आदेशमा प्रजातन्त्रको माग गर्ने जनतालाई गोलि चलाए सेनाले? छ पल्ट प्र म भएर पनि किन देशलाई
अझ गरिब बनाए यी प्र म ले? आफुले नखाएको जस्तो गरेर आफ्नो नाता र बन्धुलाइ पोषाए| यस्ताहरुलाई किन भत्ता दिने? गिरिजाले महिनाको ९० हजार लि रहेका छन्, किन?
किन? भोलि दुइ ठाउमा हारेका माधव नेपालले पनि त्यहिँ गर्नेछन, मुखले जनताको सेवा गर्छु भनेर तम्सेका प्रचण्ड ले पनि भोलि थापामुखी र गिरिजा भोगी बाटो अपनाएर जनतालाई खाडलमा हाल्नेछन| हामीले यी प्रश्न हरुको जवाफ पाउन पर्छ| यी भू पु हरुले आफु प्रधान
मन्त्रि हुँदा आफ्नु परिवार, नाता र बन्धुहरुलाई जागिर र व्यवसायमा हालेका छन् सरकारी खर्चमा, हेर्न दिनुस उनीहरुलाई|
Thumbs Up Thumbs Down
1
Firoz Chand on 22/01/2010 10:35:27
avatar
Ti Desh Dubaune ra afu tatha afanta motaune kam garne lai k ko suraksha. Tini haru le afu pradhan mantri hunda ja jasko lagi gareka thiya tesai sanga magna j chahiya pani. Desh lai Vir Bata Khasanle Ani timiharu jasta kuttaharu lai aba rajya le ke dine. Time Haru le Desh lai k Diyeka thiyau ra ahile Desh sanga magchhau Kukur Haru.
Thumbs Up Thumbs Down
0
Indra Dev Rai Pandhare now Mozambique on 22/01/2010 09:43:43
avatar
Yaslai nai bhan6n samaya balawan hun6 bhanera?Afno samayama raja pa6iko shanle deshma dhali muhali gari halyo.Aba ke garnu ra kal parkhyo basyo.Auta kura achammko 6 padma huda po u thulo man6e ho ta pad bata hati sakep6i keko chahiyo security?Bhanna chahi yaha kohi pani mananiya ra..6oina bhanne ani byabahar chahi tyahi..kalkai jasto ho bhane,janatale kasari mahasus garne deshma ganatantra aayako bhanera?
Thumbs Up Thumbs Down
0
Apsara, Ranjitaa, Rani on 22/01/2010 06:29:43
avatar
Kati Pagal hoo Patraakaar pani. Bahudall aaisakdaa pani, Panchhee vanni. Testai hoo vani ta 2046 saal vandaa aagaadi Mantri huni, ra Sabai Neetaa haru Panchyee vayee.
Poor Jornalist.
Paakhyee Journalist. Kehi pani najaani, Ekkmuthii choorna ko laagi kati nai Nauloo jasto grera lekhni, But Worng.
Thumbs Up Thumbs Down
-2
Dibesh on 22/01/2010 05:54:06
avatar
Marne belaa ma hariyo kaakro
Thumbs Up Thumbs Down
0
Ramji Balami,rbalami2008@gmail.com on 22/01/2010 04:47:44
avatar
Sarkar le bived garnu bhayanaarko kura tanna kamayako paisale aafno private sur6a guard rakhnu par6,muluk lai matra dubaune khel khelera hunachha ?
Thumbs Up Thumbs Down
-1
total: 11 | displaying: 1 - 11

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
2.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?