Newsletter
Email:
Home | कभरस्टोरी | कोइराला सक्रिय

कोइराला सक्रिय

Font size: Decrease font Enlarge font
image

नयाँ पत्रिका

काठमाडौं, ६ माघ

उच्चस्तरीय संयन्त्र गठनपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक सक्रियता बढेको छ । चिकित्सकको सल्लाहविपरीत कोइराला राजनीतिक भेटघाट र उठबसमा सक्रिय हुन थालेका हुन् 

सरकार सञ्चालन र संविधान निर्माणमा सघाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव गर्दै आएका कांग्रेस सभापति कोइरालाकै संयोजकत्वमा २४ पुसमा उच्चस्तरीय संयन्त्र गठन भएको थियो 

क्रोनिक ब्रोङ्काइटिस रोगबाट पीडित कोइरालालाई चिकित्सकले भने स्वास्थ्य र उमेरका कारण 'सक्रिय नहुन' सल्लाह दिएका छन् । तर, त्यसविपरीत उनी राजनीतिक तथा कूटनीतिक भेटघाटमा व्यस्त हुन थालेका छन् । शान्तिप्रक्रिया र संविधान निर्माणप्रति चिन्तित रहेकाले उनको सक्रियता बढेको कोइरालाका विदेश मामिला सल्लाहकार डा. सुरेश चालिसेले बताए । 'उच्चस्तरीय संयन्त्र गठनपछि उहाँ निकै व्यस्त हुनुभएको छ,' चालिसेले नयाँ पत्रिकासँग भने । पछिल्ला दिनमा कोइराला सार्वजनिक समारोहमा भने देखिएका छैनन् । नियमित औषधि सेवन गरिरहेका उनलाई चिकित्सकले पूर्ण रूपमा बेडरेस्टमा रहन सल्लाह दिएका छन् 

उपचारका क्रममा दुई साता लामो सिंगापुर बसाइ सकेर ७ मंसिरमा काठमाडौं र्फकेका कोइरालाले पुसको अन्तिम साताबाट राजनीतिक भेटघाट तीव्र पारेका हुन् । कोइरालाले यसबीचमा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष झलनाथ खनाल र केही विदेशी कूटनीतिज्ञका साथै विशिष्ट अवस्थामा मात्र पार्टीका केही पदाधिकारीलाई भेट्ने गरेका थिए । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलासँग मात्र उनी नियमित कुराकानी गर्थे 

पछिल्लो एक सातामा कोइरालाले कूटनीतिक नियोगका प्रमुखहरू र उनलाई भेट्न निवास आएका पार्टीका नेताहरूसँग पनि भेटघाट गरेका छन् 

कोइरालाले २७ पुसमा नेपालका लागि नर्वेका राजदूत तथा पूर्वराजदूतसँग भेटवार्ता गरेका थिए । कोइरालासँगको भेटमा राजदूतले उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएकोमा खुसी साटेका थिए । २८ पुसमा जिल्ला भ्रमणबाट र्फकेका पार्टीका कार्यवाहक सभापति सुशील कोइरालाले सभापतिसँग भेटघाट गरेका थिए । सुशीलसँग कोइरालाले जिल्लाको राजनीतिक अवस्था र उच्चस्तरीय संयन्त्रको विषयमा कुराकानी गरेका थिए 

त्यसैगरी कोइरालाले २९ पुसमा एमाले अध्यक्ष खनालसँग आफ्नै निवासमा झन्डै २५ मिनेट लामो भेट गरेका थिए । उच्चस्तरीय संयन्त्रका विषयमा अन्य दल र पार्टीभित्रैबाट विरोध भएपछि दुई नेताबीच प्रधानमन्त्रीसहित अन्य दलका नेतालाई संयन्त्रमा राख्नेबारे छलफल भएको थियो । ३० पुसमा उनले सोही विषयमा एकीकृत माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । बिहान ८ बजेपछि प्रचण्ड र कोइरालाबीच ४५ मिनेट लामो कुराकानी भएको थियो । सोही दिन उनले नेपालका लागि बंगलादेशका राजदूत, पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा, केही पूर्वसचिव, स्वास्थ्यमन्त्री र बिएल शर्मासँग भेटेका थिए 

त्यस्तै, कोइरालाले १ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग पछिल्लो राजनीतिक अवस्था र उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गरेका थिए । राप्रपा अध्यक्षले संयन्त्रका संयोजक रहेका कोइरालालाई साना राजनीतिक दललाई पनि संयन्त्रमा सहभागी गराउन माग गरेका थिए 

सोही दिन युरोपेली संघका सदस्यराष्ट्र फिनल्यान्ड, डेनमार्क, प|mान्स, जर्मनी र बेलायतका राजदूतहरूले कोइरालाको भेट पाएका थिए । उनीहरूले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई स्वागत गर्दै कोइरालालाई शान्तिप्रक्रियालाई निष्कर्ष दिन आग्रह गरेको सुरेश चालिसेले जानकारी दिए । राजदूतहरूसँग कोइरालाले संयुक्त राष्ट्रसंघका महासचिवले नेपालको शान्तिप्रक्रियाबारे गरेको टिप्पणीको आलोचना गरेका थिए 

सभापति कोइरालाले २ माघमा पार्टीका नेता तथा कार्यकर्तालाई भेट दिए । सोही दिन उनीसँग भारतीय विदेशमन्त्रीको टोलीले भेट गरेको थियो । त्यसक्रममा कोइरालाले शान्तिप्रक्रियालाई निष्कर्ष दिन भारत सरकारको थप सहयोगको अपेक्षा व्यक्त गरेका थिए । ४ माघमा कोइरालाले पार्टीका वरिष्ठ नेता देउवा, पार्टीका तर्फबाट सरकारमा सहभागी केही मन्त्रीका साथै पार्टीका अन्य नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । कोइरालाले हालै सम्पन्न नेपाल बारका नवनिर्वाचित कार्यसमितिका सदस्यसँग समेत सोही दिन भेटघाट गरे 

५ माघमा उनकै निवासमा उच्चस्तरीय राजनीतिक संयन्त्रको पहिलो बैठक बसेको थियो । सो बैठकमा संयन्त्रका सदस्यका साथै प्रधानमन्त्री र विभिन्न नेता सहभागी थिए । कोइरालाले शान्ति, स्थायित्व र संविधान निर्माणलाई संयन्त्रले मूल एजेन्डा बनाएर काम गर्नुपर्ने भन्दै माओवादीलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । उनले शान्तिप्रक्रियालाई निष्कर्ष दिन, समयमा संविधान निर्माण र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै त्यसलाई स्थायित्व दिन सबैको सहयोगका लागि आह्वानसमेत गरेका थिए 

कोइरालाले समय अत्यन्त कम रहेको भन्दै प्रमुख तीन एजेन्डाबाट विषयान्तर भए लक्ष्यमा पुग्न नसकिने दाबी गरेका थिए 

नेता कोइरालाले ६ माघमा दक्षिण तथा मध्यएसियाली मामिला अमेरिकी प्रमुख उपसहायक विदेशमन्त्री पेटि्रक मुनसँग भेट गरेका छन् । भेटमा उनले सेना समायोजन प्रक्रियालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएको चालिसेले बताए 

Subscribe to comments feed Comments (10 posted):

Kaji Sab on 22/01/2010 08:03:43
avatar
You are great GP Babu. Without your support and strong leadership this new constitution will not be ready on time. So please go ahead. I pray for your good health.
Thumbs Up Thumbs Down
0
Desh Premi on 22/01/2010 03:53:45
avatar
Girija desh ko ek matra saktisali neta ho...girija lai gali garne manchhe murkha ho...!!!
Thumbs Up Thumbs Down
0
Loknath timsina on 22/01/2010 00:58:27
avatar
thats very good
Thumbs Up Thumbs Down
0
narad ghimire on 21/01/2010 21:31:21
avatar
its ok.congratulation to him.but be careful all of u who are in secondline of Nc.specially like Gagan Thapa. guru ghimire and all student leaders.
Thumbs Up Thumbs Down
0
Gunjan Luitel, USA on 21/01/2010 19:21:55
avatar
My salute to the greatest leader of the nation. May Lord provide you a good health to save the nation. God Bless.
Thumbs Up Thumbs Down
0
jacky on 21/01/2010 18:21:05
avatar
when girija will be die than country will be go right way all of nepali people want to wish u girija fast go in up for rest
Thumbs Up Thumbs Down
0
khem on 21/01/2010 14:37:24
avatar
Unless he dies, there will be political turmoil in the country.
Thumbs Up Thumbs Down
0
Indra Dev Rai Pandhare now Mozambique on 21/01/2010 10:14:34
avatar
Bdhai 6 Koirala babu jasko ragatma pustouli rajnitiko 6ap 6 tyasaile Dr.ko sujhablai pani parbaha nagari deshko lagi khatdai 6,yo shahasko mati pani ramari mulyankan hun6.Deshlai hakne sabai sarathiko umerjati ta koiralale rajnitima nai bitayako 6ni?Deshko halat damadol banaunelai sudhrne mouka ho yo?Auta kura pani hamile nabhulda nai ramro hun6.Arule 10 patak boleko ra Girijale 1 patak khokeko barabar ho,uslai praya sabai international support pani 6.
Thumbs Up Thumbs Down
1
sajan rai on 21/01/2010 04:44:58
avatar
aba koiralako sakriyatale khi par lagdaina uhale aba ma nia sakriya bhayera lagchhu bhannu hunchha tara deshle khi paribartan lyaune haina baru auta kura bhane 115% nai paribartan bhayo tyo ho uhale aphno putri sujatalai sadak bata uthayera upa pradhanmantri banai dinu bhayo uhakosakriyatako upalabdhi yahi matra ho.aba pani puna sakriya huda sujata katai PM nai hunchhin ki ta.
Thumbs Up Thumbs Down
-1
sanskrit prof. on 21/01/2010 03:35:10
avatar
Ye ho ra Girija babu feri sakriya. Chhori lai kun mantri banaune bichar ma sakriya hunu vayeko hola ni??? Yo Girija le Des tahas nahas banayo yo budo lai kina kal nayayeko hola....
Thumbs Up Thumbs Down
0
total: 10 | displaying: 1 - 10

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?