Newsletter
Email:
Home | मोफसल | आपराधिक गिरोह पक्राउ

आपराधिक गिरोह पक्राउ

Font size: Decrease font Enlarge font
image

भैरहवा, ४ माघ  : रुपन्देहीका विभिन्न स्थानमा आपराधिक क्रियाकलापमा संलग्न चार भारतीयसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरण गरी फिरौती लिने र लुटपाटमा संलग्नलाई जिल्ला  प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका- १ का नुरुद्दिन पठान, भारत महाराजगन्ज सुनौली बस्ने चिन्का तेली, सोही ठाउँका साहबुद्दिन तेली र दिलसाद मुसलमान तथा भारत नौतनवाका बिन्द सिंह रहेका छन् । उनीहरूले सिद्धार्थनगर नगरपालिका- १ निवासी इस्त्याक अहमद खानका नातेदारलाई अपहरण गरी ५० करोड फिरौती मागेका थिए । फिरौती नपाएपछि इस्त्याकका आफन्तलाई गोली प्रहार गरी घाइते बनाएका थिए ।
त्यसैगरी, प्रहरीले मानव बेचबिखन तथा ओसार-पसारमा संलग्न बुटवल बस्ने मनु राणा र सानुमाया शाहीलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।
बुटवल-४ मा डेरा गरी बस्ने १७ वषर्ीया निता पुन, १४ वषरीया गीता थापा र रुपन्देही दुधराक्षकी १५ वषर्ीया कविता थापालाई ललाई-फकाई लैजान लागेको अवस्थामा ती दुवै पक्राउ परेका थिए । बेलहियाबाट पीडित र पीडकलाई पुस ३० गते पक्राउ गरिएको प्रहरी उपरीक्षक छविलाल बन्जाडे जोशीले बताए ।
त्यस्तै, मोटरसाइकल चोरीमा संलग्न रहेका चितवन मुग्लिन घर भएका टेकबहादुर थापा, पाल्पाका शिव थापा, बुटवल बेलबासका प्रवीण थापालाई पनि सार्वजनिक गरिएकोे छ । उनीहरूले बुटवलबाट लु.५प२५१७ स्टार टिभिएस, लु.४प८९९१ होन्डा युनिकर्न र विना नम्बरकोे यामाहा एफ जेड मोटरसाइकल चोरी गरेका थिए । विशेष सुराकीका आधारमा उनीहरूलाई मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

Subscribe to comments feed Comments (1 posted):

Nandu on 19/01/2010 08:53:25
avatar
some of them should be encounterred so that thier rest team may scared to do the same.Thanks
Thumbs Up Thumbs Down
0
total: 1 | displaying: 1 - 1

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?