Newsletter
Email:
Home | अन्तिम पृष्ठ | दिल दुख्दाको त्यो दिन...

दिल दुख्दाको त्यो दिन...

Font size: Decrease font Enlarge font
image

मेरो जीवनको सबभन्दा दुःखद घटना ०६४ को पुसमा घटेको थियो । त्यस दिन पाटन अस्पतालमा मेरी हजुरआमाको निधन भयो । त्यो दिन मेरो जिन्दगीको सबभन्दा पीडादायी दिन थियो । मलाई सबथोक गुमाएजस्तो लागेको थियो । त्यस दिनजति जिन्दगीमा म कहिल्यै रोएको थिइनँ । त्यसअघि कसैको निधनको दुःखको सामना नगरेकाले पनि हुनसक्छ, मलाई त्यति धेरै पीडा भएको । हुन त सुरुको पीडाले पछिका पीडालाई कम गर्दै जान्छ भन्छन् ।

हजुरआमाको मृत्युपछि केही समय घरभित्रै बसेँ । साथीभाइलाई भेटिनँ । मृत्यु शाश्वत सत्य हो भनेर चित्त बुझाउने काम गर्थेँ । पछि साथीभाइसँग भेटघाट हँुदै गएपछि हजुरआमाको शोकको पीडा कम भएर गयो । मैले आफ्नो बिहेखर्च हजुरआमाको सम्झनामा पाटन अस्पतालको आइसियुको सुविधा वृद्धिका लागि अनुदान दिएको थिएँ ।

गगन थापा, युवा नेता

प्रचण्डसँग नाचेपछि मेरा बारेमा गरिएका टीका-टिपप्णीले मेरो दिल साह्रै दुखायो । एउटा कलाकार जुनसुकै पार्टी वा समूहको कार्यक्रममा गएर नाच्न, गाउन सक्छ । तर, मलाई माओवादीको कार्यक्रममा नाच्दा रेखा थापा माओवादी भई भनेर टिप्पणी गरियो । यस्तो टिप्पणीले मेरो मन यति दुख्यो कि म धेरै रोएँ । राजनीतिक दलका नेता र मेरै कलाकार साथीहरूले मेरा बारेमा नराम्रा टिप्पणी गरे । भोलि के हुन्छ थाहा छैन, तर आज रेखा थापा माओवादी होइन, कलाकारमात्रै हुन् । त्यसवेला मलाई पत्रकार साथीहरूले सहयोग गर्नुभयो । उहाँहरूको सहयोगले मेरो पीडालाई कम गर्ने काम गर्‍यो ।

रेखा थापा, नायिका

मेरा पिताजी टीकाराम भट्टराईको निधन भएको दिन मेरो जीवनको सबभन्दा पीडादायी दिन थियो । २ कात्तिक ०३२ मा उहाँको निधन भयो । आर्थिक रूपमा हामी अत्यन्त कमजोर थियाँै । हाम्रो संस्कारमा मरेपछि मृतकको छातीमा चामल राख्ने र बाटोमा भुटेको धान छर्ने चलन छ । तर, घरमा मृत्युसंस्कारमा चाहिने अलिकति धान र चामल थिएन । अलिकति चामल र धान साहुकहाँबाट मागरे ल्याउनु पर्दा साह्रै दुखेको थियो मेरो दिल । पिताजीको लासछेउमा रुँदै बसिरहेको वेला मलाई मेरा एकजना आफन्तले 'क-कसको ऋण छ, तिमीलाई थाहा छ ?' भनेर सोध्नुभयो । उहाँले त्यसो भन्नासाथ गाउँको एकजना धनीमान्छेले 'मलाई तिम्रा बाले दुई सय तिर्नु छ, कहिले दिने ?' भन्यो । त्यसले त्यसोभन्दा मलाई धेरै पीडा भएको थियो ।

कृष्ण धराबासी, साहित्यकार

तत्कालीन राजा वीरेन्द्रको वंशै नष्ट हुनेगरी २९ जेठ ०५८ मा भएको दरबार हत्याकाण्डले मलाई साह्रै रुवाएको थियो । वीरेन्द्रको स-परिवारको हत्या भएको समाचार सुनेपछि मैले मन थाम्न सकिनँ । त्यस दिन म धेरै रोएँ । अकल्पनीय त्यस घटनामा दुखेको दिललाई शान्त पार्न रुनुबाहेक विकल्प थिएन । मेरो मात्रै होइन, दुई करोड नेपालीको मन दुखेको थियो भन्ने मलाई लाग्छ । तर, के गर्नु ? जति पीडा भए पनि त्यस्ता पीडालाई भुल्नुपर्ने रहेछ । मैले पनि बिस्तारै भुल्दै गएँ । त्यो दिन सम्भिmँदा अहिले पनि मन भारी भएर आउँछ ।

भुवन केसी, नायक

तेह्रथुममा जन्मिए पनि बाल्यकाल पाँचथरमा बित्यो । ०२७ मा एसएलसी पास गरे पनि आर्थिक कारणले म क्याम्पस जान नपाउने भएँ । क्याम्पस जान नपाएपछि भुटानतिर पैसा कमाउन जाने निणर्य गरँे । एसएलसी पास गरेका सँगैका साथीहरू क्याम्पस जान थाले, तर आफूचाहिँ पैसा कमाउन भुटानतिर लागेँ । त्यसवेला मलाई साह्रै नमिठो अनुभूति भयो । अब पढ्न पाउँछु कि पाउँदिन भन्ने कुरालेे मलाई साह्रै पिरोल्थ्यो । जति नमिठो अनुभूति भए पनि भुटानबाट पैसा कमाएर ल्याएपछि पढ्छु भन्ने अठोट गरेँ । संघर्ष गरेपछि सफलता हात लाग्छ भन्ने विश्वास थियो । भुटानमा दुई वर्ष काम गरेपछि नेपाल फर्किएँ र पढ्न सुरु गरेँ । मैले मुग्लान उपन्यास भुटानमा संघर्ष गर्दाको अनुभवबाटै लेखेको हुँ ।

डा. गोविन्दराज भट्टराई, प्राध्यापक

दिल दुखाउने धेरै घटना घटेका हुन्छन् मान्छेका जिन्दगीमा । मेरो जिन्दगीमा पनि धेरै घटना घटेका छन् । ठ्याक्कै तिथिमिति त अहिले सम्झना छैन । सायद ०३५ सालको कुरा हो- हामी भोजपुरबाट झरेर उदयपुरको श्रीवानीझोडामा झिक्राले सानो झुप्रा बनाएर बसेका थियाँै । मैले कुपी -बत्ती) बाल्दा हाम्रो झुप्रोमा आगो लागेर भएभरका सरसामान जले । कुखुराका चल्ला पनि जले । ठूला कुखुराहरू उड्दै जंगलतिर जाँदा साह्रै नमिठो अनुभूति भयो । मेरो जिन्दगीको सबभन्दा बढी मन दुखाउने घटना त्यही थियो । झुप्रो र भएको 'श्रीसम्पत्ति' जलेपछि हामी उदयपुर छोडेर भोजपुर फर्कियौँ । त्यसवेला म धेरै रोएको थिएँ । मैले रोएर नै मनलाई शान्त पार्ने काम गरँे ।

श्रवण मुकारुङ, कवि

२ कात्तिक ०३२ को घटना हो । त्यतिवेला म १० कक्षामा पढ्थेँ । त्यस दिन म साथीहरूसँग जुलुसमा गएको थिएँ । मैतीदेवी पुगेपछि हामीलाई प्रहरीले लखेट्न थाल्यो । हामी भाग्दै थियौँ । खुट्टाबाट रगत बग्न थाल्योे । पहिले त ढुंगाले लागेर खुट्टामा घाउ भएजस्तो लागेको थियो । तर, हामी चारजनालाई गोली लागेको रहेछ । गोली लागेको थाहा पाउनसाथ म त बेहोस भएर ढलेछु । पछि अस्पतालमा मात्रै मेरो होस खुल्यो । त्यो घटना सम्भिmँदा अझै पनि आङ जिरिंग हुन्छ । र, नमिठो पीडाबोध हुन्छ ।

मनोज गजुरेल, हास्यकलाकार

Subscribe to comments feed Comments (6 posted):

nischal pradhan on 10/01/2010 05:51:31
avatar
Rajdarbar hatya
kand bhako 19 jestha 2058 ho 29 jestha 2058 haina mathi news ma bulera wa thaha nabhayera 29 jestha chhapiyeko rahecha wa Bhuban K.C. le jhukkiyera boleka huna thaha bhayena ...
Thumbs Up Thumbs Down
0
dibas shree on 09/01/2010 14:46:56
avatar
very good
Thumbs Up Thumbs Down
0
Mohan Gajmer( Netherland,Holland) on 09/01/2010 11:28:59
avatar
Ahaha Nice to read.I like these such types very much,N Hope to see n let to know other More,Thanx lots to Nayapatrika n News Reportor Rajesh Rai
Mohangajmer84@gmail.com
Thumbs Up Thumbs Down
0
Nepali on 09/01/2010 09:19:02
avatar
ramro 6 patrika ko kam
Thumbs Up Thumbs Down
-1
santosh rijal on 09/01/2010 05:30:34
avatar
rekha ji yesma nirash hunu parne kura chhaina jun kam tapaile garnu vayo ,yo ahile jasari kangress ,yemale le paisa ko vaar,ra bharat ko var ma nepal ko rajniti gareko chha. yesta lai jhapad ho jo maoist chha yo desh ko lagi kehi garchhu bhanne bhawana liyera hideko party ho, yesle desh ra janata ko lagi kehi garchha yesma sangkoch namanda hunchha .tapai hami sabai chhetra ka janata le saath dinu parchha.
Thumbs Up Thumbs Down
-4
nepa maya on 09/01/2010 01:53:45
avatar
hain naya patrika lai thik t 6, name yeuta,kura arkako..............hahaha
Thumbs Up Thumbs Down
1
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?