Newsletter
Email:
Home | सप्तरंग | नगरवधूसँग एक साँझ

नगरवधूसँग एक साँझ

Font size: Decrease font Enlarge font
image

'पैसा फेँको, तमासा देखो' कर्नरमा आज एकछिन यसो हल्लिनुपर्छ है, संगीत ?' अफिसबाट घर फर्किने तरखर गर्दै गर्दा सिटी सेन्टरको झलमल्ल प्रांगणमा उभिएर एक साँझ मैले संगीतश्रोतालाई प्रस्ताव राखेँ । 'मिडपेजका लागि एउटा राराम्रो स्टोरी पाउन सकिन्छ,' मैले प्रयोजन खुलाएँ ।

'मिडपेजका लागि कि मिडनाइटका लागि ? आशय या दूराशय खुलस्त गर त कमरेड !,' शाब्दिक क्वाँटी पकाउन चम्मु छ संगीत । नेपाली साहित्यमा एमए जो गरेको छ ।

मैले आशय खुलस्त गरेँ । उसले 'ओके' भन्यो ।

**

बागबजार मिनीबसपार्क कटेपछि हामी पुग्यौँ 'पैसा फेँको, तमासा देखो' कर्नरमा । बडेमानको पर्खालमा जोडिएको सिमेन्टको बेन्च भएको यस कुनौटोमा आकाशेपुलमुनिका पसलका बिजुलीको प्रकाश आइपुग्छ । कर्नरअगाडि घुर्मैलो उज्यालोमा कनकर्ना, भाँडा मस्काउने जाली, मोबाइलको खोललगायत खिचि्रङमिचि्रङको फुटपाथे पसल छ एउटा । यसको नजिकै पाँच-पाँचवटा कागतीको भाग लगाएर बसेकी छिन् एउटी मोटी दिदी ।

'म यसो कागती हेर्दै गर्छु, तिमी उनीहरूसँग कुरा गर,' सिमेन्टको बेन्चमा बसिरहेका चार युवतीतिर देखाउँदै संगीतले भन्यो । 'कामकुरो मिलाउने होइन नि, कुरो गर्ने मेसो मात्रै मिलाऊ,' थप दनक दियो उसले । म हाँसेँ ।

**

कुरा मिलाइयो बल्लबल्ल । अर्थात्, कुरा गर्ने मेसो मिलाइयो जास्मिन कार्कीसँग । उनको डेरा नजिकै रहेछ । हामी दुई उनको पछिपछि लाग्यौँ ।

उनी बस्ने घरको मूलगेट छिर्न नपाउँदै उनका घरधनीसँग हाम्रो भेट भयो । उनले हामी पत्रकार भएको जानकारी गराइन् घरधनीलाई । 'कार्ड देखाउनुस्,' घरधनी बूढाले च्याँठ्ठएिर भने । हामीले देखाइदियौँ । 'नयाँ पत्रिकाको त म ग्राहक नै हुँ नि,' हाम्रा कार्डको जाँचपरख गरेपछि उनी अलिक नरम भए । अझ हामीले 'तपाईं पनि हाम्रो कुराकानीमा साथ दिन सक्नुहुन्छ' भनेपछि उनी 'होइन, म चुरोट किन्न जान लागेको' भनेर बाहिरिए ।

उनको कोठाको ढोकामा मुखभरि दही दलेर हाँसिरहेका बालक कृष्णको पोस्टर टाँसिएको थियो । उनले ढोका ढकढक गरिन् । ढोका खुल्यो । तीन वर्षजतिको खाइलाग्दो बाबु बोकेकी सत्र-अठार वर्षकी एक युवती देखा परिन् ।

'यो मेरो छोरो, जाकिर,' उनले बाबु बोक्दै भनिन्, 'सरहरूलाई नमस्कार गर, बाबु !' केटोले नमस्कार गरेन । बरु लजायो र आमाको छातीमा मुन्टो लुकायो ।

'ऊ बहिनीचाहिँ को नि ?' संगीतले सोध्यो । 'जो भए पनि तपाईंलाई किन चाहियो ?' उनी अलि रिसाएझैँ देखिइन्, 'मसँग कुरा गर्न आ'को कि ऊसँग ?'

'तैपनि....' संगीतले भन्यो ।

'ऊ मसँगै बस्छे । धन्दा पनि गर्छे । मकवानपुरकी हो,' जास्मिनले भनिन् ।

**

संगीतले रेकर्डर निकाल्यो ।

'मैले बोलेको कुरा भर्ने भए तपाईंहरूसित कुरै गर्दिनँ !' उनले खोचे थापिन् ।

'अनि दिदी, तपाईंसँग कुरा गरेको प्रमाण त चाहियो नि हामीलाई !' संगीतले सम्झाउने प्रयत्न गरे ।

'एफएम र टिभीबाट बजाइदिनुभयो भने नि ! तपाईं पत्रकारहरूको के विश्वास र ?' उनले रेकर्डर प्रयोग गर्न दिइनन् ।

अब हामी कापीकलम निकालेर बस्यौँ ।

**

'म नौ कक्षामा पढ्दै थिएँ, सत्र वर्षकी थिएँ,' उनले कथा हाल्न थालिन्, 'अन्ठाउन्न कि उनान्साठी सालतिर हो । काठमाडौंमा मैले फाइनान्स कम्पनी खोल्या छु, फाइनान्समा काम गर्न धेरै पढ्नुपर्दैन, बहिनीलाई म काठमाडौं लैजान्छु भनेर मेरा बाउसित कुरा मिलायो एकजना दाइ नाता पर्नेले । मलाई बाउ देखिसहँदैनथे । ममुनिको एउटा भाइ बितेपछि बाउले मलाई भाइ खाने यही हो भनेर देखिसहन्नथे । मलाई बाउले कहिल्यै मीठो वचन गरेनन् । सधैं राँडी र भाँडी गर्थे । असाध्यै कुट्थे । हँसियाको झटारो हान्थे । मेरो कुर्कुच्चामा हँसियाले काटेको खत अझै पनि छ ।' नभन्दै ठूलै खत रहेछ ।

काठमाडौंमा उसको के खाएर फाइनान्स कम्पनी होस् ? काठमाडौं ल्याएको दुई/तीन हप्तापछि उनको दाजु पर्नेले एक रात एक मारवाडी व्यापारीकहाँ जागिरको कुरा गर्ने भन्दै पुर्‍याएछ । 'माडेसित चार हजार रुपैयाँ लिएर मलाई बेचिदिएछ । ऊ त यस्तै दलाली पो गर्दारहेछ,' उनले त्यस धोकेवाज दाइ पर्नेको कर्तुत सुनाइन् ।

त्यस दिनदेखि सुरु भएको देहव्यापारमा उनी अहिलेसम्म छिन् ।

कुराकानी गर्दा जास्मिन टाठी नै लाग्छिन् । यस दलदलबाट उम्किने प्रयत्न उनले किन गरिनन् त ? 'यो लाइन नै अचम्मको छ,' उनले भनिन्, 'कोही आउँछु भनेर आउँदैन, तर आएपछि यसरी भासिन्छ कि उत्रिनै सक्दैन । फेरि पहिला म यति बाठी कहाँ थिएँ र ? पहिले त गोज्यांग्री थिएँ, गोज्यांग्री !'

अनि, उनलाई बर्बाद गर्ने त्यो दाइ पर्नेचाहिँ अचेल कहाँ छ नि ?

'तीन वर्ष भयो,' उनले सुनाइन्, 'नाकमुख देख्या छैन । राजस्थान जान्छु भन्थ्यो । उतै गयो होला ।'

**

'अहिलेसम्म तपाईंका कति ग्राहक भए होलान्,' मेरा मुखबाट एउटा मूर्खतापूर्ण प्रश्न खसिहाल्यो ।

'मैले हाजिरकापी राख्ने गर्‍या छु र ?' बिजुलीवेगमा उनले मलाई मुखभरिको जवाफ दिइन् ।

उनको छोरो जाकिरले संगीतले लगाएको ज्याकेटमा टाँसिएको धातुको स्टिकर हेरेर भन्यो, 'ऊ चाचा !' हामी हाँस्यौँ ।

'छोराको नाम जाकिर राख्नु भा'को रहेछ । छोराको असली नाम पनि तपाईंको जस्तै अर्कै छ कि क्या हो ?' मैले सोधेँ । 'होइन, होइन,' उनले हाँस्दै भनिन्, 'यसको नाम जाकिर नै हो । नपत्याए यसैलाई सोध्नुस् न !'

हामीले सोधेनौँ ।

बरु, छोराको नाम जाकिर किन राखिन्, त्यो सोध्यौँ । 'यसको बाबु मुसलमान हो क्या,' उनले भनिन् । चार वर्षअगाडि काठमाडौंमा घर बनाउने ठेक्कापट्टाको काम गर्न आएको दिल्लीको एकजना ठेकेदारसँग उनले बिहे गरेकी रहिछिन् । नाम उस्मान रे । दक्षिणकालीमा बिहे गरेका रे । 'यो काम छोड्, तँलाई बिहे गर्छु भन्यो,' उनले सुनाइन्, 'मान्छे भलाद्मी थियो । चार महिना सँगै बस्यौँ । निकै माया गर्थ्यो । मायाभन्दा पनि माया गरेको नाटक गरेको रहेछ । मैले पेट बोकेको थाहा पाएपछि बज्या भागिहाल्यो नि !'

**

उनका ग्राहकहरूका बारेमा कुरा गरियो ।

'भेराइटी-भेराइटीका छन्,' उनले भनिन् ।

एउटा अचम्मको ग्राहक छ रे उनको । 'ठमेलमा बस्ने एउटा बूढो छ,' उनले सुनाइन्, 'महिनामा मलाई एकचोटि लिएर जान्छ । स्वास्नी, छोराछोरी अमेरिकामा छन्, यहाँ एक्लै बस्छ । धनी बूढो हो । राम्रो होटेलमा लिएर जान्छ । नयाँ-नयाँ पेन्टी र ब्रा बोकेर गएको हुन्छ । तीन-चार जोर । मलाई छुँदासमेत छुँदैन । पेन्टी र ब्रा लगाउन लाउँछ । सोफामा बस्न लगाएर यता फर्की, उता फर्की भन्छ । आफू बियर खाँदै पलङमा बसेर हेरिरहन्छ । दुई-तीन घन्टासम्म विभिन्न पोजमा बस्न लगाउँछ । दिलदार छ । जे खाए पनि खुवाउँछ । दुई-तीन घन्टाको तीन/चार हजार दिन्छ ।'

एक रातको कम्तीमा पाँच सय लिने उनलाई एक नवोदित पपगायकले पारिश्रमिकस्वरूप आफ्नो एउटा सिडी थमाएर गएछ । 'ठीकै छ भनेर लिएँ,' उनले सुनाइन्, 'भरे, गीत सुन्छु त रेट्दाखेरि बोको कराएजस्तो गरेर गाएको रहेछ । त्यो पनि आधा अंग्रेजी र आधा नेपालीमा ।' उनले नराम्ररी ठगिएको महसुस गरिछिन् ।

अचेल उनका विद्यार्थी ग्राहकले तेत्तीस प्रतिशत छुट मागेर हैरान पार्छन् रे । 'तिमी पनि सार्वजनिक यातायात त हौ नि भन्छन्, मोराहरू !' उनले

हाँस्दै भनिन् ।

उनका केही नियमित ग्राहक कन्डोम लाउन झिँजो मान्ने खालका छन् रे । 'बोक्रैसित चकलेट खाने ? टोपी लाएर नुहाउने ? प्लास्टिकमा चिनी राखेर

चुस्ने ? भन्छन् । तर, म बिनाकन्डोम सम्पर्क गर्न दिन्नँ,' उनी भन्छिन् ।

टि-टेबलमा रेपिडेक्स इंग्लिस स्पिकिङ कोर्स नामको किताब छ । 'अलि-अलि अंग्रेजी सिक्दै छु,' उनले भनिन्, 'अचेल गरिब टाइपका कुहिरेहरू खुव आउन थालेका छन् । अंग्रेजी जान्यो भने काम लाग्छ भनेर यसो पढ्दै छु ।'

**

रामकृष्ण ढकालका दुईवटा गीत उनलाई असाध्यै मन पर्छन् । ओराली लागेको हरिणको चाल भो र मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालले उनकै बारेमा गाएजस्तो लाग्छ रे उनलाई । 'यी दुईवटा गीत जति सुने पनि म कहिल्यै अघाउँदिन,' उनले भनिन् ।

जास्मिन राजनीतिमा पनि अलि-अलि चाख राख्दिरहिछिन् । तर, राष्ट्रपतिको नाम सोध्दाचाहिँ 'रामशरण यादव' भनिन् । 'रामशरण होइन, रामवरण,' संगीतले सच्याइदिए । 'हो र ?' उनी चकित परिन्, 'मैले त आजसम्म रामशरण पो भन्ठानेकी !'

कुरैकुरामा, नेता र जनताबीचको भिन्नतालाई उनले यसरी पहिल्याइदिइन्- नेता खान जन्मेका हुन् भने जनता नेताले खाएको हेर्न जन्मेका हुन् । भनिन्, 'हिजो जंगलमा सुत्ने प्रचण्डले दुई लाखको पलङ किने रे । सब उस्तै हुन्, उही ड्याङका मुला !'

गिरिजाप्रसाद उनलाई गज्जबका नेता लाग्छन् रे । 'सबलाई च्याम्पटी घुमाएझैँ घुमाइदिन सक्छन्,' गिरिजाप्रसाद कोइरालाको खुव प्रशंसा गरिन् उनले । गिरिजाप्रसादले आफ्नी छोरी सुजातालाई उपप्रधानमन्त्री बनाएको कुरालाई उनले कसरी हेरेकी रहिछिन् त ? 'छोरीको त के कुरा,' उनले भनिन्, 'ती बूढाले उस्तै परे उनको घरमा काम गर्नेलाई पनि मन्त्री बनाइदिन सक्छन् ।'

**

अन्त्यमा उनले हाम्रो भिजिटिङ कार्ड मागिन् र चेतावनी दिँदै भनिन्, 'तलमाथि लेख्नुभयो भने तपाईंहरूको अफिसमा आएर जात्रा गर्दिन्छु ।'

हामी हाँस्दै फर्कियौँ ।

फेरि 'पैसा फेँको, तमासा देखो' कर्नर हुँदै हामी घर जाँदै थियौँ । कर्नरमा थिए- अरू-अरू जास्मिनहरू । थुप्रै जास्मिनहरू ।

gkcbinodbikram@gmail.com

Subscribe to comments feed Comments (22 posted):

pathak saathi on 18/12/2009 05:31:31
avatar
'पैसा फेँको, तमासा देखो'
Thumbs Up Thumbs Down
0
anurodh on 24/11/2009 03:05:07
avatar
phokatiya katha haru nalkhnus patrakar Mahodya.
Thumbs Up Thumbs Down
0
yuwa rai on 23/11/2009 20:12:29
avatar
nepal ma pani ramro huna po thale6 aba ta 2yers bhayo nepal chodeko pani kati chito biksha bhayo ho hamro nepal ta
Thumbs Up Thumbs Down
0
khusi on 23/11/2009 18:58:49
avatar
nepligigolo@yahoo.com ,yo comment garne guy phuske ko 6 ki kya ho?sex ko barema kati lekhe ko ho bhani nayaptrika lai abjas dinu paryo ra,bhanau bhane u afai lai sex bhane ko thaha 6ena ,thukka timro dimad
Thumbs Up Thumbs Down
0
Raju k.c.{Happy} on 23/11/2009 17:04:05
avatar
paisa feko tamasa dekho karnar ma malai pani herne bichar ayo hai tamasa tara galti garna vane haina.
Thumbs Up Thumbs Down
0
Parshanta on 23/11/2009 16:38:18
avatar
IT IS NORMAMAL.
Thumbs Up Thumbs Down
0
Lok Gharti Magar on 23/11/2009 15:29:50
avatar
They are also God's creation.
Thumbs Up Thumbs Down
2
nepligigolo@yahoo.com on 23/11/2009 15:14:30
avatar
I am now 100% sure that the name of this Nayaptarika should ne SEXPATRIKA..cos it always report about sex, sex and sex....i now doubt that its reporters themselves are agent of sex trade. Enough is enough why don't u guys try to report some decent news...
Thumbs Up Thumbs Down
-1
kamal on 23/11/2009 11:53:46
avatar
katai sathiharu pani rata bitayara aayako haina sundari sanga
Thumbs Up Thumbs Down
1
Bhuwan bhai on 23/11/2009 11:41:58
avatar
"नजानी गाउको बाटो नसोध्नु भन्छन,के थाह आर्काको बेथा....!!"
Thumbs Up Thumbs Down
1
nirmala,npl on 23/11/2009 10:56:32
avatar
jindagima hamra jasmin sister le gareko kura bastabik jivan ma ho lasto lagyo,tara j jasto bhaye pani bela belama sexual trasmitade disease bata bachna ko lagi kandam use garaunus,blood check garaunu,pasisa lai matra nahernus aafno swastha ko pani khyal garnu par6 ni????
Thumbs Up Thumbs Down
0
nabraj on 23/11/2009 09:01:04
avatar
ani tapai patrakar mitra haru le chain kati dinu bhayo ta jasmine lai......... kei ta bhayo hola ni
Thumbs Up Thumbs Down
0
purna on 23/11/2009 08:28:44
avatar
yo lekha ma kehi gambirta chha
Thumbs Up Thumbs Down
0
nabin on 23/11/2009 08:00:14
avatar
'पैसा फेँको, तमासा देखो' ............
लेखक ले वास्तविक धरातल मा बसेर लेखेको जस्तो लाग्यो ,,,,,,
काँचो बेच्ने मैया हुन वा पकाएको सेकुवा बेच्ने ,,,,,,,
यो चाखन हामी सधैं लालायित हुन्छउ तर ,,,,,,,,,,,
यिनलाई हेर्ने हाम्रो नजर किन न फेरिएको होला ???????????????????????
Thumbs Up Thumbs Down
5
Kan6a Khambu khotang on 23/11/2009 07:55:58
avatar
YASTAI HO KHAU BHANE KANCHHA BAUKO ANUHAR NAKHAU BHANE DIN BHARIKO SIKAR..........
Thumbs Up Thumbs Down
0
herote paudel on 23/11/2009 07:02:31
avatar
plz. ten ko mobile no dina minchha ki patarakat bandu haru? milchha vane dinus kare.
Thumbs Up Thumbs Down
-1
DD on 23/11/2009 06:11:19
avatar
Yo man bhancha Jasmin jasta dherai chan yo desh ma. Hami nai hau Jasmin haru banaune, hami jasta dai haru smaj ma rahunjel Jasmin haru janmi rahanchan. Jasmin ko badhyeta prati mero sahanubhuti cha.
Thumbs Up Thumbs Down
0
santosh on 23/11/2009 06:10:36
avatar
wahiyaat guff lekhne **** patrakaar haru. bakwassssss!! aba bata yesto tai na tui ko guff lekhera patrika ko page, ink ra hamro amulya time khera falne kaam na garnu! bujho haina?
Thumbs Up Thumbs Down
0
pandey suresh on 23/11/2009 05:49:13
avatar
yo chai ali bakwas lagyoo...yehi kura lai uthunathiyo ta thuparai tarikathiyeee...yo ta sex pesa garne haru ko kalpanik kathaa jastoo ali ramro kura haru ,interview haru,paryetan sambandii khurak haru,sahitye adiadii rakhna sakincha ni...baru yo midpage ma katha haru ko page banaidinus...

suresh australia
Thumbs Up Thumbs Down
0
Yoga Khattri on 23/11/2009 05:43:25
avatar
Bado romantic katha lekhnu bhayeko rahechha Binodji Aakhir yo sabei hune bhaneko garibi ra chetana nabhayeka karn hunn yedi chetana bhayeko bhaye uni aafnei desh ma bechine thinan ra aarko kura aafno desh ma kahi har guhar gareko bhaye uni tyo aabastha bata utibelai umkana pani sakthin. bombay ma bechiyeka nari haruta umkera swodesh farkanchhan. jasmin lai kina yo byabasaye surugarnu bhayo? ra yo bayabasaye chodera aaru kunai kam garne kina paryass garnu bhayena? banera sodhnai bhulnu bhayechha Binod ji.
Thumbs Up Thumbs Down
0
ram on 23/11/2009 05:33:43
avatar
ini haru ho cell no dina minchha ki patarakat bandu haru? milchha vane dinus kare.
Thumbs Up Thumbs Down
-1
alone magar on 23/11/2009 05:31:26
avatar
badhyata le badhe ko jindaki ma k garnu ta .jasmin le thikai garin, alone magar,kathmandu
Thumbs Up Thumbs Down
-1
total: 22 | displaying: 1 - 22

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
4.00
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?