'नेपालसुन्दरी’को सौन्दर्यशास्त्र
कुनैबेला नेपाली साैन्दर्यको परिभाषाभित्र नपर्ने थेप्चा नाक, चिम्सा आँखा र मंगोलियन अनुहार अहिले सौन्दर्यको मापक हुन थालेको छ । पछिल्लो समयमा भएका सौन्दर्य प्रतियोगितामा देखिएको मंगोलियनहरूको बाहुल्यले यो पुष्टि गर्छ । यस वर्ष पनि मिस नेपाल प्रतियोगितामा मंगोलियन अनुहारको बाहुल्य देखियो । र, मिस नेपाल अर्थात 'नेपाल सुन्दरी' घोषित भइन्— जेनिशा मोक्तान । सधैँझैँ यस वर्ष पनि प्रतियोगिताको विरोध भयो । वामपन्थमा लागेकाहरूले पहिलेझैँ सडकमा टायर बालेर प्रदर्शन गरे । तर, प्रतियोगिता सम्पन्न भएरै छाड्यो । 'सबैलाई यो प्रतियोगिता मनपर्छ भन्ने छैन,' गत शनिबार कुपन्डोलस्थित 'लुकेको खजाना' अर्थ बुझाउने इभेन्ट म्यानेजर 'हिडन ट्रेजर'को कार्यालयबाट यस वर्षकी मिस नेपाल जेनिशा मोक्तानले भनिन्, 'हामी कसैबाट प्रयोग भएका छैनौँ, विरोध गर्नु उनीहरूको अधिकार हो, देशै परिवर्तनको संघारमा छ । सबैको सोच्ने क्षमता फरक-फरक हुन्छ । मिस नेपालको विरोध गर्नेहरूले पनि त्यस्तै फरक विचार राख्ने वर्गलाई प्रतिनिधित्व गर्छ । कसैका लागि त्यो विरोध जायज पनि हुन सक्छ ।' *** कसैले सुन्दर छ भनिदिएपछि त्यस व्यक्तिमा सौन्दर्यको बोध अभिव्यक्ति विनयशीलता र आत्मगौरवमा देखिनुभन्दा प्रायः घमण्डमा विम्बित भएको देखिन्छ । संसारको सबैभन्दा सुन्दर वस्तु के हो भन्नेबारे मतैक्य हुनु सम्भव छैन । सुन्दरतासम्बन्धी विभिन्न जाति र जातीय संस्कृतिका आ-आफ्नै दृष्टि र मान्यता हुन्छन् । कोही सर्वाधिक सुन्दर हो कि होइन भन्नेमा धेरै मतमतान्तर हुन सक्छ । कोहीले शिरमाथि टलल्ल टल्केको हिमाललाई सुन्दर भन्न सक्छन् । कसैले सलल्ल बगेको नदीको प्रवाहलाई सुन्दर भन्न सक्छन् । तर, यस वर्ष मिस नेपालको श्रीपेच पहिरिएकी तामाङ कन्या जेनिशाको विचारमा संसारको सबैभन्दा सुन्दर सिर्जना नारी हो । 'नारी संसारकै सबैभन्दा सुन्दर सिर्जना हो,' उनको उत्तर थियो । नारीवादको दबदबामा यो सहज र स्वाभाविक उत्तर हुन जाला । तर, के जेनिशाजस्ता सुकन्याका लागि पुरुष सौन्दर्यको कुनै अर्थ छैन ? के उनीहरू सुन्दर हुँदैनन् ? 'अहँ, पुरुषहरू सुन्दर हुँदैनन् । फूलजस्ता सुन्दर त नारी नै हुन् । पुरुष त सुन्दर कुरालाई हेर्छन् मात्र !' यस्तो थियो नयाँ नेपाल सुन्दरीको पुरुषप्रतिको धारणा । आफ्नो धारणा बताइरहँदा यी सुकन्याको अनुहारमा एक प्रकारको दम्भ देखिएको थियो । मेरा प्रश्नका प्रत्येक उत्तरमा उनी क्रुद्ध देखिन्थिन् । क्रोध सौन्दर्यको एक गुण हो कि होइन ? यस्तो लाग्थ्यो, मसँगको अन्तर्वार्ता उनका लागि पि्रय थिएन, समयले उनीसामु ल्याइपुर्याएको बाध्यता मात्र थियो । यद्यपि, यस र्वार्ताको आयोजना बाध्यकारी छँदै थिएन । पुरुषबारे प्रश्नहरू तेस्र्याइँदा उनी अझै रिसाएकी थिइन् । 'मलाई यसरी कुनै वर्ग छुट्टयाएर कुरा गरेको मन पर्दैन,' उनले भनेकी थिइन्, 'सबै पुरुष फरक हुन्छन् । सबैलाई फरक नजरले हेर्छु । कसरी छुट्टयाउनु ? मलाई यस्ता प्रश्न मन पदर्ैैनन् ।' ओके, यी कुरा जेनिशालाई मन नपर्ने रहेछन् । आश्चर्य त त्यसबेला लाग्यो जब एउटी घोषित सुन्दरीका समाजमा सँगै बस्नुपर्ने अनिवार्य वर्गबारे कुनै सकारात्मक धारणा छैन । उनी पुरुषबारे बोल्न डराउँछिन् । अन्तर्वार्ताको सुरुमै उनले भनेकी थिइन्, 'मलाई मेरा व्यक्तिगत लाग्ने प्रश्नहरू नसोध्नुहोला ।' तर, मेरो मुखबाट निस्किहाल्यो प्रश्न— कसैलाई प्रेम गर्नुभयो ? 'यो सामान्य कुरा हो, सबैको जीवनमा हुन्छ । अब मलाई मेरा व्यक्तिगत कुरा नसोध्नुस् ।' अब के सोध्ने ? जे सोध्छु भनेर हिडेन ट्रेजरनजिकैको नाकै फुटाउलाझैँ फोहोर बाग्मती नाघेर त्यहाँ पुगेको थिएँ त्यो पूरा नहुने भो । हुनत, सबै अन्तर्वार्ता कहाँ आफूले भनेजस्ता हुन्छन् र ? मन बुझाएँ । *** मधुर प्रकाशमा केहीछिनमै मिस नेपाल घोषणा हुँदै थियो । अहिलेसम्म कसैलाई नभनेको आफ्नो जीवनको अविस्मरणीय क्षणका बारेमा जेनिशा भन्दै थिइन्, 'म नौ कक्षा पढ्दै थिएँ, मलाई फेयर लेडी शीर्षकको नाटकको मुख्य भूमिका निर्वाह गर्न छनोट भइसकेपछि पनि अन्तिम अवस्थामा उक्त भूमिका खोसिँदाको दुःखद अनुभव जुन अहिलेसम्म मैले कसैलाई भनेकी थिइनँ' त्यही दुःखद अनुभवबाट हारपछि पनि जीवन फेरि प्रारम्भ गर्न सकिन्छ भन्ने सिकाइबाट यहाँसम्म आइपुगेको बताएकी थिइन् जेनिशाले । उनले दिएको यही जवाफले आगामी डिसेम्बर महिनामा दक्षिण अपि|mकाको जोहानेसवर्गमा आयोजना हुने 'मिस वल्र्ड— २००९' मा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिएको छ । के सपना पालेर हुर्केकी थिइन् जेनिशा ? 'म दार्जिलिङमा पढ्दैताका मिस नेपाल हुने सपना देख्थेँ । हुन्छु जस्तो नलागे पनि हुनुपर्यो जस्तो लाग्थ्यो । त्यही सपनाले डोर्याएर यहाँसम्म ल्याएको हो,' उनले भनिन् । यिनी सानैमा पढ्न दार्जिलिङ पुगिन् । पाँच फिट दुई इन्च अग्ली यिनले सुनाइन्, 'मैले पढ्ने स्कुल राम्रो थियो । तर, मलाई खुब नोस्टाल्जियाले सताउँथ्यो । तर, स्कुलभन्दा बाहिरको वातावरणसँग मतलब हुन्थेन । दार्जिलिङको फेसनले भने केही प्रभाव पारेको थियो नै,' उनले सुनाइन् । उनी उता छँदा आमाले माया गरेर बोलाएको, काखमा राखेको र म्वाइँ खाएको खुब सम्भिmन्छिन् । 'आमाको मायाले बढी सताउँथ्यो,' उनले भनिन् । तर, समयले यिनलाई दार्जिलिङको हरमोन स्कुलमै भुलायो । यिनी नेपाल फर्केर मल्पी इन्टरनेसनल कलेजमा 'ए' लेभलमा भर्ना भइन् । अहिले डब्लुएलसी कलेजमा पढ्दै गरेकी जेनिशाले सुनाइन् । 'आफ्नो घरै प्यारो हुँदोरै'छ । आफ्नाको माया नै प्यारो लाग्दोरहेछ ।' सन् २००५ मा मिस तामाङको उपाधि जितेर मिडिया क्षेत्रमा प्रवेश गरेकी थिइन् जेनिशा । यति छिट्टै आफूलाई उत्कृष्ट मोडलका रूपमा उनले उभ्याइसकिन् । सन् २००८ मा उनले ब्युटी अफ वल्र्डमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । कान्तिपुर टेलिभिजनको घरबेटी बा टेलिशृंखलादेखि पछिल्लो फिल्म मेरो एउटा साथी छसम्मको यात्रा उनले छिचोलिसकिन् । मिस नेपाल भइसक्दासम्म उनी केही विज्ञापनमा पनि अटाइसकेकी छिन् । हुनत, पछिल्लो समय रेश्मा सुनुवारको मै ठूली भैछु रे ! म्युजिक भिडियोबाट उनी चर्चाको शिखरमै पुगिन् । 'अँ, त्यो म्युजिक भिडियोले मलाई चर्चाको माथि पुर्यायो,' उनले सुनाइन् । अहिलेकी सबैभन्दा माथिल्लो सेलिबि्रटी जेनिशालाई के गर्न मन पर्छ होला ? 'मलाई भलिबल र टेनिस खेल्न मन पर्छ । पौडी खेल्न पनि मन पर्छ । पुराना सिक्का पनि संकलन गर्छु ।' उनले मेरो अन्तर्वार्तामा मिस नेपालसँग सम्बन्धित विषयबारे मात्र कुरा गर्न चाहिन् । ***** हुनत, मिस नेपाल उपाधिसँगै थुप्रै अवसरका मार्ग पनि प्रशस्त हुन्छन् । साधारण युवतीबाट सेलिबि्रटीसम्मको यात्रा मिस नेपालको उपाधिसँगै तय हुन्छ । तर, जेनिशा पहिल्यैकी सेलिबि्रटी हुन् । उनलाई धेरैले चिन्थे पनि । मोडल र अभिनेत्रीको रूपमा उनको छुट्टै छाप बसिसकेको थियो । सेलिबि्रटी मोडल मिस नेपालका रूपमा छनोट भएको यो पहिलोपटक हो । एउटी सेलिबि्रटीलाई के खरखाँचो पर्यो मिस नेपाल बन्न ? 'मिस नेपाल आफ्नो फेम बनाउन हो, सेलिबि्रटी बन्न होइन । मेरो सानैदेखिको सपना थियो । यो नाम मात्रै होइन, मान्छेको पर्सनालिटी पनि हो । त्यसैले म आप\mनो पर्सनालिटी राम्रो बनाउन चाहन्थेँ,' उनले मिस नेपालको अवसर र सम्भावनाबारे भन्न थालिन्, 'मिस नेपाललाई अवसर धेरै हुन्छन् । यसअघिका मिस नेपालको उदाहरण हेर्ने हो भने पनि समाजमा उनीहरू सम्मानित जीवन बाँचेका छन् । मिस नेपाल भएपछि देशको प्रतिनिधित्व गर्दै विदेशसम्म पुग्ने अवसर जुर्छ । ग्ल्यामर क्षेत्रका धेरै सम्भावना हुन्छन् ।' विगतका वर्षहरूमा जस्तो यसपालि मिस नेपालमा भएन । मिस नेपाल प्रतियोगिताको यसपटकको संस्करणमा पुरस्कार राशि कटौती भयो । यसअघि विजेताले स्कुटरसहित एक लाख नगद पुरस्कार पाउने गरेकोमा यसपटक भने विजेताले ५० हजार मात्र नगद पुरस्कार प्राप्त गरिन् । यसैगरी फस्र्ट रनर अप र सेकेन्ड रनर अपले क्रमशः ६० हजार र ४० हजार पाउने गरेकोमा यसपटक २५ हजार र १५ हजार मात्र पाए । कस्तो लाग्यो यो निर्णय ? 'त्यो त आयोजकले आफ्नो अवस्था हेरेर निर्धारण गर्ने हो । यसमा हाम्रो भन्नु केही छैन,' जेनिशाको उत्तर थियो । ***** यसपालि मिस नेपालका लागि १६ जना छानिएका थिए । तर, अन्तिम समयमा लिंका शाक्यले व्यक्तिगत कारण देखाउँदै आफ्नो सहभागिता फिर्ता लिएपछि अन्तिम प्रतिस्पर्धा १५ जना सहभागीबीच भएको थियो । जम्मा १५ जनाबीच कसरी नेपालभरिकै सुन्दरी छुट्टयाउन सकिन्छ ? 'मिस नेपाल मात्र नेपालभरिकै सुन्दरी होइन । मैले त प्रतिनिधित्व मात्र गर्ने हो सुन्दरीहरूको । म मात्र सबैभन्दा राम्री होइन ।' हातखुट्टा राम्रोसँग नचल्दै पनि आफ्नो सिर्जना तिखारिरहेकी धनकुटाकी झमक घिमिरेलाई 'नेपाल सुन्दरी' भने हुुन्न ? 'मान्छे राम्रो अनुहारले मात्र हुँदैन । उसको सिर्जनाशक्ति पनि राम्रो हुनुको मापक हो । उनीहरू पनि राम्रा हुन्छन् । सुन्दर हुन्छन् । विचार सुन्दर हुन्छ उनीहरूको । बौद्धिक वर्ग झन् सुन्दर हो,' उनले भनिन्, 'मिस नेपाल भनेको नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा प्रतिनिधित्व गर्ने प्रक्रिया मात्र हो । त्यहाँ आफ्ना नियम हुन्छन् ।' त्यसो भए समाज परिवर्तनमा मिस नेपालको भूमिका के हुन सक्छ त ? 'अहिले मेरो कुरा सबैले सुन्छन् । मिस नेपालले सामाजिक सन्देश दिन सक्छे । मिस नेपालको यही प्लेटर्फम प्रयोग गर्दै म पनि समाज सुधार तथा समाजको परिवर्तनका लागि प्रभावकारी भूमिका निर्वाह गर्छु ।' सधैँजसो मिस नेपाल छानिएकाहरू मिस वल्र्डमा जाने प्रयास गर्छन् । कति त्यहाँसम्म पुग्छन्, कति पुग्दैनन् । तर, नेपालबाट पुगेकाले कहिल्यै उपाधि जितेका छैनन् । विश्वभरिबाट आएका मिसहरूसँग हाम्रा मिस सधैँ कमजोर हुन्छन्, किन ? 'हामी सानो देशबाट पुगेका हुन्छौँ । हाम्रो तयारी पनि खासै पुग्दैन,' जेनिशाले सुनाइन्, 'हामी उनीहरूसँग निकै कुराले कमजोर हुन सक्छौँ ।' अब हाम्री 'नेपाल सुन्दरी' जेनिशा पनि मिस वल्र्डमा जाँदै छिन् । मिस वल्र्ड प्रतियोगिताको तयारी कस्तो हुँदै छ ? 'हामी भित्री तयारीमा छौँ । संसारभरिको संस्कृति फरक हुन्छ । म पनि आफ्नो संस्कृति उता पुगेर देखाउने प्रयास गर्ने हो । मिस वल्र्ड प्रतियोगितामा म नेपालबाट प्रतिनिधित्व गर्दै छु ।' मिस नेपाल र ग्ल्यामर सँगै जोडिन आउने विषय हुन् । एकविना अर्को जीवित रहँदैन । के मिस नेपाल ग्ल्यामरस हुनैपर्छ ? 'मिस नेपाल ग्ल्यामर विषय होइन । यहाँ त बोली र विचार प्रस्तुत हुन्छ । सबै कुरा आफूभित्र कसरी अनुभूत गरिन्छ, त्यही ग्ल्यामर हो,' नेपाल सुन्दरीले सुनाइन्, 'ग्ल्यामरको अर्थ हामीले साह्रै परम्परागत रूपमा बुझेका छौँ । यो अंगप्रदर्शन हुँदै होइन । हामी त हाम्रो बोलाइ, हिँडाइ र सम्पूर्ण प्रस्तुतिलाई ग्ल्यामर रूपले हेर्छौं । हामी ग्ल्यामरस होइनौँ ।' अनि ग्ल्यामरस नभए पनि जेनिशाको कोही 'डि्रम डेट' होला नि ? 'मेरो कोही डि्रम डेट छैन । म मान्छेको रूप हरेर डेट जान्नँ । उसको रूपभन्दा पनि विचार ठूलो कुरा हो । डेट गए पनि विचार सुन्दर भएको मान्छेसँग मात्र डेट जान्छु ।' जेनिशाको परिवार बौद्धमार्गी हो । बौद्धधर्मको दर्शन र सुन्दरता कसरी मेल खान सक्छ होला ? 'म केही राम्रो दिनुहोस् भन्छु बुद्धलाई । जीवन सुन्दर छ । आफ्नो मुटुलाई पछ्याउनुपर्छ । सबै धर्म सुन्दर हुन्छन् । र, मान्छेको मुटु पनि सुन्दर,' उनले सुनाइन्, 'सुन्दरताको परिभाषा सबै धर्मसँग छ ।'



del.icio.us
Digg
बधाई छ तिमीलाई!तिमी आफ़्नो कुलको छोरी हौ त्यसकारणले यति बढाई दिएको हुं।तिमी नजन्मिंदै म प्रवासमा धन होइन विध्या कमाउन आएको मानिस हुं।पुरुषहरु सुन्दर हुंदैनन् भन्ने सोंचाइ गलत हो।सबै मानिसहरु सुन्दर हुन्छन्।
काका डा.जेम्स
HO TA KATI RAMRO B 4 6 JYOTI KO. NAARI SUNDAR HUNA JENISHA JASTO NAKHARMAULI HUNU PARCHHARA?
aso bhandai ma maile miss nepall or miss universe bhane program haru lai support gare ko chahi haina, yo bhane ko modern,freedom and independance ko name ma society ma bikrity phailaune haru ko auta jamat matra ho, eni haru bat samajh le paune bhane ko auta ku- sanskar matra ho,aja prostitutes ktm ma 10 jana thiyo bhane eniharu jasta ko harkat le 20 jana women haru lai prostitutes banauna sahayog garne program matra ho,
sansar ma kohi pani perfect chhaina, kunai auta keti lai nepal bhari kai sundar keti bhanera ghosana garnu bhane ko tyo sabai nepali keti haru ko apaman matra ho, ramri kai kura garne ho bhane ta tyo prostitutes bhanne haru yo jenisha moktan bhanda sayo guna ramri hunchha,
manisha koirala bat influence hune haina baru anuradha koirala bat influence hun anurodh garchhu, malai lagchha manisha korala ra anuradha koirala lai tulana gare ra herne ho bhane ko chahi besi khusi ra sammanit ra santusti purna auta life gujari rahe ko chha ..malai lagchha manisha kahile pani khusi chhaina, usko khusi bhane ko kshernik matra ho, yo samajh ko dhamira haru pani testai ho...!!!
Hami janawar chara churungi herda pani thaha pauchau ki keta nai agadi chan keti chara ra janawar vanda. Suga,Mayur,lion, Tiger etc jati pani pradi chan yashma keta nai agadi chan.Bishwa ma raheka bivid chara churunge lai keta ra keti ma sundarta ko farak chutyauda keta nai agadi aucha. Praya keta (prani) ko akarsak paksha vaneko rang ko misrad ho.But Tehi Rang ra sringar ko misrad Manabjati madhye Mahila ma prayog hune vayeko hunale Mahila lai sundar dekhiyeko ho.Sringar bina ko Nari ra Purush lai dajdaa ko ramro dekhincha afai thaha huncha.
Parajit bata naya jindagi suru garna sakincha vanne jenish ko bichar ramro cha. Best of luck for your better future.
Mohang084@hotmail.com
बौद्धमार्गी भयर पनि यस्तो अहंकारी कुरा गर्ने ? ह ? नेपाल सुन्दरीको कस्तो फोहोर बाक्य . आगामी दिनमा बुद्धले सद्बुद्धि दिउन , कुबुद्धिको नास होस् . अहंकारको जरा चुडियोस . सोचेर बोल्ने तन्तुको बिकास होस् . यदि नारि सुन्दरी हुन्छन भने सबै नारी जो आफ्नो दुखमा पसिनाले निथ्रुक्कै भिजेको छन् तिनीहरुलाई अँगालो हाल्न सक्ने आट छ सुन्दरी ? छैन ? .... तेसो भय अरु कुरा किन गर्ने मिथ्थामा .
samajh ma bhaye ka bikrity-bisangati haru lai pardaphas gardai mahila haru lai agadi padhauna chahanchhan bhane arko thari nari haru educated bhai kan pani modern-fashion,independance,freedom ko kura gardai society lai bikrity tira lana chahanchhan,
society ma rape-balatkar jasta jaghanya apradh haru din prati din badhi rahe ko chha,
society ko yak thari nari haru miss nepalhune re, miss universe hune re nepal kai sabai bhanda sundar nari hare,biswa ko nai sundari nari hare bhandai nari bhaye ra nari haru mathi nai balatkar garaune khal ko kam haru gardai hideka chhan,young generation ko keta keti haru lai yak khal ko temtation- abek ra uksahat ma lagayera samajh ma bikrity phailaune kam ma lage ka chhan,
tapai lai lagchha 3 core nepali ma tesko half population mahila haru chhan,tyo population ma auta nari sabai bhanda ramri re,malai ta lagchha aso bhannu bhane ko tyo nepal ko lalf population ko partinidhi garne mahila haru lai naramri dekhaunu matra ho,baisa ma syal pani ghorle hunchha re, bhannu ko matalv auta age ma sabai manchhe herda ramri dekhinchha tara tyo age kate pachi sabai ustai ho bi-bhinna stage pargadai
antyama jane bato bhane ko ta sabai ko autai ho,malai lagchha sansar ma kohi pani perfect chhaina,manis ko nature nai astai ho, god le asari nai creation gare ko chha,manche janme dekhi namarunjel samma kehina kehi siki rahe kai hunchhau,hami perfect ta kahile hundai nau,
ani ti nepal kai sundar nari haru le samajh ma ke dinchha ta bhanda bikrity sibaye aru kehi dinchha jasto ta lagena malai,miss nepal bhaye pachhi 2,4 wata so-called-music videos ma bra ra penty lagayera dance garchhan,payo bhane 2,3 wata movies ma acting garchha tyo pani samajh lai bikrity tira lane sandesh dindai antisocial types ko acting,nabhaye garib-dukhi ko ragat pasina chusera bane ka samajh ka buissness man bhanne haru ko lakheul,tyo bhanda aru ramro kam ta gare ko jasto lagdaina,kalliwood,bolliwood hundai hoollywood samma lai aso herne ho bhane testai nai dekhinchha,
maile yo balatkar ko ghatana sanga miss nepal bhanne garine program lai kina jodeko bhanda samajh ma jun yak khal ko culture ko develop bhaye ko chha, bikrit chhada pan,dirty culture,dirty mentality,moral less jaslai sosak,samnta,pujipati,dhani barga bhanna ruchaune samajha ko yak khal ko manchhe haru jo jahile pani nari haru lai kunai na kunai madhyam bat chusna chahanchha asta mentality ko manchhe haru bat creation bhaye ko asto program horu le samajh ma ke sandesh dinchha ta...? ra yo balatkar jasto ghatan ghatauna samajh ma bikrity phailauna,nepali nari haru lai prostitutes bhayera bachna jun chhada cultures lai badhawa dine khal ko program haru le kati ko bhumika khelchha...??? social balance khalbalaune,samajh ma bikrity phailaune asto ghinano program haru yak din yo sansar bat hatne chha bhanne asa liye ko chhu, hunata sansar ko sabai bhanda purano kam-job nai prostitutes hare tyo pani raja maharaja haru le chalaye ko kam, sansar ko raja maharaja bhanne haru ko samapti nahunjel samma yo yesto program haru chali nai rahane chha jasto lagcha,
yesto program bhanda ta samajh ma,collage,university ma sochha budhik bikas lai ra future proffesion lai dhyan ma diyera yak khal ko clean mentality liyera goverment ko sahayog ma boudhik talent haru ko khoji gari uniharu lai wright tract ma hidauna help hune khal ko program haru chalaye kasto ramro hune thiyo hola,testo manchhe haru bat samajh ma dherai contribute garne thiyo samajh rupantaran ma,bikas ra unnat desh banauna + social harmony and social balance rakhna.
कीन चासो दीनपर्यो जसलाइ जस्तो पोइ चाहीए पनी, समाजलाइ दीशाहीन, लक्ष्यहीन, छाडा र कुबाटो देखाउने कथीत सुन्दरी, आप\mनो सरीर बीस्तारै नंग्याउादै समाजलाइ अस्लील र छाडा बनाउादै तहस नहस बनाउने कथीत मोडेल, यी र एस्ता लाइ कीन प्राथमीकता? पैसाको लागी नांगीने र शरीर बेच्न समेत तयार हुनेलाइ कार्यबाहीको सट्टा कीन प्रोत्साहान ?
australia
In the very begining of this article, you have used a term " MANGOLIAN" and its quite common in Nepal to use this term to define so called " matuwaalee" community. Everybody using this term, even so called "Mangolians". But is it correct term to define and indicate? It is absolutely wrong, I know you have logic that they looks like Mangolians, am I right? But reality is not like that, all most all east asians looks like Mangolian but none of them call them Mangolian, (and do not try to call them Mangolian to Chinese/Korean/Japanese , some time they could loose their temper too)and another thing is all Non- matuwalee and other community (Kami, Damai,Sarkee,Chhetree, Bahun) also looks like Indian but no-one calls them Indian, do you? Do you call yourself you are Indian? In reality these matuwalee community in Nepal are not Mangolian, they are 100% Nepalese, no doubt and this. Dear anthropologists, please come out with your views, who are the mangolians and who are Mangoloids.
The rest of the article is nice.
Jai Nepal
Himalee
Post your comment