Newsletter
Email:
Home | अर्थ | महसुल नतिर्ने सूचीमा राजनीतिक दलदेखि राजदूतसम्म

महसुल नतिर्ने सूचीमा राजनीतिक दलदेखि राजदूतसम्म

Font size: Decrease font Enlarge font
image

काठमाडांै, १६ पुस   : नेपाल टेलिकमकोे टेलिफोन सेवा प्रयोग गरेर महसुल नतिर्नेमा स्वदेशी र विदेशी राजनीतिक दलका कार्यालय मात्रै होइन, सिनेस्टारदेखि समाजका प्रभावशाली व्यक्तित्वसमेत रहेका छन् ।
टेलिकमले ग्राहकलाई महसुल तिर्न पटक-पटक ताकेता गर्दै आए पनि उनीहरूले हालसम्म बुझाएका छैनन् । नेपाल टेलिकमको नक्साल शाखाले ११ मंसिरमा २ सय ६९ जनाको तीनपुस्ते सार्वजनिक गरेको थियो भने १६ पुसमा बिहीबार ३ सय ३३ जनाको तीनपुस्ते सार्वजनिक गरेको छ । टेलिकमलाई महसुल नतिर्ने सूचीमा पूर्वमन्त्री मात्र
होइन, बहालवाला विदेशी राजदूतसम्म छन् ।
शाहीकालका मन्त्री श्रीषशमशेर जबरा, भारतका लागि नेपालका पूर्वराजदूत दुर्गेशमान सिंह र नेपालका लागि म्यानमारका राजदूत ठक्कन मल्लिकको नामसमेत टेलिकमको सूचीमा छ । जबराले ९९ हजार २ सय २३ रुपैयाँ, सिंहले ३९ हजार २ सय १५ रुपैयाँ र मल्लिकले १६ हजार ३८ रुपैयाँ टेलिकमलाई तिर्न बाँकी छ ।
प्रभावशाली व्यक्ति मात्र होइन, ठूला राजनीतिक दलका कार्यालयसम्मले टेलिकमको महसुल तिरेका छैनन् । महसुल नतिर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय १६ हजार ६ सय ५० र नेकपा माले क्षेत्रीय ब्युरो कार्यालय डिल्लीबजार १७ हजार १ सय १ रुपैयाँ छ । नेकपा मसालको केन्द्रीय कार्यालयले पनि २० हजार १ सय ६८ रुपैयाँको महसुल तिर्न बाँकी छ । नेकपा माले गोर्खा-काठमाडौं सम्पर्क मञ्चले त रकमको मामिलामा अरू सबै पार्टी कार्यालयलाई उछिनेको छ । मञ्चले ३९ हजार २ सय ६८ रुपैयाँ नतिरेर कालोसूचीमा पर्ने सूचना पाएको छ । नेपालका राजनीतिक दल मात्र होइनन्, विदेशी दलका कार्यालयले पनि टेलिफोन महसुल बुझाएका छैनन् । भुटानी दल ड्रुक नेसनल कंग्रेसको नाममा पनि १४ हजार २ सय २२ रुपैयाँ भुक्तानी बाँकी छ । कुनै समय नेपाली चलचित्रमा प्रभावशाली मानिएकी नायिका मिनाक्षी आनन्दको नाममा पनि ५ हजार ९६ रुपैयाँको महसुल तिर्न बाँकी छ ।
टेलिकम नक्साल कार्यालय प्रमुख राजेन्द्रकृष्ण  श्रेष्ठले पटक-पटक ताकेता गर्दा पनि महसुल तिर्न नआएपछि सूची सार्वजनिक गरिएको बताए । उनले नक्साल कार्यालयसँग मात्र लामो समयसम्म पैसा नतिर्ने २ हजारभन्दा बढी ग्राहकको सूची छ । 'कार्यालयले  एक महिनापछि फेरि अर्को सूची सार्वजनिक गर्नेछ,' उनले भने ।
गत वर्ष असारमा लाइन काटिए पनि अझै पनि रकम बुझाउन नआएपछि कालो- सूचीमा राख्न लागिएको हो । '५/६ वर्षअघिदेखि महसुल बुझाउन नआउनेहरू पनि छन्,' श्रेष्ठले भने, 'सूचना पढेपछि पैसा बुझाउन आउनेहरू सूचना नै पाइएन भन्छन्, केहीले विदेशमा थिएँ भनी जवाफ दिने गरेका छन् ।' पटक-टक खोजी गरे पनि नभेटिएको भनिएका सूर्यप्रसाद सापकोटाको नाममा रहेका मात्र २० वटा लाइन टेलिफोनबापत ७ लाख रुपैयाँ तिर्नुपर्ने देखिन्छ । कार्यालयका लेखा अधिकृत कृष्णराम प्रधानांग उठ्न बाँकी रहेको महसुल करोडौं भएको बताउँछन् । विभिन्न म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी मात्र होइनन्, खारेज भइसकेका वीरगन्ज चिनी कारखाना र हेटौंडा कपडा उद्योगको नाम पनि कालोसूचीमा जाने भएको छ ।
सार्वजनिक भएको १५ दिनभित्र भुक्तानी नगरे कालोसूचीमा राखिने टेलिकमले जानकारी दिएको छ । तर, खारेजीमा परिसकेका कम्पनी र विदेशी संस्थाले कसरी रकम तिर्छन् भन्नेमा कार्यालय नै अन्योलमा छ । 'नाम सार्वजनिक भएपछि लाजले तिर्न आँउछन् भन्ने अपेक्षा गरेका छौँ,' लेखा अधिकृत प्रधानांगले भने ।

Subscribe to comments feed Comments (6 posted):

Bibash Nepali on 01/01/2010 08:58:06
avatar
Yastai ho hamrro des ko aabasta mahasul teernu bhanda samarthan bhad ma lagnu nai ramrro aani RAJNITI ko saphal pareebhasa nai SHAKTI ho ni , hooina ra ? gareeb le jasari pani teerakai chhan ra tee bahanka ................................keena mahasal teernu paryo ra .............. hooina ?sayad........................
Thumbs Up Thumbs Down
0
Bmali on 01/01/2010 07:38:13
avatar
Nepal Telecom itself is responsible for being unable to realise the amount from the costumers.When there is already provision to cut the telephone connection (Land phone or mobile) of the customer who does not make timely payments, why it is making hue & cry by publishing it? For an ordinary citizen, it is very promptly effected but for the distinguished personality why do they afraid? May be to be on safe job.
Thumbs Up Thumbs Down
0
on 01/01/2010 05:59:09
avatar
सर्वसाधारण जनताहरुले समयमा टेलिफोनको महसुल नतिरे समयमै लाइन काटिने, तर राष्ट्रको पैसा खाएर हिडने नेताहरुले महसुल नतिरे पनि लाइन काट्दैन भन्ने कमजोरी कस्को भयो होला ? हाम्रो लाइन कट्दैन भन्ने हामी पनि त महसुल तिर्न तिर लाग्दैन होला नि । कि कसो ?
Thumbs Up Thumbs Down
7
Indra Dev Rai Pandhare now Mozambique on 01/01/2010 04:39:01
avatar
Kuro prashta 6ni?Ahile ke khau ra bharai ke khau bhanne janatako pahuch bhanda tadhako kuro ho yo.Yaha harek kisimko subidhaharu jahile pani tinai..harule ta lin6ni!Ani sanale kasari tirne ra mahasul?Khabadar aba janata lato 6oina yastalai janata kai jimma lagainu par6.
Thumbs Up Thumbs Down
0
suru on 01/01/2010 03:46:25
avatar
Thanks for pointing out. There should be a very high penalty for people who neglect paying their bills.
People always get by doing these things because our Law and Order system is very shameful.
Thumbs Up Thumbs Down
0
ashok on 31/12/2009 20:24:22
avatar
honea kina yesto vyako ho.paisa n tira pane hu6 vna vyara hola.yesto vyako....j hos sabi la bugra paisa dinu parna ho.
Thumbs Up Thumbs Down
0
total: 6 | displaying: 1 - 6

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?