सिंगापुर जानुअघि नै गिरिजाबाबुलाई क्यान्सरको शंका थियो : सुजाता
नयाँ पत्रिका
काठमाडौं, १४ मंसिर
उपप्रधानमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले पनि पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई क्यान्सरको शंका रहेको बताएकी छिन् । उपचारका लागि सिंगापुर जानुअघि सभापति कोइरालालाई क्यान्सरको शंका आफूहरूले गरेको बताइन् । तर, उनले सभापति कोइरालालाई क्यान्सर भएको हो वा होइन भन्ने केही खुलाएकी छैनन् ।
कोइरालाको छोरीसमेत रहेकी सुजातासँग सञ्चारकर्मीहरूले कांग्रेस सभापति कोइरालाई क्यान्सर भएको हो ? भनेर प्रश्न गरेका थिए । उनले भनिन्, 'डाइनोसिस गर्न जानुभन्दा अघि हामीलाई क्यान्सरको शंका भएको थियो ।' सुजाताले थप केही भन्नुअघि आयोजक रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला भने, 'दिदी यो त वाहियात कुरा हो, होइन दिदी ?' धमलाको यो टिप्पणीपछि सुजाता पत्रकार सम्मेलनबाट उठेर हिँडिन् ।
त्यसअघि सुजाताले पार्टी उपसभापति रामचन्द्र पौडेलसहितका केही वरिष्ठ नेता शान्तिप्रक्रिया भाँड्न लागिपरेको आरोप लगाएकी छिन् । आइतबार होटल माउन्टेनमा आयोजित कार्यक्रममा सुजाताले केही दिनअघि पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको भेटमा ती नेताले उच्चस्तरीय राजनीतिक संयन्त्रको विरोध गर्दै संयन्त्र बन्नै नदिने बताएको जानकारी दिइन् ।
संयन्त्र गठनका लागि छलफल गर्न कोइरालानिवास बेलाइएको भेटमा संसदीय दलका नेतासमेत रहेका पौडेल, उपसभापति प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महतलगायत नेताहरूले संयन्त्रको विरोध गरेको बताइन् । 'उहाँहरू संयन्त्र बन्दैन, बन्न दिँदैनौ, द्वन्द्व भए होस् भनेर हिँड्नुभयो,' उनले भनिन्, पदमा बसेर यस्तो कुरा गर्ने ? शान्तिप्रक्रिया बिथोलेर मुलुकलाई कहाँ पुर्याउन लागिरहनुभएको छ उहाँहरू ।' मुलुक ठूलो द्वन्द्वमा फस्न लागेको भन्दै उच्चस्तरीय संयन्त्र नबने शान्तिप्रक्रिया अवरुद्ध हुने भन्दै सभापति कोइरालाले चिन्ता व्यक्त गरेको उनले बताइन् ।
सुजाताले पार्टीभित्रको विरोधको बाबजुत पनि उच्चस्तरीय राजनीतिक संयन्त्र छिट्टै गठन हुने बताइन् । 'उच्चस्तरीय राजनीतिक संयन्त्रले शान्तिप्रक्रिया, नयाँ संविधान र मुलुकका विद्यमान समस्याको समाधान गर्ने छ,' उनले भनिन् । कांग्रेस सभापति कोइरालालाई राष्ट्रपतिको लोभ नभएको बताउँदै सुजाताले भनिन्, 'उहाँ -गिरिजाप्रसाद) ले डा. रामवरण यादवलाई राष्ट्रपति बनाउनुभएको हो, उहाँलाई हटाएर आफू किन बन्नुपर्यो ।'
एकीकृत माओवादीलाई साथमा नलिई शान्तिप्रक्रिया निष्कर्षमा नपुग्ने दाबी गर्दै सुजाताले भनिन्, 'संविधान निर्माण र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउन माओवादीलाई साथ लिनै पर्दछ । 'उहाँहरू उच्चस्तरीय राजनीतिक संयन्त्रमा बस्नुभयो भने मुलुकलाई राम्रो हुन्छ,' सुजाताले भनिन् ।'



del.icio.us
Digg
Janata Jindabad
la sathi haru ho aba des ma paka shanti hunebhayo yo khusiyali chai singadarbar ma manaena parcha
Post your comment