Newsletter
Email:
Home | देश | चार अपहरणकारी पक्राउ

चार अपहरणकारी पक्राउ

Font size: Decrease font Enlarge font
image

काठमाडौं/ चालीस हजार रुपैंयाँ फिरौतीका लागि अपहरणमा संलग्न चार अपहरणकारी पक्राउ परेका छन् । प्रहरीले दुई दिनअघि अपहरणमा परेका पीडित र अपहरणमा संलग्न चार जनालाई बुधबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार नुवाकोट सुन्दरादेवी स्थायी घर भई टं्यागल बस्ने वर्ष २३ का राजेश थापाको अपहरण गरेको अभियोगमा वर्ष १९ का राजीव श्रेष्ठ, वर्ष २४ का बुद्धरत्न शाक्य, १९ वर्षका विजय केसी र राजेन्द्रप्रसाद गौतम पक्राउ परेका हुन् ।

अभियुक्तहरूले ८ मंसिर मध्याह्न २ वजे थापालाई नुवाकोटको ढुंगेवाट अपहरण गरेर काठमाडौं मखनटोल ल्याएर बन्धक बनाएका थिए । प्रहरीका अनुसार अपहरणकारीले मखनमा रहेको दुर्जमान विलासको कोठामा डेरा गरी बस्ने बुद्धरत्नको कोठामा थापालाई बन्धक बनाएर राखेर उनका परिवारसँग चालीस हजार फिरौती माग गरेका थिए ।

अपहरणकारीले थापाको हत्या गर्ने धम्की दिँदै परिवारलाई फोनमार्फत फिरौती रकम माग गरेपछि उनको परिवार प्रहरीको सम्पर्कमा पुगेको थियो । महाशाखाका अनुसार सूचना आएलगत्तै परिचालित प्रहरीले बुधबार अपहरित थापालाई अपहरणकारीको बन्धनबाट सकुशल मुक्त गरी अपहरणमा संलग्न चारजनालाई पक्राउ गरेको थियो । पक्राउ अभियुक्तहरू काठमाडौं परिसरको हिरासतमा छन् ।

Subscribe to comments feed Comments (0 posted):

total: | displaying:

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?