कोइराला फर्केपछि कुरा मिल्छ
काठमाडौं/ सिंगापुरमा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच भएको राजनीतिक छलफलका साक्षी माओवादी नेता कृष्णबहादुर महराले राजनीतिक समस्या समाधान हुन अरू दुई/चार दिन लाग्न सक्ने बताएका छन् । कोइराला स्वदेश फर्केपछि समस्या समाधान हुने विश्वाससमेत व्यक्त गर्छन् नेता महरा ।
नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्तामा नेता महराले सिंगापुरमा भएको छलफलमा राजनीतिक समस्या समाधान गर्न कोइराला अघिपछिभन्दा अरू गम्भीर रहेकोसमेत बताएका छन् । ँगिरिजाबाबुले कुनै न कुनै निकास दिनुपर्छ, देशलाई मुठभेडतिर लैजानुहुँदैन र समस्याको हल गर्नुपर्छ भन्ने भावनामा पहिला-पहिलाभन्दा अलि बढी कुरा राख्नुभयो,’
अन्तर्वार्तामा नेता महराले भनेका छन्, ँशनिबार हाम्रो केन्द्रीय समितिको बैठक बस्दै छ । बैठकले पनि एउटा दिशानिर्देश गर्ला । गिरिजाबाबु आइतबार आउने कुरा छ । त्यसकारणले अरू दुई/चार दिन समय लाग्ने देखिन्छ । मलाई लाग्छ- उहाँ फर्किसकेपछि स्थितिले एउटा स्वरूप लेला ।’



del.icio.us
Digg
hoina nepal ka kamniusta naam gareka haru kangresko sahara bina bachanai nasakne hun ki kyaho
amale ta sano kangres bhai halyao krantikari naam gareko maaobadi jhan gangres sanga najikinu ko karad k ho bujhnai sakiyena
Maobadi lai pani girija nabhai kehi garna sakidaina bhanne bhhan balla huna dhalechha
note::: sabai janajati le bahun rakhdainan.
mohara ta sadhai mohara hunncha hoinara.......? das kasko ho.......?
tapai ko ho maro ho
Post your comment