Newsletter
Email:
Home | कभरस्टोरी | नेताज्यू, पढाइ कहाँ पुग्यो ?

नेताज्यू, पढाइ कहाँ पुग्यो ?

Font size: Decrease font Enlarge font
image

काठमाडौं, १६ असोज/ प्रमुख दल माओवादी, कांग्रेस र एमालेका शीर्ष नेतामध्ये सबैभन्दा बढी अध्ययन गर्ने नेता को होला तपाईंलाई थाहा छ ? छैन भने थाहा पाइराख्नुहोस् । माओवादी र एमाले अध्यक्ष क्रमशः प्रचण्ड र झलनाथ खनालले स्नातकसम्म अध्ययन गरेका छन् भने कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् ।

सबैभन्दा पुरानो दल कांग्रेस केन्द्रमा स्नातकोत्तर अध्ययन गरेका नेताको बाहुल्य रहेको छ भने मूलधारको कान्छो, तर सबैभन्दा ठूलो दल एकीकृत माओवादीमा सातजना नेताले यो तह छिचोलेका छन् । माओवादी पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ । एमाले केन्द्रीय स्तरका २७ जना नेताले स्नातकोत्तर गरेका छन् ।

६० सदस्य रहेको कांग्रेस केन्द्रीय समितिमा स्नातकोत्तर अध्ययन गरेका ३४ जना छन् भने १२ जना स्नातक अध्ययन गरेका छन् । कांग्रेसमा पिएचडी गर्ने तीनसहित पाँचजना डाक्टर रहेका छन् । चारजना एसएलसी गर्ने छन् भने तीनजना प्रमाणपत्र छन् । एक/एकजना साक्षर र स्वाध्ययन छन् ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आइएसम्मको अध्ययन गरेका छन् भने कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले एमए र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले एमए, बिएल गरेका छन् । संसदीय दलका नेता एवं उपभापति रामचन्द्र पौडेलले एमए, उपसभापतिहरू प्रकाशमान सिंहले एमएस्सी, गोपालमान श्रेष्ठले बिए, महामन्त्रीद्वय कुलबहादुर गुरुङ बिए र विमलेन्द्र निधिले एमए अध्ययन गरेका छन् । कांग्रेसका जेष्ठ केन्द्रीय सदस्य बलबहादुर राई मात्र साक्षर छन् ।

कांग्रेसमा पिएचडी गर्ने पाँचजना नेता छन् । डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. शेखर कोइराला र डा. शशांक कोइराला पिएचडी डाक्टर हुन् ।

त्यस्तै, स्नातकोत्तर गर्ने ३४ नेताहरूमा भट्टराई, देउवा, पौडेल, सिंह, निधि, अर्जुननरसिंह केसी, सुप्रभा घिमिरे, अमरराज कैनी, लक्ष्मणप्रसाद घिमिरे, शिवचन्द्र मिश्र, चिरञ्जीवी वाग्ले, चक्रप्रसाद बाँस्तोला, मानबहादुर विक, गोविन्दराज जोशी र प्रदीप गिरी छन् ।

त्यस्तै, विनयध्वज चन्द, दिलबहादुर घर्ती, बलदेव शर्मा मजगैंया, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, महेश आर्चाय, नरहरि आचार्य, उमा अधिकारी, जिपछिरिङ लामा, पूर्णबहादुर खड्का, ज्ञानेन्द्र कार्की, अर्जुनप्रसाद जोशी, बालकृष्ण खाँण, एनपी साउद, मनमोहन भट्टराई, चित्रलेखा यादव, जीवनबहादुर शाही, महालक्ष्मी उपाध्याय र उमाकान्त चौधरीले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।

त्यस्तै, स्नातक गर्ने १२ नेतामा महामन्त्री गुरुङ, श्यामलाल श्रेष्ठ, रामकृष्ण ताम्राकार, गोपाल पहाडी, गोपालमान श्रेष्ठ, सुनीलकुमार भण्डारी, कृष्णप्रसाद सिटौला, दीपकुमार उपाध्याय, खुमबहादुर खड्का, मीना पाण्डे, दिनबन्धु श्रेष्ठ र भीष्मराज आङ्दम्बे छन् ।

सभापति कोइराला, पूर्णकुमार शेर्मा र सुजाता कोइरालाले प्रमाणपत्रसम्म मात्र अध्ययन गरेका छन् । एसएलसीसम्म अध्ययन गरेकाहरूमा भीमबहादुर तामाङ, इन्द्रबहादुर गुरुङ, पद्मनारायण चौधरी र फर्मुल्लाह मन्सुर छन् ।

कार्यबाहक सभापति सुशील कोइरालाले स्वाध्ययन गरेका हुन् भने राई साक्षर मात्र छन् । कांग्रेसका देउवा, वाग्ले सिटौला, सह-महामन्त्री केसी, पहाडी, कैनी, जोशीलगायतका नेताले दुईदेखि तीनवटा विषयमा स्नातक गरेका छन् ।

एमालेको ८६ पूर्णसदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र सचिव युवराज ज्ञवालीसहित २४ जनाले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् भने उपाध्यक्ष वामदेव गौतम, नेता केपी शर्मा ओली र सचिव विष्णु पौडेलसहित १३ जनाले एसएलसी मात्र उत्तीर्ण गरेका छन् । उपाध्यक्ष अशोक राई र सचिव शंकर पोखरेलसहित एमालेका २७ जना केन्द्रीय नेताहरूले विभिन्न विषयमा स्नातकोत्तर पूरा गरेका छन् ।

यस्तै, उपाध्यक्ष विद्या भण्डारीसहित १८ केन्द्रीय नेताहरूले आइए पास गरेका छन् भने १० कक्षा मात्र उत्तीर्ण गर्ने एक र औपचारिक शिक्षा नै लिन नपाएका एक केन्द्रीय सदस्य एमालेमा छन् ।

स्नातक तहको बिए अध्ययन गर्नेमा एमाले अध्यक्ष झलनाथ खनाल, सचिव युवराज ज्ञवाली, सदस्यहरू केशव बडाल, प्रदीप नेपाल, रवीन्द्र श्रेष्ठ, काशीनाथ अधिकारी, वाचस्पति देवकोटा, नरेश खरेल, नागेन्द्र चौधरी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित छन्् । यस्तै, बिकम पास गर्नेमा वरिष्ठ नेता माधवकुमार नेपाल, राजेन्द्र पाण्डे, विष्णु रिमाल र गुरु बराल छन् । बिएड गर्नेमा महासचिव ईश्वर पोखरेल, सदस्यहरू पशुपति चौलागाइर्ं र भानुभक्त जोशी छन् । बिएल गर्ने एमाले केन्द्रीय सदस्यहरूमा अग्नि खरेल, डिल्लीबहादुर महत र धर्मनाथप्रसाद साह छन् । केन्द्रीय सदस्यहरू पृथ्वी सुब्बा गुरुङले बिएस्सी गरेका छन् भने रघुवीर महासेठले बिई र रकम चेम्जोङले बिटेक गरेका छन् ।

एसएलसी मात्र उत्तीर्ण गर्नेहरूमा उपाध्यक्ष वामदेव गौतम, सचिव विष्णु पौडेल, नेता केपी शर्मा ओली, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, प्रदीप ज्ञवाली, देवीप्रसाद ज्ञवाली, झिल्लुप्रसाद तिवारी, दलबहादुर रानामगर, विनोद श्रेष्ठ, गौरा कोइराला, गंगादेवी डाँगी र सत्यनारायण मण्डल छन् ।

स्नातकोत्तरसरहको अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष अशोक राई, सचिव शंकर पोखरेल, सदस्यहरू भरतमोहन अधिकारी, भीम रावल, उर्मिला अर्याल, रामचन्द्र झा, घनश्याम भुसाल, सहाना प्रधान, गोकर्ण विष्ट, महेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, अरुण नेपाल, बिन्दा पाण्डे, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, भानुभक्त ढकाल, राजेन्द्र श्रेष्ठ, योगेश भट्टराई, राजेन्द्र गौतम, जगन्नाथ खतिवडा, खगराज अधिकारी, प्रकाश ज्वाला, कर्णबहादुर थापा, विजय सुब्बा, गंगालाल तुलाधर, राधा ज्ञवाली र जयन्ती राई छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने एमाले नेताहरूमा उपाध्यक्ष विद्या भण्डारी, सदस्य तुलबहादुर गुरुङ, केशव देवकोटा, देवराज भार, उर्वादत्त पन्त, महमुद आलम, रामप्रीत पासवान, जितु गौतम दर्जी, श्रीमाया थकाली, थममाया थापा, कल्याणी खड्का, टुका हमाल र रामचन्द्र यादव छन् । यस्तै, सोही तहको आइकम अध्ययन गर्ने एमाले केन्द्रीय सदस्यमा गणेश तिमल्सिना छन् भने किरण गुरुङ, नेत्र पन्थी र परशुराम मेघी गुरुङले आइएस्सीसम्म अध्ययन गरेका छन् । यस्तै, मुकुन्द न्यौपानेले प्रथमा -संस्कृत)सम्मको अध्ययन गरेका छन् ।

केन्द्रीय सदस्यहरू वंशीधर मिश्र एमबिबिएस डाक्टर हुन् भने विजय पौडेलले पिएचडीसम्मको अध्ययन गरेका छन् । केन्द्रीय सदस्य ललितकुमार बस्नेतले कक्षा १० उत्तीर्ण गरेका छन् भने वीरबहादुर लामाले औपचारिक शिक्षा लिएका छैनन् । लामा साधारण लेखपढ मात्रै गर्छन् ।

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डसँगै उनको पार्टीको पोलिटब्युरोमा स्नातकसम्मको अध्ययन गरेका नेताको बहुमत छ ।

एकीकृत माओवादीको ४४ सदस्यीय पोलिटब्युरोमा २३ जनाले स्नातक तह उत्तीर्ण गरेका छन् । माओवादीमा सातजना स्नातकोत्तर र ६ जना प्रमाणपत्र तहसम्मको अध्ययन गरेका नेता छन् । आठजनाले एसएलसीसम्म अध्ययन गरेका छन् ।

म्ााओवादीका अध्यक्ष प्रचण्डले कृषि विज्ञानमा स्नातक गरेका छन् । म्ााओवादी सचिव चन्द्रप्रसाद गजुरेल गौरवले बिएस्सी, सचिवालय सदस्य टोपबहादुर रायमाझीले बिएस्सी र माओवादी पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देलले सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । पोलिटब्युरो सदस्य हरिबोल गजुरेल बिकम, अग्निप्रसाद सापकोटा स्नातक उत्तीर्ण हुने नेता हुन् । त्यसैगरी, म्ााओवादी सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरा, पोलिटब्युरो सदस्य लेखराज भट्ट, महासचिव रामबहादुर थापा बादल पनि स्नातक उत्तीर्ण नेता हुन् । सचिवालय सदस्य देव गुरुङ, पोलिटब्युरो सदस्यहरू पम्फा भुसाल, हितमान शाक्य, देवेन्द्र पौडेल, हिसिला यमि, हेमन्तप्रकाश वली, सचिवालय सदस्य नेत्रविक्रम चन्द र अर्का सचिवालय सदस्य वर्षमान पुन अनन्तले पनि स्नातकसम्मको अध्ययन गरेका छन् । पोलिटब्युरो सदस्य धर्मेन्द्र बाँस्तोला, कार्यालय सचिव रहेका माओवादी पोलिटब्युरो सदस्य शक्तिबहादुर बस्नेत, सचिवालय सदस्य लीलामणि पोखरेल र अमीक शेरचन, पोलिटब्युरो सदस्य विश्वनाथ साह तथा नेता राम कार्की पनि स्नातक हुन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पिएचडी गरेका छन् । उनले द नेचर अफ अन्डरडेभलपमेन्ट एन्ड द रिजनल स्ट्रक्चर अफ नेपाल विषयक शोधपत्रमा विद्यावारिधि -पिएचडी) गरेका हुन् । अर्का उपाध्यक्ष मोहन वैद्य किरण र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता हितराज पाण्डे, पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्मा, नेता गिरिराजमणि पोखरेल र पोलिटब्युरो सदस्य निनु चापागाईंले स्नातकोत्तर गरेका छन् ।

प्रमाणपत्र तह अध्ययन गर्ने माओवादी नेतामा पोलिटब्युरो सदस्यहरू हरिभक्त कँडेल, भीमप्रसाद गौतम, लोकेन्द्र विष्ट, कुलबहादुर केसी, खड्गबहादुर विश्वकर्मा र सोनाम साथी छन् ।

म्ााओवादीमा एसएलसी र सोभन्दा कम अध्ययन गरेका नेता पनि छन् । माओवादी स्थायी समिति सदस्य एवं प्रवक्ता दीनानाथ शर्माले एसएलसी गरेका छन् ।

माओवादी सचिव पोस्टबहादुर बोगटी दिवाकरले आठ कक्षा उत्तीर्ण गरेका छन् भने नेता जनार्दन शर्मा प्रभाकरले एसएलसी उत्तीर्ण गरेका छन् । माओवादी पोलिटब्युरो सदस्य चन्द्रप्रसाद खनाल बलदेव र पोलिटब्युरो सदस्य गोपाल किराँती अन्डर एसएलसी हुन् । हाल जनसेनाका कमान्डर रहेका माओवादी नेता नन्दकिशोर पुन पासाङले एसएलसी उत्तीर्ण गरेका छन् भने अर्का नेता आहुतिले पनि एसएलसीसम्मको अध्ययन गरेका छन् । पोटिलब्युरो सदस्य दिलबहादुर श्रेष्ठ पनि एसएलसीसम्म अध्ययन गर्ने नेता हुन् ।

कुन नेताले कति पढेका छन् ?

कांग्रेस

डा.रामशरण महत- पिएचडी

डा. मिनेन्द्र रिजाल- पिएचडी

डा. प्रकाशशरण महत- पिएचडी

डा.शेखर कोइराला- एमए -चिकित्साशास्त्र)

डा.शशांक कोइराला- एमए -चिकित्साशास्त्र)

कृष्णप्रसाद भट्टराई- एमए

शेरबहादुर देउवा- एमए/बिएल

रामचन्द्र पौडेल- एमए

प्रकाशमान सिंह- एमएस्सी

विमलेन्द्र निधि- एमए

अजुर्ननरसिंह केसी- एमए/बिएल

सुप्रभा घिमिरे- एमए

अमरराज कैनी- एमए/बिएस्सी/बिएड

लक्ष्मणप्रसाद घिमिरे- एमई

शिवचन्द्र मिश्र- एमए

चिरञ्जीवी वाग्ले- एमए/बिएल

चक्रप्रसाद बाँस्तोला- एमए

मानबहादुर विक- एमएस्सी

गोविन्दराज जोशी- एमए/बिएल/बिएड

प्रदीप गिरी- एमए

विनयध्वज चन्द- एमए

दिलबहादुर घर्ती- एमए

बलदेव शर्मा मजगैंया- एमए

बलबहादुर केसी- एमए

दिलेन्द्रप्रसाद बडू- एमए

महेश आर्चाय- एमए

नरहरि आचार्य- एमए

उमा अधिकारी- एमए

जिपछिरिङ लामा एमए

पूर्णबहादुर खड्का- एमए

ज्ञानेन्द्र कार्की- एमए

अर्जुनप्रसाद जोशी- एमए

बालकृष्ण खाँण- एमए

एनपी साउद- एमए

मनमोहन भट्टराई- एमए

चित्रलेखा यादव- एमए

जीवनबहादुर शाही- एमए

महालक्ष्मी उपाध्याय- एमए

उमाकान्त चौधरी- एमएस्सी

कुलबहादुर गुरुङ- बिए

श्यामलाल श्रेष्ठ- बिए

रामकृष्ण ताम्राकार- बिकम

गोपाल पहाडी- बिए/बिएड

गोपालमान श्रेष्ठ- बिए

सुनीलकुमार भण्डारी- बिए

कृष्णप्रसाद सिटौला- बिएस्सी/बिएल

दीपकुमार उपाध्याय- बिए

खुमबहादुर खड्का- बिए

मीना पाण्डे- बिए

दीनबन्धु श्रेष्ठ- बिकम

भीष्मराज आङ्दम्बे- बिएल

गिरिजाप्रसाद कोइराला- आइए

पूर्णकुमार शेर्मा- आइए

सुजाता कोइराला- आइए

भीमबहादुर तामाङ- एसएलसी

इन्द्रबहादुर गुरुङ- एसएलसी

पद्मनारायण चौधरी एसएलसी

फर्मुल्लाह मन्सुर- एसएलसी

सुशील कोइराला- स्वाध्ययन

बलबहादुर राई- साक्षर

एमाले

वंशीधर मिश्र- एमबिबिएस

विजय पौडेल- पिएचडी

अशोक राई- स्नातकोत्तर

शंकर पोखरेल- स्नातकोत्तर

भरतमोहन अधिकारी- स्नातकोत्तर

भीम रावल- स्नातकोत्तर

उर्मिला अर्याल- स्नातकोत्तर

रामचन्द्र झा- स्नातकोत्तर

घनश्याम भुसाल- स्नातकोत्तर

सहाना प्रधान- स्नातकोत्तर

गोकर्ण विष्ट- स्नातकोत्तर

महेन्द्र पाण्डे- स्नातकोत्तर

कृष्णगोपाल श्रेष्ठ- स्नातकोत्तर

अरुण नेपाल- स्नातकोत्तर

बिन्दा पाण्डे- स्नातकोत्तर

सुरेन्द्र पाण्डे- स्नातकोत्तर

वेदुराम भुसाल- स्नातकोत्तर

भानुभक्त ढकाल- स्नातकोत्तर

राजेन्द्र श्रेष्ठ- स्नातकोत्तर

योगेश भट्टराई- स्नातकोत्तर

राजेन्द्र गौतम- स्नातकोत्तर

जगन्नाथ खतिवडा- स्नातकोत्तर

खगराज अधिकारी- स्नातकोत्तर

प्रकाश ज्वाला- स्नातकोत्तर

कर्णबहादुर थापा- स्नातकोत्तर

विजय सुब्बा- स्नातकोत्तर

गंगालाल तुलाधर- स्नातकोत्तर

राधा ज्ञवाली- स्नातकोत्तर

जयन्ती राई- स्नातकोत्तर

झलनाथ खनाल- बिए

युवराज ज्ञवाली- बिए

केशव बडाल- बिए

प्रदीप नेपाल- बिए

रवीन्द्र श्रेष्ठ- बिए

काशीनाथ अधिकारी- बिए

वाचस्पति देवकोटा- बिए

नरेश खरेल- बिए

नागेन्द्र चौधरी- बिए

छविलाल विश्वकर्मा- बिए

लालबाबु पण्डित- बिए

माधवकुमार नेपाल- बिकम

राजेन्द्र पाण्डे- बिकम

विष्णु रिमाल- बिकम

गुरु बराल- बिकम

ईश्वर पोखरेल- बिएड

पशुपति चौलागाइर्ं- बिएड

भानुभक्त जोशी- बिएड

अग्नि खरेल- बिएल

डिल्लीबहादुर महत- बिएल

धर्मनाथप्रसाद साह- बिएल

पृथ्वी सुब्बा गुरुङ- बिएस्सी

रघुवीर महासेठ- बिई

रकम चेम्जोङ- बिटेक

वामदेव गौतम- एसएलसी

विष्णु पौडेल- एसएलसी

केपी शर्मा ओली- एसएलसी

अष्टलक्ष्मी शाक्य- एसएलसी

रघुजी पन्त- एसएलसी

प्रदीप ज्ञवाली- एसएलसी

देवीप्रसाद ज्ञवाली- एसएलसी

झिल्लुप्रसाद तिवारी- एसएलसी

दलबहादुर रानामगर- एसएलसी

विनोद श्रेष्ठ -एसएलसी

गौरा कोइराला -एसएलसी

गंगादेवी डाँगी -एसएलसी

सत्यनारायण मण्डल -एसएलसी

विद्या भण्डारी- प्रमाणपत्र

तुलबहादुर गुरुङ- प्रमाणपत्र

केशव देवकोटा- प्रमाणपत्र

देवराज भार- प्रमाणपत्र

उर्वादत्त पन्त- प्रमाणपत्र

महमुद आलम- प्रमाणपत्र

रामप्रीत पासवान- प्रमाणपत्र

जितु गौतम दर्जी- प्रमाणपत्र

श्रीमाया थकाली- प्रमाणपत्र

थममाया थापा- प्रमाणपत्र

कल्याणी खड्का- प्रमाणपत्र

टुका हमाल- प्रमाणपत्र

रामचन्द्र यादव- प्रमाणपत्र

गणेश तिमल्सिना- प्रमाणपत्र

किरण गुरुङ -प्रमाणपत्र

नेत्र पन्थी -प्रमाणपत्र

परशुराम मेघी गुरुङ - प्रमाणपत्र

मुकुन्द न्यौपाने- प्रथमा -संस्कृत)

ललितकुमार बस्नेत - १० उत्तीर्ण

वीरबहादुर लामा- साधारण लेखपढ

माओवादी

प्रचण्ड- स्नातक

चन्द्रप्रसाद गजुरेल- बिएस्सी

टोपबहादुर रायमाझी- बिएस्सी

इन्द्रमोहन सिग्देल- बिई

हरिबोल गजुरेल- बिकम

अग्निप्रसाद सापकोटा- स्नातक

कृष्णबहादुर महरा- आइएस्सी/ बिएड

लेखराज भट्टले- स्नातक

रामबहादुर थापा बादल- आइएस्सिएजी

देव गुरुङ- स्नातक

पम्फा भुसाल- स्नातक

हितमान शाक्य- स्नातक

देवेन्द्र पौडेल- आइकम/आइए/बिएड

हिसिला यमि- बिई

हेमन्तप्रकाश वली- स्नातक

नेत्रविक्रम चन्द- बिएल

वर्षमान पुन अनन्त- बिएल

धर्मेन्द्र बाँस्तोला- बिए

शक्तिबहादुर बस्नेत- स्नातक

लीलामणि पोखरेल- स्नातक

अमीक शेरचन- बिए

विश्वनाथ साह- बिए

राम कार्की- स्नातक

बाबुराम भट्टराई- पिएचडी

मोहन वैद्य किरण- स्नातकोत्तर

नारायणकाजी श्रेष्ठ- एमए

हितराज पाण्डे- स्नातकोत्तर

नारायणप्रसाद शर्मा- स्नातकोत्तर

गिरिराजमणि पोखरेल- स्नातकोत्तर/बिएल

निनु चापागाईं- एमए/शास्त्री

हरिभक्त कँडेल- आइएस्सी

भीमप्रसाद गौतम- प्रमाणपत्र

लोकेन्द्र विष्ट- आइए

कुलबहादुर केसी- प्रमाणपत्र

खड्गबहादुर विश्वकर्मा- आइएड

सोनाम साथी- आइएस्सी

दीनानाथ शर्मा- एसएलसी

पोस्टबहादुर बोगटी- आठ कक्षा

जनार्दन शर्मा प्रभाकर- एसएलसी

चन्द्रप्रसाद खनाल- एसएलसी

गोपाल किराँती- अन्डर एसएलसी

नन्दकिशोर पुन- एसएलसी

आहुति- एसएलसी

दिलबहादुर श्रेष्ठ- एसएलसी

Subscribe to comments feed Comments (58 posted):

ramesh neupane on 20/12/2009 08:13:31
avatar
Neta Haru lai ekpatak school bharna garne pae huntheo ani time ma home work nagarda ko aabastha janne thiya ra samaya ma kam garne thiyake
Thumbs Up Thumbs Down
0
hari on 17/12/2009 18:51:44
avatar
yee hun hamro desh ka mahan karye garne neta haru jab ki yogeta ko hisab le 21 sao satabdi ma pani sachhar ma na ganine bekti pani neta bane pachhi nepal ko halat k hola ta manao madhav yeuta commers liyera padheko chha bhane tehi hisab le aafai lai bechera pm baneko chha ra kangres ma teti dherai chhan padhe lekhe ka tara pani uni haru ko dimak ma gobar bahek khi chhaina
Thumbs Up Thumbs Down
0
Dumi Sutra Mani Rai(from Dubai) on 27/10/2009 19:49:39
avatar
When I read this News really i am wonder ful. because political leader have know how to do slogan.but he don't know how to make plan about develop of country. what need the people? thay don't know so our country going to back ward then other country.all leaders should be improve attitude.
Thumbs Up Thumbs Down
0
Dumi Sutra Mani Rai(from Dubai) on 27/10/2009 19:48:58
avatar
When I read this News really i am wonder ful. because political leader have know how to do slogan.but he don't know how to make plan about develop of country. what need the people? thay don't know so our country going to back ward then other country.all leaders should be improve attitude.
Thumbs Up Thumbs Down
0
ramesh on 11/10/2009 07:50:56
avatar
KP.oli la slc pass gara pani u sita das chalaune khubi chha.
Thumbs Up Thumbs Down
0
bj on 07/10/2009 21:37:33
avatar
Sab neta haru affno pocket bharne na ho.. chahe padeko hos ya napadeko... desh becherai siddaune bhaye
Thumbs Up Thumbs Down
0
Sunil Pandey on 06/10/2009 09:50:05
avatar
J payo tai gaf layachhan patrakar bandu la. Dindndtla ta becholar garaka chhan. secondry level teacher thiya paila.
Thumbs Up Thumbs Down
0
sabnam on 05/10/2009 03:35:35
avatar
पदाई जती भएपनी देश बिकाra गर्ने भनेको रचनात्मक सोच हो त्यसैले पदाईले मात्र देश अधी बद्दैन कहील्यै.
1
Thumbs Up Thumbs Down
2
Nepali Keto on 05/10/2009 00:42:32
avatar
Dr Narayan Khadka chain khoi ta? News lekhne le Ph.D. garekai manchhe lai bhulidine??????????
Thumbs Up Thumbs Down
1
इन्द्र पुन on 04/10/2009 18:50:31
avatar
पदाई जती भएपनी देश बिकाश गर्ने भनेको रचनात्मक सोच हो त्यसैले पदाईले मात्र देश अधी बद्दैन कहील्यै.
Thumbs Up Thumbs Down
2
budhathoki tara on 04/10/2009 16:24:57
avatar
'PADHEKO CHOR BHANDA NA PADHEKO CHOR THIK'bhanne bhanailai pani manan garnu parcha kinaki nepali congres ma dherai padheko report dekhae pani Aaja samma sattama baser Nepal yo gatima puraeka chhan bharstachar,anneya atyachar ghuskhor yehi bhittra nai chhan rastiriyeta k ho bujha pachaeka chhan.
Thumbs Up Thumbs Down
0
sanam on 04/10/2009 15:59:41
avatar
कस्तो संकीर्ण मानसिकता भयको मान्छेले यो योग्यता सुची बनाएको रहेछ, हेर्नुस्त ...
कांग्रेस , एमाले को चाहि पढाई अनुसार सुची बनाएको छ अनि माओबादी को चाही तेसो नगरेर प्रचण्ड शिर्ष स्थान मा राख्न जेपायो तेही गरेर सुची राखेको छ, बाबुराम भट्टराई त कां हो कां ...प्रचण्ड भक्त भएर हो कि अनपढ हरुको संख्या बढी भयको ले पाठक लै अलमल पार्न हो तर नियत राम्रो देखियन/
Thumbs Up Thumbs Down
-1
Kaamred on 04/10/2009 08:40:47
avatar
thukka K.P.Oli and Baam Dev Gautam,yasta pani partyko bisista netaa.saale chorharu.
Thumbs Up Thumbs Down
1
aaa on 04/10/2009 08:31:34
avatar
thuuu...ka mula! yesta anpad neta haruley garda ta desh ko halat najuk varaicha taaaaaaaaa
Thumbs Up Thumbs Down
0
on 04/10/2009 06:35:22
avatar
yo desh ko nata haru ko chal pani usatai cha o
Thumbs Up Thumbs Down
1
ajup on 04/10/2009 06:30:18
avatar
yesto mula anpad haru le ta des chalayeka chan ani desko halat yesto nabhayera kasto huncha ta.maobadi ko ta jhan her na padai lajjai mardo.huna ta banduk uthauna manche marna kina padnu paro ra hoina ta prachanda ji?
khattam banauni bhaye deslai
Thumbs Up Thumbs Down
2
Deepak on 04/10/2009 05:40:39
avatar
YO ARTICLE KO MAIN THEME K HO MAILE BUJHNA SAKINA. COULD YOU ELABORATE IT WRITER JI?
Thumbs Up Thumbs Down
0
Rabindra on 04/10/2009 05:02:27
avatar
Ho Ho astha neta haru le ani kashari desh re educaction sector ma bikash garna sakchas ta? yadi aasthai tal ho bhane desh lai aafu jasthai aanapud banaune pachi parne chainan nischit chas
Thumbs Up Thumbs Down
0
kailash on 04/10/2009 04:27:02
avatar
this show how qualified our notational level leaders and what we can expect form them.
Thumbs Up Thumbs Down
1
nepali babu on 04/10/2009 04:09:02
avatar
nepali congress ko dr.narayan khadka is also the phd holder. if u don know the complete news do not publish the incmplete news also.
Thumbs Up Thumbs Down
0
Rita Katuwal on 04/10/2009 03:38:53
avatar
Yo report pakkai pani congress badi manche le taiyar pareko hunu parcha, congress ka neta haru lai chai 1 number ma agadi Dr. add garera rakhne, Maobadi ka neta chai Phd gareka lai pani last ma lagera naam nai nadekhine gai rakhne? Baburam bhattrai ko beijet gare chhan.
Thumbs Up Thumbs Down
0
yam prasad sharma on 04/10/2009 03:33:47
avatar
yas nayapatri ka malai asadhai man parchha ra naya naya news ko khojle ajha yo garak haru ko lokpriya patrika hun pugeko chha tar yesle namrata sheratha ko niji jiban lai moretulle banayeko le aauda din haruma aru ko nijijiba lai asar naparne gari news dida ajha ramro hunethiyoki
Thumbs Up Thumbs Down
-1
RAM KUMAR SHRESTHA on 04/10/2009 03:14:03
avatar
Dear Writer , Please post if you 100 % sure only do not post any rubbish thing, do you think KP oli only S.L.C. pass??????? he is board first if you do not know that, check in S.L.C. Board list
Thumbs Up Thumbs Down
0
ram on 04/10/2009 02:22:43
avatar
ke garne yo neta ko bhandha maile badhi pareko chhu.
Thumbs Up Thumbs Down
0
chhatra on 03/10/2009 23:43:54
avatar
यस मा दिएका तथ्य हरु केहि गल्ति देखियो जस्तो कि जिपछिरिंग लामा जी को बारे मा मैले यस भन्दा आगाडी उहाँ को एउटा अन्तरबार्ता मा हेरे अनुसर उहाँ ले आठ कक्षा मात्र आध्यन गर्नु भाको भन्ने थियो तर यहाँ दिएको जानकारी मा बिए भनेर भने को रहे छ आगामी दिन हरु मा यस किसिम को जानकरी मुलक लेख हरु प्रकाशन गर्दा यथार्थ रुप मा बुझेर मात्र प्रकाशन गर्न नयाँ पत्रिका को टिम लाई सुझाब दिन चाहन्छु !
Dubai U.A.E.
Thumbs Up Thumbs Down
0
keto on 03/10/2009 21:51:57
avatar
Hishila Yami graduate only? What she did in the uk then? She studied Masters in architect from uk university in scholarship.

This means information given is not reliable.

Another thing,formal education degree doesnt give the measure of studious mind.
Thumbs Up Thumbs Down
0
KIRAN on 03/10/2009 21:37:17
avatar
Maoistko neta haruli kasari bhot diyara Nepali le jitayako hola kasari des chalaucha k Maoist le kahaila bujna ho Nepali le
Thumbs Up Thumbs Down
0
dajubhai on 03/10/2009 18:27:04
avatar
srai dukha ko kura yo chha ki devi prasad gnyali 8 pass matra ho. kaha slc hunu. ma usko 3 pusta chinchhu.
Thumbs Up Thumbs Down
0
कमल पाण्डे on 03/10/2009 16:33:10
avatar
अझैं सम्म मैले सोच्थे हाम्रो देश किन पछाडी छ भनेर ।
बल्ल आज मेरो चित्त बुझ्यो रिजल्ट देखेर
Thumbs Up Thumbs Down
0
sajana on 03/10/2009 15:55:08
avatar
mora harule s.l.c pass garna kaha pathiyo des hakna mara mar gardorai6 baru maile po inter ta pass gare6u
Thumbs Up Thumbs Down
1
Ghan Parajuli Dubai on 03/10/2009 15:34:02
avatar
Dear all those are must those are rong
Thumbs Up Thumbs Down
0
shamvu on 03/10/2009 14:34:35
avatar
Nepali netaharu ko padai matra hoina ki uni haruko soch nai sarai sano cha uni haruko padai jastai soch pani sano cha ra khani natabad kripabad ra fariyabad matra jaaneko chan tyasle deshko pragati hudaina.
Thumbs Up Thumbs Down
1
Nani Babu on 03/10/2009 13:22:06
avatar
many information given in this article is fake and wrong. Pls correct it , don't give wrong information to the reader. What I know is that- Prachanda is B.S Ag and MA in Public administration, Hisila Yami is MA in Architectural engineering,Hitman Shakya MA in political Science, Lila Mani Pokhrel MA, Dina Nath Sharma B, Ed. hun. Testai UML ka Tul Bahadur Gurung MA hun.
Thumbs Up Thumbs Down
0
किशेार पाण्डेय on 03/10/2009 13:07:19
avatar
पढाइ जे जति भए पनि नेता त भएकै छन् किन तचाहियाे याेग्यता <
Thumbs Up Thumbs Down
1
Chinta sharma on 03/10/2009 12:07:59
avatar
K.P.oli sar le ta matra S.L.C........tey bhayara po bala balama kukur jasto bhukchan.........ne.
Thumbs Up Thumbs Down
-105
mahendra shrestha on 03/10/2009 10:30:33
avatar
Amrit Kumar Bohora (UML) le kati padhnu bhayeko ho lekhna birsanu bhaye chha ni patrakar ji
Thumbs Up Thumbs Down
0
Bijaya on 03/10/2009 10:22:52
avatar
Mostly the leaders are educated but that does not reflect in the practice. This is Nepali education standard ...they are useless.
Thumbs Up Thumbs Down
6
kris on 03/10/2009 09:51:52
avatar
yesto 6 des ko neta ko education ani des kasari rambrarai chal6 t
Thumbs Up Thumbs Down
-7
madhavtimalsina on 03/10/2009 09:31:18
avatar
hi no quilification for your country
Thumbs Up Thumbs Down
0
shailesh on 03/10/2009 08:32:28
avatar
yesto stupid article pani publish garne ho ra, padhe lekhe ko bhaye neta hunthe ? chapnai cha bhane crime record, murder, Corruption ko details chapnus, yesto laajai na bhayeko hamro desh ko neta haru ko academic qualification ko kunai meaning chaina...
but tapai ko kehi dosh chaina reporter mahodaya, kina bhane padhe lekhe ko ta tapai haru nai kaha hunuhuncha ra, tapai haru pani neta haru jastai ta ho ni (licence holder broker), politicle link banaune ani patrakarita garne..sab yeutai khale ho tapai haru ek arka mathi dosh lagauna sato afno barema sochnus...
but yesma tapai haru kasai ko galati chaina galati sab janata kai ho jasle mahan neta haru lai vote dincha, tapai jasta reporter haru ko article padhcha, sorry if anybody heart with my opening but it is 100% true...
Thumbs Up Thumbs Down
-3
hamal prem on 03/10/2009 08:10:38
avatar
a neta g padhna ta patha napathe arule
jiskauchan k. pache pachi sun ma sugsndha hunchanita pahile bhumigat huda padhana garo bbhayo abata chaina ni ta aba nati sangai padha laj amanera.
Thumbs Up Thumbs Down
-1
Binod on 03/10/2009 08:00:07
avatar
समाचार हेर्दा हचुवा को भर मा लेखेको जस्तो लाग्यो/ कम्तिमा पनि संबिधान सभा सचिबवालय ले निकालेको डाइरेक्टरि हेरेको भय अलि तथ्य पूर्ण रिपोर्ट बन्थ्यो कि / एस्तो गलत सूचना दिन त भएन नि/ केहि नेता हरु को saichik yogyata गलत दियको छ/
Thumbs Up Thumbs Down
7
raj malla on 03/10/2009 07:29:16
avatar
yasta khatya harule muluk chalauni wa wa wa lajamornu bidese le kati padyako chas bhanyo bhani yati bhanna lai nai laja mornu new nepal ko neta ho,ajai thulo kura garnu mula ho nikai padyako hola bhanyako ta class 8 ko pani rahechha ta yar k kura garni yasto pakhandi haru ko ok new nepali ho
Thumbs Up Thumbs Down
1
biyan on 03/10/2009 06:10:47
avatar
Neta bhane pachhi fail hune matra maile suneko thiye nikai ramro pass garne haru pani rahechhan, Je hos top leader bhanda medium leader haru gatila rahechhan voli ka din ramro banaulan ki.

Biyan
Thumbs Up Thumbs Down
1
ram on 03/10/2009 06:08:16
avatar
k politics ma qualification cgidaina?
Thumbs Up Thumbs Down
2
shree ratna on 03/10/2009 06:06:27
avatar
napadheka neta dherai bhayekole nai deshko halat yesto bhayeko ho.
Thumbs Up Thumbs Down
1
कल्पित चन्द्र खत्रि,बाग्लूङ on 03/10/2009 05:45:23
avatar
केपि वलि बूढा को दिमाख त तगडा नै हो। जाबो एस.एल.सि पढेरा नि सबै नेता लाई पेल्छऩ
Thumbs Up Thumbs Down
2
on 03/10/2009 05:21:59
avatar
this will show how qualified our National Level leaders and how they will lead us to prospertity and development

they are not q
Thumbs Up Thumbs Down
1
Jinky on 03/10/2009 05:09:31
avatar
what is this our ..........................
Thumbs Up Thumbs Down
1
SANJIV on 03/10/2009 05:07:33
avatar
HAHHAHA, KUN NETA KATI PADHEKA CHHAN....
HAHAHHA, KUN NETA LE DESH KA LAGI K KATI KAM GARE TYO CHHAPNU PARYO PATRAKAR JUI.
Thumbs Up Thumbs Down
1
upendra on 03/10/2009 04:30:15
avatar
Lekhak mahodaya hajur ko lekh ma khi galti vaye jasto lagyo ....hamra nepali congress ka yuwa neta arjun narsing jyu Pani PHD DOC hun ni.............
Thumbs Up Thumbs Down
-1
laxmi on 03/10/2009 04:23:34
avatar
k th a malai
Thumbs Up Thumbs Down
0
govinda timalsina on 03/10/2009 04:20:14
avatar
p h d gerne neta lai matra des chalauna dine ho vane desh ma sshanti au6 ho la
Thumbs Up Thumbs Down
2
nepali son on 03/10/2009 04:03:28
avatar
padheka neta bhayepani kukur hun napadheka bhayepani kukur nai hun sabai lai dekhisakyo aba mero deshko k hola???????????
Thumbs Up Thumbs Down
1
sanjeev adhikari pokhara on 03/10/2009 03:45:48
avatar
maobadikai bhasama bhanda pujipati haruko parti kangres ho
janata ko najar ma pujipati navai sichhit ra budimaniharuko parti pani kangres nai sabit bhayo yao samacharle
amale bhanda ta maobadi mai nai sichhit netaharu rahechan tara govar bhariyako dimakha ma kahilyai paribartan bhayan
Thumbs Up Thumbs Down
0
sadd on 03/10/2009 01:42:17
avatar
maobadi haru le jungle bata pani slc pass garechha achamma bo ba
Thumbs Up Thumbs Down
0
nepali babu on 03/10/2009 01:34:47
avatar
patrakar mitra haru nepali congress leader Dr.Narayan Kahadka is also the phd holder in nepali congress, do u know this if you don know keep it in mind and hope from the next time we will not have to read this type incomplete news.sune ko bharma news lekhne haina anusandhan garera lekhnu paryo.
Thumbs Up Thumbs Down
0
Kumar on 02/10/2009 23:47:34
avatar
बिचरा नेपाल, अनी कसरी बिकास हुन्छ ? एस्ता नेताहरुले त देस चलाएका छन! जब पढ्न आउँदैन, जब पास भइदैन अनी सडकमा निस्क्यो ढुङ्गा मुडा गर्‍यो, २,४ बर्ष पछी नेता अनी साम्सद अनी मन्त्री।
हेर के ओली जाबो एस.एल.सी मात्र पढेको रहेछ अनी खोक्छ रङग न् ढंग सँग। पिउन को योग्गेता नहुने हरुलाई देस चलाऊन दिये पछी भुत्रो को देस बन्नु?
Thumbs Up Thumbs Down
-1
total: 58 | displaying: 1 - 58

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
3.17
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?