Newsletter
Email:
Home | मोफसल | 'सोलार कार निर्माता'लाई बधाई र सहयोगको ओइरो

'सोलार कार निर्माता'लाई बधाई र सहयोगको ओइरो

Font size: Decrease font Enlarge font
image

इन्स्युरेन्स कम्पनीद्वारा आठ लाखको कार र दुर्घटना बिमा झन्डै नौ लाखबराबरको आर्थिक सहयोग

बाग्लुङ, १३ कात्तिक/ नेपालमै पहिलोपटक शौर्यऊर्जाबाट चल्ने 'सोलार कार' बनाएपछि एकाएक चर्चामा आएका बाग्लुङका किशोर वैज्ञानिक कुशल केसीलाई आर्थिक सहयोग गर्ने र बधाई दिनेहरूको ओइरो नै लागेको छ ।

बाग्लुङमा बिहीबार एक पुस्तकको विमोचन गर्न आएका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि कुशल निर्मित सोलार कारको अवलोकन गरी सहयोग गर्ने आश्वासन

दिएका छन् ।

तीन महिनाअघिसम्म सोलार कार बन्नेमा आशंका गर्नेहरूसमेत यतिवेला कुशललाई शुभकामना, बधाई र सहयोग प्रदान गर्न तत्पर देखिएका छन् । कार सार्वजनिक गरेको दुई दिन नबित्दै आर्थिक अवस्था सामान्य भएका केसीलाई झन्डै नौ लाखबराबरको सहयोग प्राप्त भएको छ । कुशलले सांस्कृतिक कार्यक्रम, चन्दा संकलन र ऋण लिएर सोलार कारको निर्माण गरेका थिए ।

केसी अध्ययनरत अमृत आदर्श उच्च माविका पि्रन्सिपल महेशचन्द्र प्रधानले बिहीबार मात्रै हिमालयन जेनरल इन्स्युरेन्स कम्पनी लिमिटेडले ६ लाखको कार बिमा र दुई लाखको दुर्घटना बिमा गरिदिएको बताए । प्रधानका अनुसार कुशललाई धेरै थोरै रकम सहयोग गर्नेहरू लगातार सम्पर्कमा आइरहेका छन् ।

'सोलार कार' प्रदर्शनको दिनमै विभिन्न संघ/संस्था र व्यक्तिगतबाट १५ हजार पाँच सय रुपैयाँ संकलन भएको थियो । सोलार कार निर्माणका लागि विद्यालयले एक लाख ३५ हजार रुपैयाँ संकलन गरिदिएको थियो भने काठमाडौंलगायत विभिन्न ठाउँबाट गरी तीन लाख संकलन भएको थियो । बाँकी तीन लाख कुशल स्वयं जुटाएर कार निर्माण गरेका थिए ।

यसैगरी, जिल्ला विकास समितिको सभाहलमा बसेको सर्वदलीय बैठकले प्रतिभाशाली कुशल केसीलाई प्रोत्साहनस्वरूप ५० हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैठकले विलक्षण प्रतिभा भएका कुशल बाग्लुङवासीको गौरव र गर्व भएको निष्कर्ष निकाल्दै जिविसको तर्फबाट सहयोग प्रदान गरिएको स्थानीय विकास अधिकारी जनकराज पौडेलले बताए ।

Subscribe to comments feed Comments (7 posted):

on 01/11/2009 13:26:46
avatar
ramro kuraho yo ta sarkar batnai sahayog hunu par cha
Thumbs Up Thumbs Down
0
shambhu on 01/11/2009 07:30:21
avatar
thank's bro
Thumbs Up Thumbs Down
1
Hem Raj Bist on 31/10/2009 15:52:22
avatar
Syabash Bhai, keep on
Thumbs Up Thumbs Down
1
chandra jyoti tiwari on 31/10/2009 13:16:45
avatar
thanks bhai hami desh ma nabhayapani timro barema padna pauda khusi lagyo . hami bata pani sahayog hun6 . give your contact .
chandra jyoti tiwari
syangja
now : south korea
you r the real scientist
Thumbs Up Thumbs Down
0
Dipak on 31/10/2009 10:17:25
avatar
baigyanik bhai, timro sahasi kam ra mehanatko laagi dherai-dherai dhanyabad. timi mahan bana mero shubhakamana.
Thumbs Up Thumbs Down
0
govinda adhikari on 31/10/2009 01:34:34
avatar
best of luck.keep it up.hope everyone will help him.
Thumbs Up Thumbs Down
0
purna rana magar on 30/10/2009 22:02:03
avatar
yasta partibhaharu bela bakhatma nepal aamale najanmaune hoina tara charchama ayo sakiyo...ha...ha..
Thumbs Up Thumbs Down
1
total: 7 | displaying: 1 - 7

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?