Newsletter
Email:
Home | मोफसल | बलि रोक्न तपस्वीको आह्वान

बलि रोक्न तपस्वीको आह्वान

Font size: Decrease font Enlarge font
image

बारा, २१ असोज  : तपस्वी रामबहादुर बम्जनले बाराको गढीमाइर्ं मेलामा चढाइने बलि रोक्ने चेतावनी दिएका छन्. । बाराको हलखोरियास्थित जंगलमा तपस्यारत बम्जन मंगलबार तपस्यास्थलमा सञ्चारकर्मीमाझ प्रस्तुत भएका थिए ।

प्रत्येक पाँच वर्षमा मंसिरको पहिलो सातादेखि लाग्ने गढीमाईं मेलामा आफ्ना मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वासका साथ भारत, भुटान र नेपालका विभिन्न स्थानबाट लाखौँको संख्यामा भक्तजनहरू बलि चढाउन यहाँ आउने गर्छन् ।

तपस्वी बम्जनले निर्दोष प्राणीको बलि दिएर कुनै पनि भगवान्को पूजा नहुने उल्लेख गर्दै सहमतिबाट बलि नरोकिए आफू स्वयं गढीमाईंमा गई रोक्ने दाबी गरे ।

यता सदियांँदेखि चलिआएको बलिप्रथा कसैले रोक्न नसक्ने गढीमाइर्ंका मूलपुजारी मंगल चौधरीको भनाइ छ । 'बलिकै कारण गढीमाइर्ं मेला विश्वप्रसिद्ध हुन पुगेको छ, यो नेपालकै गौरव हो,' उनको दाबी छ ।

बलि रोक्न तपस्वीले आफूलाई समेत आग्रह गरेको चौधरीले जानकारी दिए । मन्दिरमा बलि नचढाउने विषयमा तपस्वीले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका उच्च अधिकृत, सभासद्, मेलासमितिका सदस्यलाई तपस्यास्थलमै केही दिनअघि आग्रह गरेका थिए ।

'बलिले पुण्य हुँदैन, यसलाई रोक्नुपर्छ,' तपस्यास्थल पुगेका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग कुरा गर्दै तपस्वीले भने, 'बलिको परिणाम अत्यन्त नराम्रो हुनेछ ।'

मंसिर शुक्लपक्ष सप्तमी तिथिदेखि सुरु हुने मेलामा चार दिनसम्म आफू पनि उपस्थित हुने बताउँदै तपस्वी बम्जनले तपस्यास्थल पुगेका व्यक्तित्वलाई बलि नियन्त्रणका लागि पहल गर्न सुझाब दिएको प्रजिअ गौतमले जानकारी दिए ।

'आमाले आफ्नो सन्तानको बलि चाहँदैनन्,' तपस्वीले भने, 'यसको अन्त्य हुनु जरुरी छ ।' प्रजिअ गौतमले बलि रोक्ने र खुला गर्ने अधिकार प्रशासनलाई नभएको बताए । 'यसको निर्णय समाजले नै गर्नेछ,' उनले भने ।

यता, बारा क्षेत्र नं. २ का सभासद् तथा स्थानीय शिवचन्द्र कुशवाहाले गढीमाई मेलामा बलि रोक्न नसकिने बताए । मेला सञ्चालन तथा व्यवस्थित गर्न सक्रियसमेत रहेका कुशवाहाले करोडांँ जनताको आस्था रहेको गढीमाईं मन्दिरको बलिप्रथा रोक्न आफूहरूबाट सम्भव नहुने उल्लेख गरे ।

सेतो मुसा, बोका, कुखुरा, सुंगुर र राँगाको पञ्चबलि चढाई सुरु हुने उक्त मेलामा एक लाखभन्दा बढी बलि चढ्ने गरेको मेला समितिले जनाएको छ ।

Subscribe to comments feed Comments (14 posted):

lostdog on 08/10/2009 17:30:12
avatar
yo pura prachanda lai thaha chha cox dherai bali usle gareka chhan....

answer theu prachanda.....!!!!
Thumbs Up Thumbs Down
0
जीवन थापा on 08/10/2009 09:07:51
avatar
कुनै पनि देवी देउताले कुनैपनि प्राणीको हत्याभएको देख्न चाहदैनन् र रगत खाने त कुरै आउदैन । देवी देउता भनेको सबै प्राणीहरुको आमा बाबु हुन् र आमा बाबुले आफ्नो सन्तानको रगत कसरी खान सक्छन् त्यसैले बलि दिने प्रथा पूर्ण रुपले हट्नु पर्छ । यदि कसैलाई मासु खान मन लाग्छभने पशुपंछी मन्दीरमा होइन अन्तै काटेर खानु पर्छ । स्वच्छ र सफा मनले फूल अविर चढाउनुस् धुपबत्ती बाल्नुस् र आफ्नो कामकर्तव्यमा लगनशील मेहनती इमान्दार अनि सहासी हुनुहोस् भगवान् त्यतिकै खुशी हुन्छन् ।

मैले यो कमेन्ट बलि भन्ने शीर्षकमा नै पठाएको थिएँ र फेरि पनि भन्न चाहन्छु कि प्राणीको बलि चढाउनु धर्म होइन महा-पाप हो । हाम्रो समाजमा अहिले यस्ता कुराहरु धेरैले बुझिसकेका छन् । अहिले पहिलेको तुलनामा हेर्ने हो भने धेरै नै बलि दिनेको संख्या घटीसकेको छ र अबको २/४ वर्षभित्रमा यसलाई शून्यमा झार्नुपर्छ । तवस्वीको कुरालाई सबैले बिचार गरौं र सहयोग पनि ।
Thumbs Up Thumbs Down
0
hari baral jhapali on 08/10/2009 05:52:42
avatar
'आमाले आफ्नो सन्तानको बलि चाहँदैनन्,'IT IS RIGHT BANJAN G.
Thumbs Up Thumbs Down
0
Indra Dev Rai,pandhare,now Mozambique on 08/10/2009 04:40:59
avatar
Achamma 6 ba! yo bamjan pani kahile harau6 kahile feri dekha par6!Nirdosh pashuko bali diyara pani mela sansar bhari famous hun6 ra?Bamjanko bhanai yaha bhane sandarbhik lagyo yas barema sambandhit nikayale tatkal bi4 garnu need 6.
Thumbs Up Thumbs Down
0
KC on 08/10/2009 03:51:03
avatar
Tapasbi le bhaneko kura pani thikai ho, ani parampara ko kura garnu parda chali raheko chalan pani thikai chha. Yo kura manis haruko bektigat kura ho...ani afulai j man lagcha tyo garnu thik hunchha (aru manis lai asar nagarne sandharbha ma). Yo kura le samaj ma kunai asar gardaina. yes lai yetikai chodi dinu bes hunchha. Baru samaj ma bhayeka aru bisangati ka kura ma rok lagaunu thik hola ki(jun kura le samaj ma pratachya asar garcha)...wa kehi kura ko barema rok lagaunu bhanda pani aam manis ma sadbichar bikas garnu bes huncha...yeso bhayema bichar paribartan bhaye pachi bebhar paribartan bhai halcha ni, tara samaya pakai lagcha. Bichar le bhayeko paribartan yugau yug samma huncha.
Yo mero bichar ho,(Yedi kasai ma mero bichar le asar garema, malai maf gari dinu hola)
Thumbs Up Thumbs Down
0
Buddhi Ram Chaudhary on 08/10/2009 03:48:50
avatar
Ram Bahadur Bamjan le Balipratha ko aante garne bhanne kura mero chitta bugheyo thesaile bali prtha ko aante hunu parcha !!!!!!!!!!!!
Thumbs Up Thumbs Down
0
Simana roka magar on 08/10/2009 03:23:27
avatar
Ram Bahadur Bamjan le Bhaneko Bali Pratha Rokne thik ho Thesai le yo kura ma manchu kina ki nirdosh prani ko jayan liyarani kae mankamna pura huncha ra thesai le yo prtha banda garnuprcha banda garnuprcha banda garnuprcha banda garnuprcha ......
Thumbs Up Thumbs Down
0
bijay shahi on 08/10/2009 02:15:49
avatar
you have done a good job
Thumbs Up Thumbs Down
0
pandey suresh on 08/10/2009 00:54:55
avatar
enle bhaneko kura bilkul ramro kura ho tara sadiyau dekhi raheko hamro saskriti lai hatauna na hatauna sakincha na hataunuhuncha.es mela le antarik ra dhrmik parytan(tourism) lai tewa diyeko bhulnu hudaina.teha bali rokera pasu badh rokine haina.....
Thumbs Up Thumbs Down
0
hari on 08/10/2009 00:26:26
avatar
यो रामेले काम पाएछ अब , हिन्दु धर्ममा हस्तक्षेप किन गर्नु ।
Thumbs Up Thumbs Down
1
om nama: on 07/10/2009 22:47:25
avatar
bali chadaaunu bhaneko murkhataaho ! bamjanko bhanai ati nai thik chha !
Thumbs Up Thumbs Down
0
pasu le pani bachna paunu par6a on 07/10/2009 22:00:41
avatar
bamjanko kura ta ramro ho tar pasu rupi manab haru bhagwan laai bali bhan6an aafaile khan6an.
Thumbs Up Thumbs Down
1
Manoj Gurung on 07/10/2009 21:17:09
avatar
Woho yo Ram bahadur bamjan pheri kaha baata aayipugechan ni.... haraudai feri bich bich maa aayera aafu tapaswi ho bhanera prachar maatra garne ho ki, ke ho??? kehi bujhna sakiyena...yo ram bamjan ko baarema... khali prachar maa matra auna ruchaune jasto cha.
Thumbs Up Thumbs Down
0
sadegoru moti on 07/10/2009 20:15:55
avatar
yes Ram you are right i support you aru lai marera afno mag purra hunna aafai mornu parchha ani pura hunchha try not to sacrifice innocent animal domb heads
Thumbs Up Thumbs Down
0
total: 14 | displaying: 1 - 14

Post your comment comment

  • email Email to a friend
  • print Print version
  • Plain text Plain text
Rate this article
0
Poll: आफ्नो मत दिनुहोस्
नयाँ संविधान तोकिएको समयमै बन्ला ?