प्रेमपत्रले गर्यो कमाल !
एक बि्रटिस पुरुष र उसकी स्पेनिस पूर्वप्रेमिका अन्ततः छुट्टिएको १६ वर्षपछि विवाहबन्धनमा बाँधिएका छन् । यसो हुनुमा एक प्रेमपत्रले निकै ठूलो भूमिका निर्वाह गरेको छ । सो प्रेमपत्र एक दशकअघि एक धुनीनिर खसेर कतै हराएको थियो । र, सो प्रेमपत्र फेलापरेपछि यस अभागी प्रेमीजोडीलाई एकाकार तुल्याइदियो ।
स्टिभ स्मिथ र कार्मन रुई-पेरेज दुवै अहिले ४२ वर्षका छन् । १७ वर्षअघि उनीहरूको पिरती सुरु भएको थियो । कार्मन त्यतिवेला दक्षिण-पश्चिमी इंग्ल्यान्डको बि्रक्साममा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत थिइन् र एक वर्षपछि उनीहरूबीच प्रेमसम्बन्ध सुरु भएको थियो । तर, उनी आफ्नो पसल चलाउन पेरिस झरेपछि उनीहरूको सम्बन्ध टुट्यो । केही वर्षपछि, आफ्नो सम्बन्ध फेरि जोड्न स्टिभले स्पेनमै रहेकी कार्मनकी आमाको नाममा चिठी पठाए । यसलाई राख्नेक्रममा यो चिप्लिएर चुलोको पछाडितिर खस्यो र एक दशकसम्म हराउन पुग्यो । यो चिठी जब घर बनाउने ठेकेदारहरूले घर मर्मत गर्न भत्काउने सिलसिलामा फेलापारे । 'मैले चिठी फेलापारेपछि स्टिभलाई एकपल्ट फोन गर्न मन लाग्यो,' रुई-पेरेजले भनिन्, 'फेरि भेट भएपछि त फिल्मी घटनाजस्तै लाग्यो । भेटेपछि फेरि सुरु भइहाल्यो हाम्रो मायाप्रेम ! ' 'मलाई असाध्यै खुसी लागेको छ । हराएको पे्रमपत्रले कमालै गर्यो,' स्टिभले बिहेको दिन, गत शुक्रबार भने । एजेन्सीको सहयोगमा



del.icio.us
Digg
Post your comment