डिआइजीद्वारा तारालाई कान्छी पत्नी स्वीकार
काठमाडौं, ११ माघ
पत्नीहत्याका अभियुक्त डिआइजी रञ्जन कोइरालाले वैदेशिक रोजगार व्यवसायी तारा रेग्मी आफ्नी कान्छी पत्नी भएको स्वीकार गरेका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, 'घरमा सम्बन्ध बिगि्रएपछि उनी -तारा)सँगको सम्बन्ध नजिक्याएँ ।'
प्रहरी परिसर हनुमानढोकाका एसपी राजेन्द्र श्रेष्ठ र अपराध महाशाखाका एसपी सुरेशविक्रम शाहले डिआइजी कोइरालासँग बुधबार बयान लिएका थिए । बयानमा कोइरालाले श्रम मन्त्रालयमातहतको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा कांग्रेसको तर्फबाट सदस्य मनोनीत भएकी रेग्मीलाई आफ्नो आम्दानीको रकमसमेत दिने गरेको सकारेका छन् । प्रहरीका अनुसार रेग्मी बस्ने सातदोबाटोको घर आफ्नै स्वामित्वकै भएको पनि उनले बताएका छन् ।
रञ्जनले पत्नी गीताको हत्या गरेको दिन २७ पुसमा रेग्मीसँग दर्जनौँपटक फोनमा कुरा गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । 'हत्या भएको दिन रेग्मी मलेसियामा थिइन्,' स्रोतले भन्यो, 'तर, घटनाको अघि र पछि पनि उनीसँग कोइरालाको बाक्लो कुराकानी भएको पाइएको छ ।' प्रहरीले अनुसन्धानका सिलसिलामा रञ्जनले प्रयोग गरेको मोबाइलको कल डिटेल्स अध्ययन गर्दा रेग्मीसँगको बाक्लो सम्पर्क पुष्टि भएको हो ।
रञ्जनको बयानले पनि हत्यामा रेग्मीको संलग्नता रहेको आधार भएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, 'वारदातमा संलग्न नभए पनि उनले कसुरदारलाई हत्याका लागि प्रेरित गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिन्छ ।'
गीताको हत्या पुष्टि भएका दिन बिहानभरि रेग्मी ललितपुरस्थित उनकै कार्यालयमा रहेको र हत्याको खबर फैलिएलगत्तै भाग्नुबाट पनि उनले मतियारको भूमिका खेलेको प्रहरीको दाबी छ । 'नत्र, निर्दोष हुँ भन्ने मान्छे भागेर हिँड्दैन,' ती प्रहरी अधिकारीले बताए, 'प्रहरीले खोज्दै छ भनेपछि झन् भाग्दै हिँड्नुबाट पनि उनी निर्दोष छिन् भन्न सकिएन ।'
रेग्मीको खोजीका लागि उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरबाट टोलीहरू परिचालित गरिएको स्रोतले बतायो । उनी भाग्नसक्ने सबै सम्भावित स्थानमा निगरानी बढाएको प्रहरीले जनाएको छ ।
यसैबीच, सरकारी वकिलको रोहबरमा डिआइजी कोइरालाको औपचारिक बयान बिहीबारबाट सुरु हुने भएको छ । हालसम्म उनले प्रहरीलाई दिएका मौखिक बयानबारे बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूसँग छलफल गरेको छ । 'हामीलाई दिएकै बयानलाई कानुनी रूपमा लिपिबद्ध गर्ने प्रयास छ,' छलफलमा सहभागी एक प्रहरी अधिकारीले बताए ।
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment