:
Home | देश | पेट्रोलियमको मूल्यवृद्धि पुनर्विचार हुने

पेट्रोलियमको मूल्यवृद्धि पुनर्विचार हुने

Font size: Decrease font Enlarge font

काठमाडौं, ११ माघ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा पुनर्मूल्यांकन हुने भएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मधेसी मोर्चाबीच बुधबार भएको बैठकमा पेट्रोलियमको मूल्यवृद्धि पुनर्मूल्यांकन गर्ने र माओवादी 'जनसत्ता'ले गरेका निर्णयलाई वैधानिकता दिने विषयमा राजनीतिक रूपमा समाधान खोजिने सहमति भएको हो ।

बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पुनर्मूल्यांकन गर्न मोर्चाका नेताहरूले प्रधानमन्त्री डा. भट्टराईलाई आग्रह गरेका थिए । विद्यार्थीले गरेको आन्दोलनलाई सम्बोधन गर्न मूल्यवृद्धिको पुनर्मूल्यांकन गर्नुपर्ने मधेसी नेताहरूले बताएका थिए । 'पेट्रोलियम पदार्थको मूल्यमा पुनर्मूल्यांकन गर्ने सहमति भएको छ,' बैठकमा सहभागी सद्भावना नेता लक्ष्मणलाल कर्णले भने ।

मन्त्रिपरिषद्को बैठक बिहीबार बस्ने र पुनर्मूल्यांकनको निर्णय गरिने सञ्चारमन्त्री जेपी गुप्ताले जानकारी दिए । 'बिहीबारको मन्त्रिपरिषद्को बैठकमा पुनर्मूल्यांकनगर्ने विषयमा निर्णय हुन्छ,' उनले भने ।

बैठकमा द्वन्द्वकालमा माओवादी 'जनसत्ता'ले गरेका निर्णयलाई वैधानिकता दिने विषयमा राजनीतिक रूपमा समाधान खोजेर संसद् अवरोध हटाउन कांग्रेस र एमालेसँग छलफल गर्ने सहमतिसमेत भएको छ । यस विषयमा प्रधानमन्त्री डा. भट्टराईले बिहीबार कांग्रेस र एमालेसँग छलफल गर्ने भएका छन् । 'जनसत्ता'ले गरेका लिखतलाई वैधानिकता दिने सरकारी निर्णयको विरोधमा कांग्रेस, एमालेलगायत प्रतिपक्षी दलहरूले केही दिनयता संसद् अवरोध गर्दै आएका छन् ।

पछिल्लो समस्या समाधानका लागि विपक्षी दलहरूसँग छलफल गर्न आफूहरूले प्रधानमन्त्रीलाई सुझाब दिएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षसमेत रहेका सञ्चारमन्त्री गुप्ताले बताए । उनल भने, 'तपाईंहरू कांग्रेस र एमालेसँग छलफल गर्नुहोस् र समाधान निकाल्नुहोस् भनेर उहाँहरूलाई सल्लाह दिएका छौँ । प्रधानमन्त्रीले बिहीबार कांग्रेस र एमालेसँग छलफल गर्नुहुने भएको छ ।'

बैठकमा स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकुलाई बिदाइ गर्ने प्रक्रिया तत्काल अघि बढाइने सहमतिसमेत भएको छ । बिदाइ प्रक्रियाको समयसीमा तोक्ने जिम्मेवारी विशेष समितिलाई दिइने भएको छ । प्रधानमन्त्री डा. भट्टराईले विशेष समितिको बैठक बिहीबार बोलाएका छन् ।

यसअघि विशेष समितिले तोकेको समयसीमामा बिदाइ प्रक्रिया अघि नबढाइएको भन्दै मधेसी दलका नेताहरूले प्रधानमन्त्री डा. भट्टराईको ध्यानाकर्षण गराएका थिए । 'अवकाश रोजेका माओवादी लडाकुलाई बिदाइ गर्ने प्रक्रिया अघि बढाउने सहमति भएको छ,' बैठकपछि नेता कर्णले भने, 'बिदाइका लागि समय तोक्ने जिम्मेवारी सेना समयोजन विशेष समितिलाई दिने निर्णय भएको छ ।'

यसैगरी छलफलमा कृषि तथा सहकारी मन्त्रालयलाई विभाजन गरेर सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाउन मधेसी दलका नेताहरूले प्रधानमन्त्रीसँग माग गरेका थिए । उनीहरूले नेपाली सेनामा मधेसी युवाको प्रवेश, समावेशी विधेयक तथा नागरिकताको विषयमा पनि कुरा उठाएका थिए ।

बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, गणतान्त्रिक फोरमका अध्यक्ष गुप्ता, तमलोपाका अध्यक्ष्ा महन्थ ठाकुर र तमलोपा नेपालका अध्यक्ष्ा महेन्द्र यादव सहभागी थिए । सद्भावना अध्यक्ष्ा राजेन्द्र महतो भारतमा रहेकाले सो पार्टीको तर्फबाट लक्ष्मणलाल कर्ण सहभागी थिए ।

यसैबीच विनाविभागीयमन्त्री राजलाल यादवले बिहीबार राजीनामा दिने बताएका छन् । उनले ७ माघमै राजीनामा दिने घोषणा यसअघि गरेका थिए ।

 

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?