:
Home | देश | करोडौँ ठगीमा एभ्को इन्टरनेसनलकी सञ्चालक पक्राउ

करोडौँ ठगीमा एभ्को इन्टरनेसनलकी सञ्चालक पक्राउ

Font size: Decrease font Enlarge font

काठमाडौं, ११ माघ

गाडीको कारोबारको क्रममा करोडौँ ठगी गरेको आरोपमा प्रहरीले एभ्को इन्टरनेसनलकी सञ्चालक विनिता प्रधानलाई पक्राउ गरेको छ । भारतमा समेत करोडौँ ठगी गरेको आरोपमा उनीमाथि रेडकर्नर नोटिस जारी गरिएको थियो ।

भारतीय प्रहरीको प्रस्तावमा विनितालाई पक्राउ गर्न तीन साताअघि मात्र इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएको थियो । इन्टरपोलकै सूचनाको आधारमा थाइल्यान्डबाट बुधबार काठमाडौं आउँदै गर्दा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । प्रहरीले उनको ४०४५७१२ नम्बरको राहदानीसमेत बरामद गरेको छ ।

इन्टरपोलको सूचनाको आधारमा थाइल्यान्डको प्रहरीले विनितालाई नेपाल 'डिपोर्ट' गरिदिई त्यसको जानकारी नेपाल प्रहरीलाई दिएको थियो । भारतमा उनले झन्डै २५ करोड भारुबराबरको ठगी गरेको प्रहरीले जनाएको छ । नेपालमा पनि विभिन्न सर्वसाधारणलाई करिब आठ करोड ठगी गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले विनिताविरुद्ध तीन महिनाअघि नै ठगी मुद्दा अदालतमा दर्ता गरिसकेको छ । काठमाडौं परिसरका इन्सपेक्टर कृष्ण पंगेनीका अनुसार प्रधानदम्पतीले कार बिक्री गरी नामसारी नगरी दर्जनौँ व्यक्तिलाई ठगी गरेका थिए । उनीहरू नेपाल र भारतमा हुन्डाई गाडीको कारोबारमा संलग्न थिए ।

भारतमा भने उनीहरूले सहिता सर्भिसेस प्रालिका नाममा हुन्डाईकै डिलर खोलेका थिए । सिआइबीका इन्सपेक्टर अनुपमशमशेर राणाका अनुसार सो कम्पनीको कारोबारको क्रममा उनीहरूले एसबिआई बैंक भारतलगायतलाई करिब २५ करोड भारतीय तिर्नुपर्ने थियो । गाडीको कारोबारका लागि भनेर लिइएको रकम अन्यत्र दुरुपयोग गरेको र गाडी बिक्रीबाट आउने रकम सहमतिविपरीत अन्यत्र जम्मा गरी उनीहरू ठगी गरी फरार भएका थिए ।

इन्टरपोलले ५ जनवरीमा मात्र विनिताको नाममा रेडकर्नर नोटिस जारी गरेको थियो । व्यवसाय सञ्चालनका लागि बैंकसँग लिइएको 'क्यास क्रेडिट लिमिट' सेवाअन्तर्गत ठगी गरेर उनी फरार भएकी थिइन् । सो ठगी घटनामा विनिताका श्रीमान् सञ्जय तथा अन्य सहयोगीहरू धीरेन तामाङ, अनुप क्षेत्री र माधवी श्रेष्ठसमेत हाल फरार छन् ।

भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा भए पनि सुपुर्दगी सन्धि नभएकाले विनितालाई भारतीय प्रहरीसमक्ष नबुझाइने प्रहरीले जनाएको छ । प्रहरीले उनलाई बिहीबार सीधै अदालतमा पेस गर्ने भएको छ ।

प्रहरीका प्रारम्भिक अनुसन्धानमा ठगी गरेको रकमबाट विनिता थाइल्यान्डमा बस्दै आएकी थिइन् । नेपालमा गाडीको कारोबारमा एभ्को चर्चित कम्पनी थियो । तर, ठगी गरेको आरोपमा मुद्दा परेपछि कम्पनी बन्द गरी उनीहरू फरार भएका थिए ।

 

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?