:
Home | देश | भ्रष्टाचारविरुद्ध जुम्लीहरू दियालो लिएर अख्तियारमा

भ्रष्टाचारविरुद्ध जुम्लीहरू दियालो लिएर अख्तियारमा

Font size: Decrease font Enlarge font

काठमाडौं, ११ माघ

जिल्लामा भ्रष्टाचार व्याप्त भएको भन्दै जुम्लाका जनता हात-हातमा दियालो बोकेर राजधानी आएका छन् । पाँच दिन लगाएर जुम्लाबाट राजधानी आएका जुम्लीहरूले गाउँमा भ्रष्टाचार बढेकाले आफूहरूले दुःख पाएको दुखेसो गरे ।

भ्रष्टाचारको सीमा नाघेकाले गाउँमा पूरै विकास अवरुद्ध भएको उनीहरूको भनाइ थियो । जुम्लाबाट तीन दिन पैदल हिँडेर मान्मा आइपुगेका उनीहरू त्यसपछि सुर्खेत हुँदै दुई दिन लगाएर गत सोमबार राजधानी आएका थिए । जुम्लाबाटै हातमा दियालो लिएर आएका झन्डै ४० जना जुम्लीहरू बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर भ्रष्टचारविरुद्ध आवाज उठाए ।

हातमा दियालो बोकेर एक हुल गाउँले अख्तियार पुग्दा सुरुमा त अख्तियारका अधिकारीहरू आश्चर्यमा परेका थिए । दियालो समाएरै उनीहरूले आयोगमा भ्रष्टाचारीविरुद्ध उजुरी दर्ता गराए । त्यसपछि उनीहरूले सचिव भगवतीकुमार काफ्लेलाई भेटेर भ्रष्टाचारीको नालीबेली सुनाउन पाउनुपर्ने माग गरे ।

सचिव काफ्ले पनि उनीहरूसँग छलफलमा बस्न तयार भए ।

जुम्लीहरूले अख्तियारका सचिव काफ्लेसहितका उच्च अधिकारीहरूसित अख्तियारकै सभाकक्षमा एक घन्टा छलफल गर्दै भ्रष्टाचारीलाई कडा कारबाही गर्न माग गरे । छलफल अवधिभर पनि सबै जुम्लीहरूका हातमा दियालो थियो । 'हामी जिल्लामा भ्रष्टाचारविरुद्ध लड्दालड्दै हैरान भएर यहाँ आएका हौँ, अब तपाईंले केही गरिदिनुपर्‍यो,' सोझा जुम्लीहरूले एक मुखले सचिव काफ्लेसँग आग्रह गरे । उनीहरूले भ्रष्टाचारीहरू नै गाउँघरमा शक्तिशाली भएको भन्दै आक्रोश पोखे ।

जुम्लाको शनिगाउँ गाविस-६ काँडागाउँमा पर्ने कालापाल्त सिँचाइ कुलो मर्मतका लागि आएको पाँच लाख रुपैयाँ सबै झ्वाम पार्ने काम गरिएको भन्दै जुम्लीहरूले उपभोक्ता समितिका अध्यक्ष र इन्जिनियरहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका छन् । कारबाहीको माग गरिएकामा उपभोक्ता समितिका अध्यक्ष मल्ल बुढा र इन्जिनियरहरू रामभक्त शर्मा र रामभरत मण्डल छन् । उजुरी बुझाएलगत्तै अख्तियारले बुधबार नै इन्जिनियहरू शर्मा र मण्डल तथा अध्यक्ष बुढालाई बयानका लागि आयोगमा बोलाउने निर्णय गरेको छ ।

अख्तियार सचिव काफ्लेले कुलो मर्मतका क्रममा भएको पाँच लाख अनियमितताको बारेमा बुधबारदेखि नै छानबिन थालिएको र इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षलाई बयानका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए । 'जुम्लाजस्तो विकट ठाउँमा रहेका बासिन्दाहरू यसरी आयोगमा आएर भ्रष्टाचारीलाई कारबाहीको माग गर्नु निकै सकारात्मक हो, त्यसैले हामीले पनि यो केसलाई गम्भीरतापूर्वक अगाडि बढाएका छौँ,' आयोग सचिव काफ्लेले नयाँ पत्रिकासँग भने ।

जुम्लीहरूले जिल्लामा अख्तियारद्वारा खटाइएका उपआयुक्तहरूले भ्रष्टाचारीमाथि कुनै कारबाही गर्न नसकेको भन्दै सचिवको ध्यानाकृष्ट गराएका थिए । उनीहरूले जिल्लामा सात महिनाअघि नै कुलोमा भएको अनियमितताको छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको भए पनि प्रमुख जिल्ला अधिकारीले कुनै चासो नलिएको बताए । अख्तियारका उपआयुक्त कृष्णमोहन कोइरालालाई पटकपटक भेटी यस विषयमा जानकारी लिन खोज्दा कोइरालाले पनि एक-दुई महिना लाग्छ भन्दै टार्दै आइरहेको जुम्लीहरूले सुनाए ।

आफूहरूले जुम्लाबाट स्वतःस्फुर्त रूपमा भ्रष्टाचारविरुद्ध अभियान थालेको उनीहरूले बताए । 'हामी अति भएर आएका हौँ,' राजधानी आएका जुम्ली समूहको नेतृत्व गरेका स्थानीय वाचे बुढाले भने । उनीहरू आफ्नै खर्च र जोहोमा राजधानी आएका हुन् । आफैँले उत्पादन गरेको आलु, मकै, फापर बेचेर खर्चको जोहो गरी राजधानी आएको उनीहरूले बताए । '६ महिनासम्म अभावैअभावमा बाँच्न विवश छौँ, त्यस्तो ठाउँमा विकास गर्न गएको पैसा पापीहरूले खाइदिन्छन्,' ७८ वषर्ीय लक्षीराम बुढाले भने ।

प्रधानमन्त्रीलाई भेट्ने चाहना

जुम्लीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि भेट्ने इच्छा व्यक्त गरेका छन् । तर, कैयौँ प्रयास गर्दा पनि प्रधानमन्त्रीलाई भेट्ने अवसर उनीहरूले पाउन सकेका छैनन् ।

प्रधानमन्त्रीलाई भेट्ने सम्पर्क सूत्र नहुँदा निकै कठिन भएको उनीहरूले बताए । सिंहदरबारमा गएर भेट्ने प्रयास गरे पनि सिंहदरबारभित्र प्रवेश गर्ने पास कतैबाट पाउन सकेका छैनन् । खर्च-सामल सिद्धिएकाले अब धेरै दिन काठमाडौं बस्न नसक्ने अवस्था उनीहरूको छ । 'आफैँ-आफैँ थोरै खर्चको जोहो गरेर आएका हौँ, अब खर्च सकिएकाले समस्या परेको छ,' वाचे बुढाले भने ।

 

 

 

 

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?