एसएलसी प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा
काठमाडौं, ११ माघ
०६८ को एसएलसी परीक्षाको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा तयार पारिएको छ । सानोठिमिस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको 'सेक्युरिटी प्रेस'मा प्रश्नपत्र छाप्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेरा बनाइएको हो । परीक्षा नियन्त्रण कार्यालय र जनक शिक्षाका कर्मचारीले बिहीबारदेखि सो सुरक्षा घेराभित्र बसेर काम गर्ने तयारी गरेका छन् । सरकारको निर्णयअनुसार अघिल्लो वर्षदेखि एसएलसीको प्रश्नपत्र नेपालमै छाप्न सुरु गरिएको थियो । अघिल्लो वर्ष पनि जनक शिक्षाको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छपाइ गरिएको थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक रामचन्द्र सिलवालले प्रश्नपत्र छपाइका लागि अघिल्लो वर्षभन्दा पनि व्यवस्थित रूपमा काम भइरहेको बताए । प्रश्नपत्र छाप्ने ठाउँमा सबैभन्दा भित्र नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी र बाहिरी तहमा नेपाल प्रहरीलाई खटाइएको छ । सुरक्षाका लागि २५ जना नेपाली सेना, ३० जना सशस्त्र प्रहरी र १५ जना नेपाल प्रहरीलाई खटिएका छन् । केही दिनअघि शिक्षामन्त्रीसहित सुरक्षासम्बन्धी बैठक बसी सुरक्षाको प्रबन्ध मिलाइएको थियो । प्रश्नपत्र छपाइ कार्य २६/२७ दिनमा सक्ने लक्ष्य राखिएको छ । सो अविधिभर कर्मचारी तथा सुरक्षाकर्मी भित्रै रहनेछन् । सुरक्षाकर्मीले खानाको प्रबन्ध आफैँ गर्नेछन् भने पनिका र जनक शिक्षाका कर्मचारीलाई जनक शिक्षाले नै खाना खुवाउनेछ । यस वर्षको एसएलसी परीक्षामा पाँच लाख ६० हजार परीक्षार्थी सहभागी हुने अपेक्षा गरिएको छ । ६ विषय अनिवार्यसहित ५८ विषयको प्रश्नपत्र निर्माण गर्नुपर्नेछ । क्षेत्रगत रूपमा समेत भिन्न हुनेछन् प्रश्नपत्र ।
प्रश्नपत्रलगायत सरकारी गोप्य सामग्री छाप्ने उद्देश्यले नेपालमा १४ करोडको 'सेक्युरिटी प्रेस' भित्र्याए पनि शिक्षाका हाकिमहरू भने एसएलसीको प्रश्नपत्र छाप्न भारत जाने गरेका थिए । संसद्को लेखा समिति, सरकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्नपत्र नेपालमै छाप्ने व्यवस्था गर्न निर्देशन दिएपछि शिक्षा मन्त्रालय, परीक्षा नियन्त्रण कार्यालयले अघिल्लो वर्षदेखि नेपालमै छाप्न सुरु गरेका हुन् ।
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment