:
Home | देश | एक नम्बर क्लब पुलिस

एक नम्बर क्लब पुलिस

Font size: Decrease font Enlarge font
image

नेपाली फुटबलको मानचित्रमा नेपाल पुलिस क्लब निकै लक्की मानिन्छ । पुलिसलाई जस्तो भाग्यको साथ सायद अन्य क्लबका हकमा भने खासै लागू भएको देखिँदैन । भनिन्छ नि चन्द्रमा नै दायाँ भएपछि अरू के चाहियो त ? यो कुरा ठ्याक्कै पुलिसको हकमा लागू हुन्छ । निरन्तर भाग्यको साथ पाउँदा नै नकआउट तथा लिग प्रतियोगितामा पुलिसको यात्रा सधै उपाधिसम्म रहन्छ 

यसको विपरित लाखाँै रुपैयाँ खर्चेका क्लबहरूका हकमा भने भाग्य एक कदम पछाडि रहेको अवस्था छ

 । खेलमा हार- जित भइरहन्छ । हरेक खेलको एकमात्र सत्य हो, हार र जित । तर, अचम्मको कुरा के छ भने पुलिसको हार संख्या धेरै कम छ । यसको हारभन्दा पनि जितको संख्या धेरै देखिन्छ । यसै कारण पुलिसको सफलतामाथि डाह गर्नेहरूका ताँती पनि उत्तिकै भेट्टाउन सकिन्छ । झन् राष्ट्रिय 'ए' डिभिजन लिग प्रतियोगितामा पुलिस नपत्याउँदो पाराले उपाधि जित्यो । पोखरा र बुटवलमा अपराजित रहँदै पुलिसले उपाधि कुम्ल्याउँदा अन्य सहभागी क्लबहरू हेरेकै हेर्‍यै भए 

लिग जित्नका लागि हिमालयन शेर्पा, मनाड मस्र्याङ्दी, एनआरटी, थ्री स्टारले पनि आ-आफ्नो हिसाबले दाबेदारी प्रस्तुत नगरेका होइनन्

 । यी दिग्गज क्लबले उत्कृष्ट खेलाडी समावेश गर्न लाखौँ रुपैयाँ खर्चेका थिए । सो क्लबहरूमा स्टार खेलाडीको कुनै कमी छैन । हिमालयन र मनाङले सहिद स्मारक तथा राष्ट्रिय लिग जित्नका लागि एकसे एक खेलाडी क्लबमा भित्र्याउन लगभग एक करोडको हाराहारीमा रुपैयाँ खर्चे । दुभाग्र्यवश लिगमा उनीहरूको हातमा लाग्यो शून्य 

आखिर सरकारी खर्चमा चलेको पुलिस क्लबको सफलताको राज के हुन सक्छन् ? र पैसाको खोलो बगाएको क्लबले किन असफलता हात पारे ? 'ए' डिजिभन लिगमाथि ह्याटि्रक तथा पहिलो संस्करणकै राष्ट्रिय लिग च्याम्पियन हुन सफल पुलिससँग यही प्रश्न गर्न रूचाइरहेका छन् फुटबल पण्डित तथा समर्थक

 

 

सामान्य अर्थमा विश्लेषण गर्दा पुलिस एक सेट टिम हो

 । जुन अन्य टोलीमा हतपत देख्न पाउँदैन । खेलाडीहरू १२ महिना प्रशिक्षणमा रहने कारणले पनि पुलिस एक सदाबहार फिट टोली हो । यसको विपरीत अन्य टोलीको कथा नै फरक छ । ती क्लबले प्रतियोगिताअगाडि मात्रै खेलाडी एकीकृत गर्छन् र अभ्यास थाल्छ । छोटो समयको तयारी र भनेको समयमा खेलाडी जम्मा पार्न नसक्दा ती व्यावसायिक क्लबको प्रदर्शन एकरूपता हुन नसकेको हो 

पुलिसको सफलताको अर्को पक्ष भनेको प्रशिक्षक विराटकृष्ण श्रेष्ठ

 । पुलिसको प्रशिक्षकका रूपमा विराट आएपछि सो टोली 'ए' डिभिजन प्रतियोगितामा अजय रहेको छ । हुन त विराट आउनुअघि पुलिसको प्रशिक्षकमा योगम्बर सुवाल थियो । नकआउट फुटबलमा विभागीय टोलीलाई सुवालले धेरै सफलता पनि दिलाउन सफल भए 

जति सुवालले नकआउट फुटबल प्रतियोगितामा पुलिसलाई उपाधिको वषर्ा गराउन सफल रहे उनले 'ए' डिभिजनमा गतिलो सफलता दिलाउन सकेनन्

 । अखिल नेपाल फुटबल संघले ०६० सालमा पुलिसलाई सीधै 'ए' डिभिजन क्लबको मान्यता दिँदै लिगमा डेब्यू गराएको थियो । पहिलो तीन संस्करणमा पुलिसले लिगमा चमत्कारी प्रदर्शन गर्न सकेन । तर, विराटको आगमनसँगै पुलिसको भाग्य पनि परिवर्तन भएको धेरैले मानेका छन् । क्लबमा आवद्ध भएको ०६३ सालमै उनले पुलिसलाई 'ए' डिभिजन च्याम्पियन बनाए 

पुलिसमा आवद्ध हुनअघि विराटलाई विरलै चिनिन्थ्यो

खेल जित्न भाग्य र मिहिनेत मात्र भएर नपुग्ने उनको भनाइ छ

 । खेलभूमिमा तेस्रो पक्षको साथ चाहिने उनी बताउँछन् । उनका अनुसार तेस्रो पक्ष भनेको लक अर्थात भाग्य हो । 'कतिपय अवस्थामा खेलेर मात्र हुँदैन, भाग्यको साथ पनि उत्तिकै चाहिने रहेछ,' भाग्यको कुरा गर्दै विराटले भने, 'हामीलाई अक्सर भाग्यको साथ छ, जुन अचम्मको कुरो हो ।'

अक्सर भाग्यको साथ नपाउँदा उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि सो टोली पराजित हुनेगर्छ

 । यस पक्षलाई अन्य फुटबल प्रशिक्षकले झै विराटले पनि स्वीकारे । 'भाग्यको साथ नहुँदा जति मिहिनेत गरे पनि सफलता पाउन सकिँदैन, पूरै नब्बे मिनेटको दौडधुप खेर जान्छ,' उनले भने । पुलिसको सफलता तथा 'ए' डिभिजनमा अपराजित हुनुको कारण भाग्यको पनि हात रहेको उनले बताए 

'हामीलाई तीन पक्षको साथ छ, मिहिनेत, अभ्यास तथा भाग्य,' ५० वषर्ीय विराट बताउँछन्, 'जस कारण हामीले 'ए' डिभिजनको लिग रक्षा गर्‍यो भने राष्ट्रिय लिग पनि हात पार्‍यौँ

 ।' पुलिसको सफलताको राज खोल्दै उनले भने, 'टिम स्पिरिट पनि उत्तिकै हुनु जरुरी छ, एक्लो खेलाडीको भरमा खेल जितिदैन, मैदानमा सबै एकजुट भएर प्रतिस्पर्धा गर्नुपर्छ ।'

व्यवस्थापन पक्ष बलियो हुँदा पनि टोलीको आत्मबल वद्धि हुने उनी बताउँछन्

 । 'यदि व्यवस्थापन राम्रो भएन भने राम्रो टोली पनि पराजित हुन्छ, क्लबको सफलतामा व्यवस्थापनको हात पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ,' उनले भने । वर्तमान समयमा पुलिससँग युवा तथा पुराना खेलाडीको समिश्रण देखिन्छ । दुवै प्रकारका खेलाडी आफ्नो साथ हुँदा विपक्षीलाई पछार्न सकिने प्रशिक्षक विराटले बताए 

'हाम्रो टोलीमा युवा तथा पुराना पुस्ताका खेलाडी छन्, सबैले आ-आफ्नो भूमिका निर्वाह गरेका छन्,' खेलाडीको विश्लेषण गर्दै उनले भने, 'यी खेलाडीहरू खेलको अन्तिम समयमा पनि डटेर खेल्छन्

 ।' यता, प्रशिक्षक विराटको मुख्य विशेषता भनेको विपक्षीअनुसार रणनीति बनाउनु हो । टोलीको स्तरअनुसार उनले खेलाडी छनोट गर्छन् । साथै उनी आफ्नो मास्टर प्लान पनि मैदानमा प्रयोग गरिरहेका हुन्छन् । समयअनुरूप सही रणनीति तथा खेलाडी छनोट गर्न उनी माहिर छन् 

पूर्वन्युरोड टिमका मिडफिल्डर विराटले भने, 'खेलाडीको राम्रो तथा नराम्रो गुण पनि औँल्याउनु पर्छ, खेलाडीहरू कुन-कुन पक्षमा उत्कृष्ट छन् त्यसमा पनि विचार पुर्‍याउनुपर्छ

 ।'

 

-श्रीलोचन राजोपाध्याय

 । विराटलाई सुरुमा राष्ट्रिय खेलकुद परिषद्को फुटबल प्रशिक्षकका रूपमा चिन्थे । त्यसपछि एनआरटी र रानीपोखरी कर्नरको प्रशिक्षकका रूपमा पनि । तर, अब भने विराट भन्नेवित्तिकै पुलिसका प्रशिक्षक भन्ने चर्चा गर्नेको हुल धेरै छ । पुलिस र विराटबीच दुई संयोग मान्न सकिन्छ । विराटले पुलिसलाई एकनम्बर टोलीका रूपमा स्थापित गरे भने पुलिसले विराटलाई एक कुशल तथा उत्कृष्ट प्रशिक्षकका रूपमा चिनाएको छ । विराटले पुलिसलाई 'ए' डिभिजनमा लगातार ४९औँ खेलसम्म अपराजित राखे । पछिल्लो आधा दशकमा पुलिसले लिगमा ७३ खेल खेल्यो । जसमा दुई खेलमा मात्र हारको सामना गर्‍यो । ०६३ को संस्करणमा पुलिस पहिलोपटक ब्वाइज युनियनसँग अप्रत्याशित रूपमा पराजित भएको थियो । त्यसपछि अन्तिमपटक पुलिस मनाङसँग लिगको अन्तिम खेलमा पराजित भएको थियो । लिगमा लगभग ८० प्रतिशत जितको कीर्तिमान पुलिसले राखेको छ 

चुन-चानचुने तथ्यांक भने होइन

 । स्वयं प्रशिक्षक विराटले सफलताको यसरी बयान गर्छन्, 'खेल जित्न मिहिनेत चाहिन्छ र खेलाडीभित्र डेडिकेसन हुनु पर्छ ।' अफ द फिल्ड र अन द फिल्डमा खेलाडीले अल्छी गर्नु नहुने उनी बताउँछन् । 'दुवै पक्षमा कडा मिहिनेत गर्‍यो भने टोलीले सधै सफलता पाउँछ,' विराटले भने, 'त्यसपछि खेल जित्न गाह्रो छैन ।'
 

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?