:
Home | देश | भारतले प्रहरी एकेडेमी बनाइदिने , पाँच वर्षसम्म भारतकै सल्लाहकार राख्न सर्त

भारतले प्रहरी एकेडेमी बनाइदिने , पाँच वर्षसम्म भारतकै सल्लाहकार राख्न सर्त

Font size: Decrease font Enlarge font
image

काठमाडौं, १० माघ
नेपाल प्रहरीको प्रशिक्षण प्रतिष्ठान -एकेडेमी) निर्माणका लागि भारतले पाँच वर्षसम्म आफ्नो मुलुकका अधिकारीलाई सल्लाहकार राख्नुपर्ने सर्त अगाडि सारेको छ । नेपाल पक्षले सल्लाहकार राख्ने सर्तमा सहमति दिएको स्रोतले बतायो ।
भारतको नयाँदिल्लीमा २ र ३ माघमा सम्पन्न नेपाल-भारत गृहसचिवस्तरीय बैठकमा भारतीय पक्षले तीन अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरेर एकेडेमी बनाइदिने प्रस्ताव राखेको थियो । यस विषयमा छलफल गरी केही महिनाभित्रै सम्झौता-पत्रमा हस्ताक्षर गर्ने गृहकार्य दुवै पक्षले थालेका छन् ।
स्रोतका अनुसार भारतका तर्फबाट सल्लाहकार राख्ने सर्तकै कारण लामो समयदेखि प्रहरीको एकेडेमी बनाउने प्रस्ताव रोकिँदै आएको थियो । सचिवस्तरको वार्तामा सल्लाहकार राख्ने सहमति नेपाल पक्षले दिएपछि भारतले एकेडेमी बनाइदिन सहमति जनाएको छ । एकेडेमी निर्माणलगायत कामको जिम्मा पनि भारतले नै लिने स्रोतले बतायो ।
'प्रहरी एकेडेमी बनाउन छिट्टै सम्झौता-पत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ,' बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता शंकर कोइरालाले भने, 'भारतले यही वर्षबाट सहयोग गर्ने इच्छा देखाएको छ ।'
भारतले एकेडेमी निर्माणका लागि केही वर्षअघि नै प्रस्ताव गरेको प्रहरी उच्च स्रोतले बतायो । त्यतिवेलाको प्रस्तावमा पाँच वर्षसम्म सल्लाहकार राख्ने सर्त राखिएको थियो । नेपाल पक्षले भने एक वर्ष मात्र एकेडेमीमा भारतका सल्लाहकार राखिने जनाउँदै आएको थियो । सल्लाहकार राख्ने सहमति नेपाल पक्षले दिएपछि केही महिनाभित्रै एकेडेमी बनाउने विषय टुंग्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । गृह मन्त्रालय स्रोतका अनुसार तीन वर्षसम्म एकेडेमीमा भारतीय सल्लाहकार राख्ने प्रस्ताव नेपालले राख्नेछ ।
एकेडेमीमा केही वर्ष आफ्नो सल्लाहकार राख्ने भारतीय प्रस्तावका विषयमा प्रहरीमा विरोध भएको छ । प्रहरीलाई पढाउने ठाउँमा नै विदेशका सल्लाहकार राख्दा त्यसले संगठनलाई नकारात्मक असर पर्ने केही प्रहरी अधिकारीले बताएका छन् । तर, भारत सरकारकै तलबमा बस्ने भनिएको सल्लाहकारको भूमिका भने प्रष्ट भइसकेको छैन । छिट्टै हुने सम्झौतामा त्यससम्बन्धी विस्तृत कुरा प्रष्ट हुने प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले बताए ।
एकेडेमी निर्माणका लागि नेपाल प्रहरीले काभ्रेको पनौतीमा केही वर्षअघि नै जग्गा खरिद गरिसकेको छ । हाल महाराजगन्जस्थित प्रहरी एकेडेमी साँघुरो रहेको र धेरै समस्या भएकाले एकेडेमीलाई बाहिर सार्न प्रयास गरिएको थियो । स्रोतका अनुसार करिब १८ वर्षअघि मोतीलाल बोहोरा प्रहरी महानिरीक्षक भएको वेलादेखि नै पनौतीमा एकेडेमी बनाउन प्रयास सुरु भएको थियो ।
गृहसचिवस्तरको बैठकमा सीमा क्षेत्रका समस्याको विषयलाई सम्बोधन गर्न दुवैतर्फ सम्पर्क व्यक्ति राख्ने सहमति पनि भएको छ । यसका लागि नेपाल प्रहरीले डिआइजी विनोद सिंहलाई सम्पर्क व्यक्तिको रूपमा तोकेको छ ।
अपराध अनुसन्धानमा दुवै देशले टेलिफोन विवरण उपलब्ध गराएर सहयोग गर्ने तथा सीमापार अपराध नियन्त्रणमा मिलेर काम गर्ने पुरानै सम्झौतालाई यसपटक उठाइएको थियो । नेपालमा मोबाइलको सिम वितरण प्रणालीमा कडाइ नहुँदा अपराध बढेको भन्दै भारतीय पक्षले असन्तुष्टि जनाएको बैठकमा सहभागी एक अधिकारीले बताए । लिखित रूपमा भने यसपटक अन्य विभिन्न ३० बँुदे सहमति भएको थियो ।

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (7 posted)

avatar
laxmi nakarmi 28/01/2012 15:42:17
Bharat le nepal ko prahari prashasan sanchaln matrai hoina Purai rajya sanchalan gari rakheko chha ni yi neta haru ta bukhyacha matrai ta hunn ni..
avatar
NEPAL ko NEPALI 27/01/2012 21:23:43
Nepal pachale India ko "salahakar" Nepal Prahari ma ek barsa rakhne ta ke 'ek din pani' rakhna mildaina! Shankar Koirala ra aru ka kasko yo kamma sahabhagi bhaeka chan! Belaima bichar pugoas.
avatar
NEPAL 27/01/2012 21:01:49
India ko 'salahakar' Nepal Prahari ma hainaki "TIA" bata 'Air Marshal' jati sakdo chito hataunu parcha. Khai kura bujheko!
avatar
yogi 27/01/2012 02:27:35
indiale nepal ko suraksya ma pratyakchya
hastachhep garna lageko ho yo...
we dont need your f***ing help bastard...
avatar
zohan 26/01/2012 22:57:02
any kind of agreement is harmfull for nepal and benifit for india .we know that india can create accodomy it's not a big deal for india but why it want to rule over it we have to think deeply about it so for us benifit is that we got the accodomy only that nothings more than that . but india wants some thing special so it want to be the judge ..and heldle all the force ....be careful nepaland nepali janta ?its not most inportant ,our nation is most IMPORTANT ....
avatar
Bhusan Karki 26/01/2012 11:14:50
This condition of India is anti for Nepal so it is not acceptable for Nepal and Nepali so If this condition accept by this Government it is also another mistake for the Nation so don't be over ambitious for black listed governing.
avatar
limbu 25/01/2012 11:06:18
Nepal is not india Mr bijaya tharu and you are not indian.India no need to built police acaademy in Nepal.Nepali people oppose indian adviser for nepal police.Nepal is sovereign country.
total: 7 | displaying: 1 - 7

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?