:
Home | देश | चितवनको कार्यक्रम काठमाडौंबाटै स्काइपमार्फत प्रमुख अतिथि

चितवनको कार्यक्रम काठमाडौंबाटै स्काइपमार्फत प्रमुख अतिथि

Font size: Decrease font Enlarge font
image

काठमाडौं, १० माघ

चितवनमा शिक्षा सेवाका अधिकृतहरू मंगलबार तालिम केन्द्रमा भेला भएका थिए । प्रमुख अतिथिका रूपमा शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशकलाई निम्त्याइएको थियो ।

कार्यक्रमको समय बिहान साढे दश बजे तोकिए पनि प्रमुख अतिथि कार्यकारी निर्देशक सूर्य गौतम चितवनमा पुगेनन् । उनले केन्द्रीय कार्यालयमै बसेर प्रमुख आतिथ्यता ग्रहण गरे र कार्यक्रमको समापन पनि गरे । टेलिफोनबाट आवाज सुनाएर होइन, कार्यक्रमस्थलमा भिजुअलसहित व्यापक अन्तर्त्रिmया भयो । केन्द्रबाट प्रमुख अतिथि र चितवनका सहभागीको संयुक्त फोटोसेसनसमेत भयो ।

शैक्षिक जनशक्ति विकास केन्द्रले खुला सिकाइको माध्यमबाट तीनमहिने तालिम सञ्चालन गर्ने क्रममा आधुनिक प्रविधिको व्यापक प्रयोग गरेको हो । 'स्काइप'का माध्यमबाट तालिममा सहभागीको गुनासो तथा जिज्ञासाको सम्बोधन गरिएको थियो । अनलाइनबाटै सहभागीसँग प्रत्यक्ष सवालजवाफसमेत भएको थियो ।

'हामीले तालिमका क्रममा पहिलोपटक सूचना-प्रविधिको प्रयोग गरेका छौँ,' केन्द्रका कार्यकारी निर्देशक गौतमले भने, 'कार्यक्रमस्थलमा प्रत्यक्ष पुग्न नसके पनि प्रविधिको प्रयोगले सहज रूपमा सम्भव भयो ।'

जिल्ला शिक्षा कार्यालय चितवनका

जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले समापन कार्यक्रममा स्काइपको प्रयोगले तालिमलाई धेरै फाइदा पुगेको प्रतिक्रिया दिए । उनले जिल्लामा उठेका जिज्ञासा केन्द्रबाट अनलाइनमार्फत समाधान हुँदा धेरै फाइदा पुगेको बताए । यस्तो प्रविधिलाई शिक्षा क्षेत्रमा धेरै प्रयोग गर्दै जानेसमेत शर्माको भनाइ थियो ।

तीनमहिने खुला सिकाइको माध्यमबाट तालिम सञ्चालन गर्ने क्रममा पहिलो फेजको सातदिने कार्यक्रम समापन भएको छ । तालिममा शिक्षा सेवाका १५ अधिकृतको सहभागिता थियो । ४ माघबाट सुरु भएको पहिलो फेज मंगलबार सकिएको छ ।

 

 

From Other News sources (English)

Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com

Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...
 Visit website

Nepal running on empty as energy crisis deepens - The News International

Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...
 Visit website

Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub

Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...
 Visit website

Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post

National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...
 Visit website

Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)

Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?