शान्ति र संविधानका लागि एकढिक्का ः प्रचण्ड
पाल्पा, १० माघ
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधानका लागि पार्टी एकढिक्का भएर अगाडि बढ्ने बताएका छन् । उनले एकताबद्ध भएर जनयुद्धका उपलब्धिलाई रक्षा गरी पार्टीको जनलहर ल्याउन कार्यकर्तालाई निर्देशन दिए ।
'जनयुद्धको उपलब्धि रक्षा गर्न माओवादीकै नेतृत्वमा शान्ति र संविधानलाई टुंगोमा पुर्याउने काम भएकाले हामी नेताहरू पनि एक भएर आएका छाँै,' पाल्पामा मंगलबार आयोजित माओवादीको मगरात र तमुवान राज्य समितिको केन्द्रीय राजनीतिक तथा विचारधारात्मक प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, 'तपाईंहरू पनि एकढिक्का भएर लाग्नुस्, पार्टीमा देखिएको विवाद सहमतिमा टुंग्याउने अठोट हामीले गरेका छौँ । पार्टी कुनै पनि हालतमा फुट्दैन । अब माओवादीको जनलहर ल्याउन तपाईंहरू लाग्नूस् ।'
प्रशिक्षणमा उपाध्यक्ष मोहन वैद्य किरणले जति विवाद देखिए पनि पार्टी नफुट्ने बताएका थिए । 'सहमति नभएका विचार खुला रूपमा कार्यकर्तामाझ सबैले लैजानुपर्छ र बहस हुन जरुरी छ,' प्रशिक्षणमा किरणको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, 'जति विवाद देखिए पनि पार्टी भने फुट्ने छैन । सम्मानजनक रूपमा जनसेनाको समायोजन गर्नुपर्छ, त्यसो भएन भने अहिले भनिएको एकता देखावटी हुनेछ ।'
अर्का उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरू पार्टी एकताको सन्देश दिन प्रशिक्षणमा आएको बताए । माओवादीकै नेतृत्वमा शान्ति र संविधान निर्माण टुंगोमा पुर्याउनुपर्ने पनि उनको भनाइ थियो ।
'अहिले पार्टीको एकताको सन्देश दिन संयुक्त रूपमा आएका छौँ । पार्टीमा देखिएका विवादहरू त्रिपक्षीय रूपमै बसेर समाधान गर्ने र जोडतोडका साथ कार्यान्वयन गर्न सहमति बनेको छ ।' प्रशिक्षणमा डा. भट्टराईले भने, 'माओवादीकै नेतृत्वमा शान्ति र संविधानलाई टुंगोमा पुर्याउनुपर्दछ । माओवादी नेतृत्वविनाको सरकार भएमा जनमुखी तथा जनयुद्धको भावनाअनुसारको संविधान निर्माण गर्न कठिन हुनेछ ।'
प्रशिक्षण कार्यक्रममा शीर्ष नेताहरूले पार्टीमा भएको सहमति, प्रस्तावहरू तलैसम्म छलफल गर्नेलगायत विषयबारे पनि प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा मन्त्रीहरू टोपबहादुर रायमाझी, लोकेन्द्र विष्टलगायत नेताहरू आएका थिए । दुई दिनसम्म चल्ने प्रशिक्षणमा मगरातका नौ जिल्ला र तमुवानका आठ जिल्ला गरी १७ जिल्लाका करिब सात सय राज्यसमितिका सदस्य सहभागी छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी हुनुअघि पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलनमा पनि प्रचण्डले शान्ति र संविधान निर्माणका लागि पार्टी एकढिक्का भएर अघि बढ्ने बताएका थिए । एकताको सन्देश लिएर पाल्पा आएको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री डा. भट्टराईले एक साताभित्र अर्काे 'ब्र्रेक थ्रु' हुने उल्लेख गर्दै आफ्नै नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकारमा परिणत हुने बताए । यसबारे दलहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।
प्रधानमन्त्री डा. भट्टराईले 'जनसत्ता' लाई वैधानिकता नभई द्वन्द्वकालमा भएका लेनदेनलाई कसरी औपचारिकता दिने भन्ने विषयमा मात्र सरकारले निर्णय गरेको बताए । दलहरूको आपत्तिप्रति छलफल गरेर अगाडि बढ्ने पनि उनको भनाइ थियो । केही दिनअघि सरकारले द्वन्द्वकालमा माओवादी 'जनसत्ता'ले गरेका जग्गासम्बन्धी निर्णयलाई कानुनी मान्यता दिने निर्णय गरेको थियो ।
यसैगरी प्रधानमन्त्री डा. भट्टराईले बाध्यताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको बताए । अन्तर्राष्ट्रियस्तरमै पेट्र्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले केही रकम मात्र बढाएको उल्लेख गर्दै उनले अझै पनि आयल निगमको मासिक घाटा एक अर्ब रुपैयाँ हुने गरेको दाबी गरे ।
यसैबीच, पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलित विद्यार्थीले प्रधानमन्त्री डा. भट्टराईलाई कालो झन्डा देखाएका छन् । अनेरास्वियु, नेविसंघ र अनेरास्वियु छैटौँ समर्थित विद्यार्थीले प्रधानमन्त्रीलाई कालो झन्डा देखाएका हुन् ।
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment