देउवाले बोलाए जिल्ला
काठमाडौं, १० माघ
सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको विवादले कांग्रेसभित्र थप रँडाको मच्चाउँदै छ । पार्टीभित्र आफ्नो पकड बलियो बनाउन दुवै पक्ष 'बार्गेनिङ'मा उत्रिएका छन् । दुवै पक्ष छुट्टाछुट्टै छलफलमा जुटेका छन् ।
सभापति कोइरालाले तत्काल भ्रातृ संस्था र पार्टीका विभाग गठन गर्न सहमतिको प्रस्ताव सर्तसहित देउवासमक्ष पुर्याएका छन् भने देउवाले कोइरालाको प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । संस्थापन पक्षलाई दबाब दिन देउवाले फागुन पहिलो साता आफूपक्षीय जिल्ला सभापतिको भेला बोलाएका छन् । त्यसअघि उनले आफूनिकट केन्द्रीय सदस्य र सभासद्हरूको भेला बोलाएर छलफल गर्ने भएका छन् ।
सभापति कोइरालाले मंगलबार देउवापक्षीय नेता खुमबहादुर खड्का र डा. मिनेन्द्र रिजालमार्फत भ्रातृ संस्थाहरूको विवाद मिलाउन र पार्टी विभाग गठन गर्न देउवालाई प्रस्ताव गरेका थिए । संसदीय बोर्ड गठन र बाँकी केन्द्रीय सदस्य मनोनयन त्यसपछि मात्रै गर्ने सभापतिको प्रस्ताव थियो । देउवाले भने सभापतिको प्रस्ताव अस्वीकार गरेका छन् । विवादका कारण महाधिवेशन भएको डेढ वर्ष बितिसक्दा पनि कांग्रेसले ५ केन्द्रीय सदस्य अझै मनोनीत गर्न सकेको छैन ।
स्रोतका अनुसार सभापति कोइरालाले तरुण दल र महिला संघको नेतृत्व देउवालाई दिने प्रस्ताव गरेका छन् । त्यस्तै, पार्टीको परराष्ट्र र संगठनबाहेकका विभाग पनि सहमतिमा गठन गर्ने कोइरालाको प्रस्तावमा छ । कांग्रेसको विधानमा ३२ वटा विभागको व्यवस्था छ । विधानः प्रशिक्षण विभागको प्रमुख पार्टी उपसभापति हुने गर्छ ।
वरिष्ठ नेता देउवाले भने सबै विवाद प्याकेजमै हल गरिनुपर्ने अडान लिएका छन् । यसका लागि सभापति कोइराला सकारात्मक भए आफू सहमतिका लागि तयार रहेको देउवाले आफूनिकट नेतालाई बताएका छन् । सभापति कोइरालाको प्रस्तावपछि देउवाले मंगलबार नै आफ्नो निवास बुढानीलकण्ठमा आफूनिकट केही वरिष्ठ नेतासित यसबारे छलफल पनि गरेका छन् ।
देउवा निवासमा भएको छलफलमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, गोविन्दराज जोशीलगायत करिब
एक दर्जन नेताको उपस्थिति थियो । छलफलपछि देउवाले सभापति कोइरालासित स्पष्ट कुराकानी गर्न गोपालमान श्रेष्ठसहितका तीन नेतालाई जिम्मा दिएका छन् ।
स्रोतका अनुसार कोइरालाको प्रस्तावमाथि छलफल गर्न तथा आगामी रणनीति बनाउन देउवाले १७ र १८ माघमा आफूनिकट केन्द्रीय सदस्य र सभासद्हरूको भेला बोलाएका छन् । त्यसको निष्कर्षमाथि थप छलफल गर्न ३ र ४ फागुनमा जिल्ला सभापतिहरूको भेला बोलाइएको छ । जिल्ला सभापतिहरूको भेलाको प्रबन्ध मिलाउन ललितपुरका सभापति मदन आमात्य र सिन्धुपाल्चोकका सभापति मोहन बस्नेतलाई जिम्मा दिइएको स्रोतको दाबी छ ।
देउवापक्षीय भेलामा सहभागी एक नेताका अनुसार देउवाले भ्रातृ संस्थालाई मिलाएर गठन गर्ने भए नेतृत्व पाउने पक्षले संगठनभित्र सामान्य बहुमत पनि पाउनुपर्ने अडान राखेका छन् । कोइरालाले भने विघटन हुनुअघि संगठनमा जुन पक्षको नेतृत्व थियो, अहिले पनि त्यही पक्षलाई नेतृत्व दिने प्रस्ताव गरेका छन् ।
यता सभापति कोइराला पक्षले पनि केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको भक्तपुरस्थित घरमा छुट्टै छलफल गरेको छ । देउवा सहमतिमा नआए बहुमतबाटै भए पनि निर्णय गरेर अगाडि बढ्ने मनस्थिति संस्थापन पक्षको छ । सभापति कोइरालासमेत उपस्थित रहेको छलफलले सहमतिका लागि पहल गर्ने र देउवा सहमतिमा नआए बहुमतको निर्णयबाटै भए पनि भ्रातृ संस्थाहरू र विभाग गठन गर्ने निष्कर्ष निकालेको छ । तर, यसबारे नेताहरू औपचारिक रूपमा केही बोल्न चाहँदैनन् ।
देउवा निवासमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले संस्थापन पक्षले सबै विवाद एकैपटक हल गर्नुपर्ने बताए । 'मूलभूत कुरा नमिलाई मसिना कुरामा सहमति गरेर केही हुन्न । खण्डखण्ड गरेर विवाद मिलाउनुको सट्टा एकैपटक समाधान खोजिनुपर्छ', उनले नयाँ पत्रिकासित भने । सबै विवाद नमिलाए पार्टी अर्को महाधिवेशनमा जाँदा पनि द्विविधा र विवाद हुने उनले बताए ।
पार्टीभित्रको विवाद मिलाउन आफूलाई सभापति कोइराला वा वरिष्ठ नेता देउवा जोसुकैले पहल गर्न भने पनि तयार रहेको नेता श्रेष्ठले बताए । 'विवाद मिलाउन सभापतिले भने पनि देउवाले भने पनि म तयार नै छु । सेतुको काम गर्न म जहिले पनि तयार छु,' उनले भने ।
पार्टीभित्रको विवाद मिलाउन सभापति कोइरालाले यसअघि देउवालाई मंसिर महिनाभित्र मनोनीत गर्ने केन्द्रीय सदस्यहरू, विभाग, संसदीय बोर्डमा राख्नुपर्ने सदस्यहरू र भ्रातृ संस्थाका नेतृत्वको नाम दिन भनेका थिए । तर, देउवाले अहिलेसम्म नाम दिएका छैनन् । त्यस्तै, संस्थापन पक्षलाई दबाब दिन देउवाले दसैं लगत्तै बोलाउने भनिएको जिल्ला सभापतिहरूको भेला पनि अहिलेसम्म बोलाइएको छैन ।
From Other News sources (English)
Nepal PM reluctantly agrees to quit, falls in Chairman - Telegraphnepal.com
Nepal PM reluctantly agrees to quit, falls in ChairmanTelegraphnepal.comAccording to reports, the India indoctrinated Nepal's Prime Minister made this remark upon meeting Unified Maoists' Party...Nepal running on empty as energy crisis deepens - The News International
Nepal running on empty as energy crisis deepensThe News InternationalExperts say Nepal's huge mountain river system could be generating up to 83000 megawatts of power,...Nepal Internet pioneer Pun to speak at alma mater - Kearney Hub
Nepal Internet pioneer Pun to speak at alma materKearney HubKEARNEY — University of Nebraska at Kearney graduate Mahabir Pun, the 2007 recipient of Asia's equivalent...Photos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ... - National Post
National PostPhotos: Ash-covered Hindu holy men highlight Nepal's colourful Maha Shivaratri ...National PostBy Gopal Sharma KATHMANDU — Hindu holy man Tarkeshwor Giri sat naked at...Nepal Telecom Selects Airspan for 4G Countrywide Coverage - MarketWatch (press release)
Nepal Telecom Selects Airspan for 4G Countrywide CoverageMarketWatch (press release)BOCA RATON, FL, Feb 22, 2012 (MARKETWIRE via COMTEX) -- Airspan Networks Inc., a leading provider...Log in
- '९१ लाख फिर्ता गर्ने’ अनुजा प्रहरी अनुसन्धानमा
- प्रधानमन्त्रीनिवासमै डिएसपीद्वारा महिला प्रहरीमाथि बलात्कार प्रयास
- ओलीको झन्डामुन्तिर लामबद्ध मलामीहरू
- 'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'
- बिपी, प्रचण्ड र भारत




del.icio.us
Digg
Post your comment