Friday, Apr 18, 2014

सम्पत्ति शुद्धीकरण मुद्दा चिनियाँ नागरिकलाई एक वर्ष कैद पीडीएफ मुद्रण इमेल


नयाँ पत्रिका
काठमाडौं, १९ मंसिर
विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चिनियाँ नागरिक ली जिउ लिनलाई एक वर्ष कैद र २१ लाख २५ हजार रुपैयाँ जरिवाना गर्न आदेश दिएको छ । अदालतले लिनसँग भएको २१ लाख मूल्यांकन भएको निसान जिपसमेत जफत गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लिनले सम्पत्ति शुद्धीकरण ऐन-०६४ विपरीत कसुर गरेको ठहर गरेको हो । लिनले पक्राउ पर्दा आफूसँग जफत भएको २२ लाख ५० हजार रुपैयाँमध्ये २१ लाख २५ हजार सापटी लिएको र बाँकी तरकारी र माछा खेतीबाट आय भएको दाबी गरेका थिए । तर, अदालतले उनले सापटी लिएको भन्ने रकमलाई प्रमाण अभाव भन्दै स्रोत नखुलेको सम्पत्ति राखी कसुर गरेको ठहर गरेको हो ।
'स्रोत पुष्टि हुन नसकेको सम्पत्ति राखी, उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन-०६४ को दफा ३ को कसुर गरेको ठहर्छ,' विशेष अदालतको आदेशमा भनिएको छ, 'सो ठहरले निजलाई सोही ऐनको दफा ३०-२) बमोजिम कैद एक वर्ष र बिगोबमोजिम जरिवाना भई सोही ऐनको दफा ३४ बमोजिम बरामद रकममध्ये २१ लाख २५ हजार रुपैयाँ जफत हुन्छ ।'
अदालतले लिनले खाद्य संस्थानको जग्गा लिजमा लिई तरकारी र माछाखेती गरेको देखिएकाले बरामदमध्ये एक लाख २५ हजार रुपैयाँ उनले आर्जन गरेको ठहर गरेको छ ।

 

Add comment


Security code
Refresh