Sunday, Apr 20, 2014

मोटरसाइकल लुटेर फिरौती माग्ने पक्राउ पीडीएफ मुद्रण इमेल


काठमाडौं/ मोटरसाइकल लुटी फिर्ता माग्दा फिरौती माग्दै धम्क्याउने पाँचजना समातिएका छन् । महोत्तरी घर भई सानेपा बस्ने राजकुमार श्रेष्ठको बा.५१प ८९७७ नम्बरको नीलो रङको पल्सर मोटरसाइकल लुट्ने काभ्रेका पाँच युवा मंगलबार पक्राउ परेका हुन् । उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे खनालथोकका विकास लामा, सूर्य तामाङ, काभ्रेको मंगलटार घर भएका राजकुमार लामा, महादेवटारका राजकुमार लामा र ठूलो पर्सेलका कुमार भन्ने राज लामा छन् । उनीहरूमध्ये विकास ग्यारेजका कामदार हुन् भने मिलन क्यासिनोमा जुवाडेका लगानीकर्ता, राजकुमार किराना पसलधनी, सूर्य खासाका सामान व्यापारी र राज ट्रेकिङ व्यवसायी हुन् ।
उनीहरूले गत १७ असोजमा पुरानो बानेश्वरचोकबाट राजकुमारको मोटरसाइकल कागजातसहित लुटेका थिए । मोटरसाइकल लुटेपछि पीडितलाई नै फोन गरी एक लाख रुपैयाँ दिए मोटरसाइकल दिने नत्र मारिदिने धम्की दिँदै आएको प्रहरीले जनाएको छ । लुटेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

 

Add comment


Security code
Refresh