Saturday, Apr 19, 2014

नेपाली नागरिकता लिने भारतीय पक्राउ पीडीएफ मुद्रण इमेल

काठमाडौं/ नक्कली नेपाली नागरिकताका आधारमा नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बिहार घर भएका असरफ अलीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । अली सामाखुसीस्थित एचआर इन्टरनेसनल प्रालि नामक मेनपावार कम्पनीका
सञ्चालक हुन् ।
अलीले जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी भएको भन्दै १७३०४६/४४८ नम्बरको नागरिकताका आधारमा व्यवसाय गर्दै आएका थिए । सोही नक्कली नागरिकताका आधारमा उनले मेनपावर कम्पनीसमेत दर्ता गरेका थिए । उनको पासपोर्ट भने भारतको नै रहेको अपराध महाशाखाले जनाएको छ ।
भारत जान लागेको अवस्थामा अलीलाई विशेष सूचनाका आधारमा प्रहरीले गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । अलीको मेनपावरसमेत खारेज हुने भएको छ । थप कारबाहीका लागि अलीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको छ ।

 

Add comment


Security code
Refresh